Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सवारीको उत्तर कोरिया स्टाइल, हाम्रोमा पनि यस्तै गर्ने कि :)

Posted on April 28, 2018April 28, 2018 by Salokya


उत्तर कोरिया र दक्षिण कोरियाका राष्ट्रपतिबीच भएको ऐतिहासिक शिखर वार्ताको चर्चा जताततै छ आज। अमेरिकी राष्ट्रपति ट्रम्पदेखि नेपालको परराष्ट्र मन्त्रालयले समेत वार्ताको स्वागत गर्दै वक्तव्य निकालेको छ। आजको वार्ताको एउटा हाइलाइट भने उत्तर कोरियाली नेताको सवारी स्टाइलको पनि रह्यो। उनको कालो मर्सिडिज लिमोलाई हाम्रा राष्ट्रपतिलाई मोटरसाइकल र पछाडिका अरु गाडीहरुले घेरे जस्तै मान्छे बडिगार्डले घेरेका थिए। पाँच जना दायाँ, पाँच जना बायाँ। पछाडि दुई जना। सबै बडिगार्ड गाडीसँगै जगिङ गरिरहने। गजबको थियो दृश्य।

यसरी सवारी गर्ने हो भने त मान्छे पनि धेरै नलाग्ने, गाडी पनि धेरै नचाहिने हुने रहेछ। त्यो हिसाबले खर्च चाहिँ निकै बच्ने रहेछ। हेर्दा रमाइलो पनि।

लौ है, हाम्रोमा पनि यस्तै सवारी चलाउने कि! यसरी सवारी चलाए राजाको जस्तै सवारी चलाए गणतन्त्रमा पनि भनेर आलोचना पनि नहुने।

तर हाम्रोमा फेरि उत्तर कोरियाली स्टाइल मन पराउँदैनन्। नेमकिपा सरकारमा आयो भने चाहिँ यस्तो स्टाइलको सवारी चल्ला कि भन्ने आशा गर्न सकिन्छ होला।

उत्तर कोरियाली नेताको सवारी चाहिँ पहिलो राउन्डको वार्ता सकिएपछि लन्च खान उत्तर कोरियातिरै लाग्दाको थियो। लन्चपछि यसैगरी सवारी चलेको थियो वार्तास्थलमा फर्किएर आउँदा।

उत्तर कोरियाली नेताको गाडी हेर्नुभो? त्यसमा नम्बर छैन। हुनत हाम्रो राष्ट्रपतिको गाडीमा पनि नम्बर हुँदैन। सरकारको लोगो भने हुन्छ त्यसमा।

North Korean leader Kim Jong Un, left, prepares to shake hands with South Korean President Moon Jae-in over the military demarcation line at the border village of Panmunjom in Demilitarized Zone Friday, April 27, 2018. Their discussions will be expected to focus on whether the North can be persuaded to give up its nuclear bombs. (Korea Summit Press Pool via AP)

यी दुईले हात मिलाउन लागेको ठाउँको बीचमा एउटा विभाजन रेखा छ। जसको उत्तर पट्टी उत्तर कोरिया अनि दक्षिण पट्टी दक्षिण कोरिया। कोरियाली युद्ध सन् १९५३ मा रोकिएपछि यो विभाजन रेखा पार गर्ने किम जोङ उन पहिलो उत्तर कोरियाली नेता बने। त्यसपछि उनले पनि दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर तर्फको भूमिमा टेक्न आमन्त्रण गरे। रेखाको चार किलोमिटरसम्म डिमिलिटराइज्ड जोन निशस्त्र क्षेत्र बनाइएको छ। यो क्षेत्र २५० किलोमिटर लामो छ।

यसअघि सन् २००० र २००७ मा भएका दुई वटा कोरियाली वार्ता उत्तर कोरियामा भएका थिए। यस पटक भने दक्षिण कोरियामा भएको छ। निशस्त्र क्षेत्रको एउटै मात्र भाग जहाँ दुई कोरियाका सेना आमनेसामने हुन्छन्, त्यस्तो ज्वाइन्ट सेक्युरिटी एरियाको दक्षिण कोरियाली भाग रहेको पानमुन्जोममा वार्ता भएको हो।

2 thoughts on “सवारीको उत्तर कोरिया स्टाइल, हाम्रोमा पनि यस्तै गर्ने कि :)”

  1. KASHYAP ABHISHEK says:
    April 29, 2018 at 5:47 pm

    kim jong un pani jogging garne gareka bhaye prithivi lai ali bojh kam hunthyo ki..

    Reply
  2. madan bajracharya says:
    April 29, 2018 at 7:52 am

    कोरियाको रास्ट्रपति र नेपालको रास्ट्रपति कुनै पनि सन्दर्भमा तुलना पनि गर्न सकिन्दै नक्कल पनि गर्न सकिंदैन तर तेसो गर्ने पर्छ भने पनि कसरि गर्ने त्यो हामि अर्थान आम नेपालीले तय गर्ने कुरा होईन/ जसरि मन्दिरमा स्थापित मुर्तिको पुजा कसले बा कसरि गर्ने हो त्यो निर्धारण पुजारीले गर्छ हामि त् बस पुजा गर्ने मात्रै हो/ धार्मिक आधारमा इश्वरले हाम्रो भाग्य निर्धारण गर्छ राजनैतिक आधारमा बिशेष गरेर नेपालमा नेपालीको भाग्य निर्धारण नेता सांसद मन्त्रि प्रधानमन्त्रीले गर्छ/ हाम्रो भाग्यको निर्णय गर्ने नेता सांसद मन्त्रि प्रधानमन्त्रि “देव” हो भने उनीहरु भन्दा उच्च पदमा आशं गरायको रास्ट्रपति महादेव हो/ त् तुलना नै गर्नु छ भने हाम्रो रास्त्रपतिलाई पसुपतिको मन्दिरमा स्थापना गरियको महादेव सिट मात्रै गर्न सकिन्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme