Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न्युयोर्कबाट ल्याएर ज्ञानेन्द्रले जलाएको एउटा दीप, जुन ३२ वर्षदेखि निरन्तर बलिरहेको छ

Posted on April 30, 2018April 30, 2018 by Salokya

ज्ञानेन्द्र शाह त्यतिबेला राजा थिएनन्, अधिराजकुमार थिए। अधिराजकुमारका हैसियतले उनले ३२ वर्षअघि जलाएका थिए एउटा दीप जुन अहिलेसम्म निरन्तर जलिरहेकै छ। यसको ज्वाला भने अमेरिकाको न्युयोर्कबाट ल्याइएको थियो। बुद्ध जन्मभूमि लुम्बिनीमा रहेको यो शान्तिदीपलाई अहिलेसम्म निभ्न दिइएको छैन। 

गएको जनवरीमा म विपश्यनाको लागि लुम्बिनी पुगेको थिएँ। त्यतिबेला खिचिएका फोटो हुन् यी। फोटो खिच्ने क्रममा त्यहाँका सुरक्षाकर्मीले दिएको जानकारी अनुसार यसको पाइप एलपिजी ग्याससित जोडिएको छ। पानी परे पनि हावाहुरी चले पनि अहिलेसम्म यो जलिरहेको उनको दावी थियो।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघबाट यो दीप ल्याइएको थियो। यसको अर्को कुनै धार्मिक महत्व छैन। त्यसैले यहाँ पैसा चढाउनु पर्ने कुनै कारण छैन। तर हेर्नुस् न, नेपालीलाई जे नगर भन्यो त्यही गर्नुपर्ने। सँगै यत्रो ठूलो बोर्ड राखिएको छ सूचना

तर हेर्नुस् त पैसा फालेको-

दीप वरपर सिक्का देख्न सक्नुहुन्छ।

 

6 thoughts on “न्युयोर्कबाट ल्याएर ज्ञानेन्द्रले जलाएको एउटा दीप, जुन ३२ वर्षदेखि निरन्तर बलिरहेको छ”

  1. Bhuvan Man Singh says:
    May 13, 2018 at 9:02 pm

    घर कसले बनायो? सबैलाई थाह भएकै कुरा हो, घर बनाउने कोही न कोही मान्छे त पक्कै हुन्छ। घर आफसे-आफ बन्न सक्दै-सक्दैन! यो सारा ब्रम्हाण्डका सृष्टिकर्ता पनि अवश्य हुनुहुन्छ भनेको हो । यो धर्म, त्यो धर्म भनेर विवादमा नल्याउन होस् । सबैको स्वतन्त्र छ ।

    Reply
  2. Bhuvan Man Singh says:
    May 13, 2018 at 8:32 pm

    सारा ब्रम्हाण्ड कसरी अस्तित्वमा आयो? यसको वास्तविकता के हो? खोई खोजी?

    Reply
  3. binod says:
    May 1, 2018 at 1:05 am

    तपाई जस्तै सबै नेपाली युवा तथा सिक्षित छैन . तपाई को पुस्ता भन्दा अगाडी को लै सम्झिनुहोस त ( जस्तै तपाई हाम्रै आमा बुवा पनि त्यहाँ गयो भने तेस्तै गर्नु हुन्छ ) उहा हरु लाइ तेही गर्दा मन मा शान्ति हुन्छ भने ठिकै छ नि . सबै नेपाली लै आफु जस्तै सोच्नु हुदैन, सबै नेपाली को ठाउँ मा बसेर हेर्नु होस्. र बल्ल नेपाली जति सबै लै गालि गर्न कति को आवश्यक छ सोच्नु होस् त

    Reply
  4. सिर्जने says:
    April 30, 2018 at 10:26 pm

    नाकाबन्दी हुदा’नि निभेनछ?

    Reply
  5. Rabin says:
    April 30, 2018 at 1:19 pm

    अघिल्लो सनिबार चिडियाखाना जाँदा, बोर्डहरुमा “जनावर खानेकुरा नदिनु” वा “जनावरलाइ नजिस्काउनु” लेखेको देख्दा देख्दै पनि खानेकुरा दिने र जिस्काउने गर्दै थिए / यहि हो नेपालीको परिचय /

    Reply
  6. madan man bajracharya says:
    April 30, 2018 at 10:23 am

    बिगतको शासकहरुले बुद्ध जन्मेको भुमि नेपालको त् बनायो तर बुद्धलाई नेपालको बनायको देखिंदैन/ उनीहरुको शासनकालमा बौद्ध धर्म र बुद्धिस्टहरुको अबस्था कट्टर इस्लामिक मुलुकमा अरु धर्म मान्नेको भन्दा फरक थियन भनेमा खासै फरक पर्दैन/ उनीहरु र उनीहरु जस्तैको निमित बुद्ध भन्दा नेपाल सम्मै आयर बुध धर्म मास्ने बौद्ध बिहारहरु तोड्ने शंकराचार्यनै ठुलो थियो , लुम्बिनी भन्दा बिहारको गङ्गा र पटना नै पुन्य स्थल थियो/ यस्तो हुँदा हुँदै पनि ज्ञानेन्द्रले लुम्बिनीमा कहिले ननिभ्ने दिप बालेको भनि सुन्दा अलि अचम्मै लाग्यो/ बुद्ध बुद्धिस्ट र बिस्वले बुद्धलाई महामानवको रुपमा मान्छन/ तर लुम्बिनीमा ३२ बर्ष पहिला कहिले ननिभ्ने दिप बाल्ने ज्ञानेन्द्रको पुर्खाको निमित बुद्ध भन्दा नेपाल सम्मै आयर बुद्ध र बुद्ध धर्म मास्न खोज्ने शंकराचार्य नै बढी पुजनीय थियो/ उनीहरुले पछि बुद्धलाई माने पनि बुद्धलाई बुद्धकै रुपमा मान्नेको थियन शंकराचार्यले मानेको बिस्नुको अवतारको रुपमा मात्रै मानेको थियो/ बिस्वले मानेको बुद्धलाई नमाने ठुलै घाटा हुने भयकोले मात्रै उनीहरुले पछि बुद्ध र बुद्ध जन्मेको लुम्बिनीलाई अलि महत्व दिन थालेको हो/ उहिलेको शासक बर्गले बुद्ध र बुद्ध जन्मेको लुम्बिनीलाई मनैले मानेको र महत्व दियको भय अहिले सम्ममा लुम्बिनी बिस्वको सबै भन्दा ठुलो धार्मिक पर्यटन स्थल बनेर नेपालकै सबै भन्दा थलो बिदेशी मुद्रा आर्जन हुने पर्यटक स्थल बनि सक्ने थियो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme