Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशमा रहेका नेपालीले इमेलबाटै पुलिसको क्यारेक्टर सर्टिफिकेट पाउने कसरी?

Posted on April 29, 2018 by Salokya


विदेशमा रहेका नेपालीहरुले पुलिसबाट क्यारेक्टर सर्टिफिकेट पाउनको लागि यसअघि नेपालमा रहेका आफन्तमार्फत् निवेदन दिनुपर्ने व्यवस्था थियो। अहिले भने आफू बसेकै देशबाट इमेल गरेरै पाउन सकिने भएको छ। यो नयाँ विषय भएकोले धेरैलाई यसको प्रक्रिया थाहा नहुनसक्छ। त्यसैले यसबारे जानकारी दिन यो ब्लग लेखेको छु।

के गर्नुपर्छ त प्रहरीबाट क्यारेक्टर सर्टिफिकेट लिन? सबैभन्दा पहिला यी पाँच वटा कुरा स्क्यान गरेर तयार पार्नुहोस्।

स्क्यानर कहाँ खोज्न जाने जस्तो लाग्न सक्ला। धन्दा मान्नुपर्दैन, आजभोलि मोबाइलमै राम्रा सक्यानर पाइन्छ। एउटा राम्रो विकल्प क्यामस्क्यानर एप हो। यहाँ क्लिक गरी एन्ड्रोइड र आइओएसमा डाउनलोड गर्न सक्नुहुन्छ।

इमेलमा पठाउनु पर्ने डकुमेन्टहरु-
१) निवेदन फाराम यहाँबाट डाउनलोड गरी भर्ने।
२) पासपोर्टको यी पेजको स्क्यान गरी पठाउने
• पृष्ठ नं. – २, ३ तथा ३१ ।
• अन्तिम पटक नेपाल छोड्दाको Nepal Immigration Departure Stamp स्पष्ट भएको पृष्ठ।
३) नागरिकताको स्क्यान।
४) विवाहित महिला भए विवाह दर्ताको स्क्यान।
५) पासपोर्ट साइजको रंगीन फोटो । (Maximum Size upto 200Kb)

यी सबै कागजात राखेर तपाईँले पठाउनु पर्ने इमेल ठेगाना हो- [email protected]

सम्बन्धित शाखाले यस्तो इमेल पाएपछि क्रिमिनल रेकर्ड चेक गरी निवेदन पाएको तीन दिनभित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त तपाईँको इमेलमा आइपुग्नेछ।

यो प्रहरीले दिएको जानकारी हो। तपाईँले यसरी इमेल पठाउँदा आइपुग्यो कि आइपुगेन, तल कमेन्टमा जानकारी दिन सक्नुहुन्छ।

7 thoughts on “विदेशमा रहेका नेपालीले इमेलबाटै पुलिसको क्यारेक्टर सर्टिफिकेट पाउने कसरी?”

  1. Ramu says:
    April 30, 2018 at 11:24 pm

    अंग्रेजी भाषामा पनि यो प्रमाण पत्र पाईन्छ? धन्यबाद!

    Reply
  2. Amit Kumar Sharma says:
    April 30, 2018 at 2:28 pm

    Ani paisa lidaina ra?

    Reply
  3. Rabin says:
    April 30, 2018 at 1:10 pm

    आफ्नै क्यारेक्टर ठिक नभएको संगठनबाट क्यारेक्टर सर्टिफिकेट लिनु पर्ने कस्तो बिदंबना नेपालीको

    Reply
  4. bijay says:
    April 30, 2018 at 8:45 am

    बिबाहित पुरुसलाइ चाही बिबाह दर्ता स्क्यान नचाहिने??

    Reply
  5. Navin Rayamajhi says:
    April 30, 2018 at 6:41 am

    सर्बोच्च अदालतले साढे दुइ बर्ष कैद र पाँच लाख रुपियाँ जरिबाना तोकेको ठग पुलिसकै नाक मुनी बाट असल आचरणको रिपोर्ट लिएर अमेरिका आएर बसेको छ, अब इमेल बाट कस्तो कस्तो रिपोर्ट आउने होला? भगवान भरोसा…..

    Reply
  6. K. Thapa says:
    April 30, 2018 at 4:42 am

    Namaste
    When making police report in foreign countries, there should be paid a certain charge for the citizens or non citizens of that country. In Australia it costs $47 minimum for normal NPC Report for everyone. Why don’t we charge a certain amount specially for the people who are in abroad as they are earning money there? Please think about that. Please forward it to authorised personal.

    Reply
  7. Aryan says:
    April 30, 2018 at 2:40 am

    Great. God bless u.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme