Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वीरेन्द्र बियर : दङ्ग छन् उत्पादक, नेपाली राजदूतावास कुटनीतिक पहल गर्दै, राजदूत यसो भन्छन्

Posted on April 26, 2018 by mysansar

Bild: Thomas Zemp

-गुणराज शर्मा/स्विजरल्यान्ड-

‘वीरेन्द्र बियर’ का कारण सबैभन्दा बढी फाइदा कसैलाई भएको छ भने त्यो यो बनाउने Turbinenbraeu कम्पनीलाई नै हो। यो एउटा सामान्य स्थानीय कम्पनी हो। हाम्रोतिरका लोकल रक्सी बनाउने कम्पनीजस्तै। यसका उत्पादन पनि बाहिर हैन, जुरिच सहरभित्रै खपत हुन्छ। यो कम्पनीको अफिसमा केही दिनअघि जाँदा धेरैले सोचे जस्तो ठूलो कम्पनी थिएन यो। सानो कम्पनीमा त्यहीँ गोदाम, त्यहीँ बिक्री गर्ने ठाउँ थियो। २० औँ वर्ष जुरिचमा बसेकाहरुलाई पनि यो कम्पनी यहाँ छ भन्ने थाहा थिएन। तर अचानक टिभीदेखि अन्य मिडियामा समेत वीरेन्द्र बियर र विरोधको विषयमा कभरेज हुन थालेपछि नसोचेको प्रचार पाएर कम्पनीका अधिकारीहरु दङ्ग छन्। कम्पनीको सबैभन्दा बढी बिक्ने बियरका रुपमा वीरेन्द्र बियर भइसकेको छ।


नेपाली टिमुर राखेर बनाइएको बियरको नाम खोज्ने क्रममा बियर र वीरेन्द्र उस्तै सुनिने पनि भएको र राजा वीरेन्द्र लोकप्रिय पनि भएको देखेर यो नाम राखिएको यसका सिइओ एड्रियन वेबरले बताएका छन्। सिजनल बियर भएकोले आफ्नो वेबसाइटमा समेत यसको प्रचार उनीहरुले गरेका थिएनन्।

तर एक त टिमुर भएको नयाँ स्वादको बियर। त्यसमाथि नेपाललाई माया गर्ने कुनै न कुनै सम्बन्ध भएका धेरै बस्ने सहर जुरिच। यता बियर खाँदै गरेको फोटो सोसल मिडियामा राख्ने चलन छ। बियरको रेटिङ पनि हुने गर्छ। वीरेन्द्र बियरले राम्रो रेटिङ पाइरहेको थियो। यत्तिकैमा एक कान दुई कान हुँदै सात समुद्रपारी नेपालसम्म यो खबर पुग्यो। माइसंसारले यो विषय उठाएपछि सामाजिक सञ्जालमा पनि यसको चर्चा भयो। कोही यसलाई अपमानका रुपमा लिन्थे भने कोही सम्मानका रुपमा।

बुधबार यहाँका मिडियामा वीरेन्द्र बियर र नेपालमा भइरहेको विरोध बारे राम्रै कभरेज भयो। जुरिचको स्थानीय टेलिभिजन Tele Züri मा नेपाली राजदूत दीपक धितालको भनाई समेत प्रसारण भयो। त्यसलगत्तै मैले राजदूतसित फोनमा कुरा गरेँ।

उहाँका अनुसार दूतावासले औपचारिक रुपमा कम्पनीलाई पत्र लेखेको छैन। तर अनौपचारिक रुपमा कुटनीतिक रुपमा नेपालका दिवंगत राजाप्रति सम्मान भएन भन्ने कुरा उठाइरहेको उहाँले बताउनु भयो।

राजदूत धितालले भने अनुसार कम्पनीलाई उत्पादनै बन्द गर, बेच्नै बन्द गर भनेर हामीले भन्ने कुरो भएन। तर दिवंगत राजाको नाम र फोटो राखेर बिना अनुमति यसरी बियर उत्पादन गर्दा राम्रो भएन, राम्रो सन्देश गएन, सम्मान देखिएन भनेर कुटनीतिक रुपमा भनिएको छ।

कुटनीतिक पहलकै कारण यहाँको संघीय विदेश मन्त्रालयको एउटा विभागले कम्पनीलाई प्रचार सामाग्री बन्द गर्न निर्देशन दिएको र प्रचार बन्द पनि भइसकेको छ।

कम्पनीका कर्मचारी भने स्विस कानुन अनुसार सार्वजनिक स्थान र व्यक्तिका बारेमा अनुमति लिन नपर्ने जिकिर गर्छन्।

4 thoughts on “वीरेन्द्र बियर : दङ्ग छन् उत्पादक, नेपाली राजदूतावास कुटनीतिक पहल गर्दै, राजदूत यसो भन्छन्”

  1. madan bajracharya says:
    April 29, 2018 at 3:34 am

    मित्र
    बिरेन्द्र हत्या काण्ड दीपेन्द्रले गरेको देखाउन उसको सरकारको दिज्जाईन नपत्याउने नेपालीलाई गिरिजाले बिरेन्द्र हत्याकाण्डको ग्राण्ड डिजाईननै देखाउने भनेको थियो/ गिरिजाले लेखेको आत्मकथामा त्यो बारेमा केहि लेखेकोछ भनेर चक्र प्रसाद बास्तोलाले भनेको छ रे भन्ने सुनेको थिय/ कसैले गिरिजाले लेखेको उसको आत्म कथा नामको पुस्तक देखेको वा पढेकोछ भने जान्न बडो उत्सुक छु/

    Reply
  2. Sushil says:
    April 28, 2018 at 3:29 pm

    तोडफोडमा खप्पिस सरहरु आफै सरकारमा हुनुहुन्छ तेही भएर केही गर्दैनन् ढुक्क हुनुस.

    Reply
  3. मुकेश यादव says:
    April 27, 2018 at 10:14 pm

    अब तोडौं फोडौं जलाउं / ऋतिक रोशन काण्ड मचाउदै आगो लगाओ /
    हाम्रो बुद्ध हाम्रो सगरमाथा / प्राण भन्दा प्यारो /
    अनि गएर कतारमा भाडा माजौं र बम्बई मा देह बेचौं /

    Reply
  4. Tong Baa says:
    April 27, 2018 at 6:51 am

    दिवंगत राजा बिरेन्द्रको नाममा मात्र किन ? दरबार हत्याकाण्डमा मारिएका सवैको नाम राखेर उत्पादन गरेहुन्छ | ‘ग्रान्ड डिजाइन सार्वजनिक गर्दिन्छु मलाई नचेप्टाव’ भन्दाभन्दै गिरिजा सुड्डो खुस्किगो क्यार्नु ! साची बिरेन्द्रको स्वाद कस्तो छ होला’है? चाख्न पाएनी हुने ??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme