Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वीरेन्द्र बियर : स्विस टिभीमा बज्यो विरोधको समाचार, नेपाली राजदूतले भने- बन्द गर बिक्री

Posted on April 26, 2018April 26, 2018 by Salokya


वीरेन्द्र बियर अब एउटा सामान्य कम्पनीको उत्पादनमा सीमित भएन। यो दुई देशको मामिला ‘स्टेट अफेयर’ बन्यो- यही थिममा स्विस टेलिभिजन Tele Züri ले बुधबार समाचार रिपोर्ट प्रसारण गरेको छ। रिपोर्टमा नेपालस्थित स्विस दूतावासले कम्पनीलाई फोन गरी वीरेन्द्र बियरबारे प्रचार इन्टरनेटमा नराख्‍न भनेको उल्लेख छ। त्यसैगरी स्विजरल्यान्डका लागि नेपाली राजदूत दीपक धितालले नेपालका दिवंगत राजाको सम्मान भएन, बियर बिक्री बन्द गर्नुपर्छ भनेका छन्।

हेर्नुस् भिडियो

राजदूत धितालले बियरको बिक्री बन्द गर्नुपर्ने बताए पनि कम्पनीका सिइओ एड्रियन वेबरले भने बन्द नगर्ने बेच्छौँ भनेका छन्। धितालले बियरको लेबलमा नेपालमा धेरै सम्मान गरिने दिवंगत राजालाई देखाइएको र यो असंवेदनशील रहेको तथा यसका लागि अनुमति पनि नलिइएको बताएका छन्।

टिभीमा मात्र हैन, स्विजरल्यान्डका अरु मिडियामा पनि यो बारे समाचार छाएका छन्-

5 thoughts on “वीरेन्द्र बियर : स्विस टिभीमा बज्यो विरोधको समाचार, नेपाली राजदूतले भने- बन्द गर बिक्री”

  1. uttardhruva says:
    April 27, 2018 at 11:11 am

    कम पाएनौ बुहारी पडा को पुछर कन्याउ !! राजतन्त्र सखाप पारेर फेरि के को राजभक्ति! सक्छौ भनि टिम्मुर को बीयर घर मै उत्पादन गर, त्यो कम्पनी लाई चै बब्बाल फाइदा भयो! स्वित्ज़र्लैंड मा नेपाल र नेपाली मन पराउने मान्छे प्रसस्त भेटेको छु!

    Reply
  2. Birkhe says:
    April 26, 2018 at 9:18 pm

    भुइचलले भत्काएका राजदरबार बाहिरका वरिपरिको ढलेको पर्खाल नबनाउने नेपालीले, स्वोर्गीय राजाको नाममा स्विस कम्पनीले बेर बनाएर धेरै नाफा कमौलन भन्ने डर लागेको जस्तो लग्यो, स्वोर्गीय राजालाई नेपालीले बिर्से पनि बिस्वमा त प्रख्यात रहेछ भन्ने प्रमाण
    देखियो |
    आखिर नेपाललाई शान्ति क्षेत्र घोषणा गरेर बिस्वको १३० देशको समर्थन जुटाएका राजालाई
    मारेर उनको सवमा झिंगा भन्काएर राखेको पनि नदेखेको होइन | तेसैले भन्दो रहेछन न्यौरी मारेर पछुतो ?

    Reply
  3. santosh says:
    April 26, 2018 at 9:30 am

    mysansar ले एस्तो सानो कुरालाई पनि किन उचालेको हो भन्या?

    Reply
  4. madan bajracharya says:
    April 26, 2018 at 8:09 am

    बिरेन्द्र महान रास्त्रवादी भयको कुरा अहिले राजतन्त्र आफुले हतायाको भनेर गौरव गर्ने स्वयं प्रचान्द्रले भने मानेकै कुरा हो/ कांग्रेस र मावोबादी बिचमा दिल्ली सम्झौता हुनु अघि सम्म कांग्रेस यमाले पनि राजावादी नै थियो र तिनीहरुले कहिले र कतै बिरेन्द्र तानाशाही भयको र नेपालमा राजतन्त्र उन्मुलन गर्नु पर्छ भनेकै थियन/ तर दिल्ली सम्झौता गरेर फर्के पछि उनीहरुलाई राजतन्त्र खराव भयो र आफैले राम्रो भनेको बिरेन्द्र र आजको नेपाल को निर्माण गर्ने पृथ्बी नारायण समेतलाई कसैले सम्झुन भनेर पनि नचाहेको सबैले महसुस गरेको कुरा हो/ यसको सिधा अर्थ त् यहि हो कि उनीहरु नेपालको राम्रो राजाहरुलाई सबैले बिर्सुन र बिरेन्द्रको हत्या कसले गर्यो भनेर कसैले नसोधुन भनि चाहन्छन/

    यस्तो अबस्थामा स्विस बियर कम्पनीले बिरेन्द्र को तस्विर बियरको बोतलमा चित्रण गरे बिरेन्द्र भुलाउन चाहने,बिरेन्द्रको हत्या कसले गर्यो र गिरिजाले बिरेन्द्रको हत्या ग्रायण्ड डिजाइन अन्तर्गत भयको कुरा थाह भयर पनि किन लुकायो दवायो भनेर प्रश्न गर्न खोतल्न उतप्रेरण गर्न सक्ने भयकोले बिरेन्द्रको तस्विर बियरको बोतलमा मात्रै किन अरुमा पनि प्रयोग गरे राम्रै हुने जस्तो लाग्छ/

    Reply
  5. कमल says:
    April 26, 2018 at 6:55 am

    बीयर कम्पनीलाई जति विवादस्पद बनायो उती चल्ती हुने भयो|
    यस्तो झ्याउ कुरामा के पछि लाग्नु हौ? राजदुतको अरु केहि काम नभएर हो कि?
    मलाई एउटा यस्तो कुरो कसैले सुनाई दिए खुशी लाग्छ र धन्यवाद दिन्छु हाम्रा राजदुतहरुले मुलुकको हितको लागि आफ्नो हकमा नेपाली जनताले तिरेको करले खाएको तलब भत्ताले के गरेका छन जुन अन्यथा अरुले गर्दैनथ्यो|
    स्वीजरल्याण्ड भनेको विश्वकै भ्रष्ट धनलाई सुरक्षा दिने मुलुक हो भन्छन| पुर्ब राजपरिवारका पनि धन डिपोजिट थियो भन्ने हल्ला चलेको थियो हो होइन जी मस्यु|
    तीन बर्ष बितिसक्दा पनि भुकम्पले बिगारेको बनाउन सकिएको छैन| भूकम्पले भत्केका अधकल्चो डडालु देखाउदा हाम्रो आत्मासम्मान भन्ने चिजको कसैलाई हेक्का भएन| नारायण हिटी र प्रधान मन्त्रिको अड्डा सिंहदरवार पस्ने मूल ढोका वरपर हेर्नुस|
    नेपालीको स्तर घटेकै हो कि खाते सोचले जरा गाडेको हो? बीयर सियारमा किन माथापच्छी हो? हामी गलत प्राथमिकता तिर किन लम्किरहेछौ?
    हजारौ नेपाली चेलीहरु जसले आर्थिक निर्भर र स्वनिर्भरका लागि देश बाहिर जाँदा र रहदा दिनहु शोषण र बेइज्जत हुँदा आत्मसम्मान र अभिमान जस्ता आवाज उठाउनेहरु कुन दुलोमा छन कि कस्तो बिकाशको आलाप रागीरहेका छन?
    दात्रि संस्थाका राजदुतावासहरुले जनतालाई हिंड्ने बाटो छेकेर पर्खाल लगाए पनि कसैले आवाज उठाएको देखिदैन| गाली गरेर र सरापेर मात्र काम बन्दैन| हुनपर्यो नी डायलग सही निकाय बाट| कन्भिन्स गराउन सक्नु पर्यो| एउटाले छोडेपछि अर्को नछोडी धरै छैन|
    धरहराको ठुटो मुनि विकाशको गीत गुञ्जन सुनियो| भोलि यस्ता पनि सुनिएला, हिरोशीमाको बिनाश पछि जापानले तीब्र प्रगति गरे जस्तै हामी पनि भुकम्प पछि त्यसै गर्नेछौ| तर तीन बर्ष त्यस्तो खासै केहि नगरी बित्यो नी त हौ| बचेका कतिले टहरोमै सुतेर विदा भए|
    मेलम्चीको पानी आउँन अठाह्र बर्ष लाग्दैछ, तेही पनि शहर धुलो, दुलो र हिलोले तहस नहस पारेर| शहर पैदल हिंड्नेलाई भान हुन्छ यो ठाउँमा मेयर छैन रहेछ| धुलो, दुलो र हिलो पीडित कविले कुनै दिन कवितामा अनुभूति यसरि पोख्दो होला —
    यो मेयर हराएको शहर
    पैदल हिंडनै डर …
    भुकम्पले बनाएको जर्जर
    भएन कसैको भर
    यो मेयर हराएको शहर
    ब्ला ब्ला ब्ला ….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme