वीरेन्द्र बियरका बारेमा माइसंसारले ब्लग राखिसकेपछि राप्रपाको विद्यार्थी संगठनले विरोध विज्ञप्ति निकालिसकेको छ। त्यसैगरी सामाजिक सञ्जालहरुमा पनि यो बारे बहस भइरहेको छ। किन वीरेन्द्र राजा कै नाममा बियर उत्पादन गर्यो त यो कम्पनीले? धेरैको चासो रहेको छ। माइसंसारका पाठक गुणराज शर्मा स्विजरल्यान्डमा बस्छन्। उनलाई अरु साथीहरुले पनि अनुरोध गरेका थिए के हो कुरा बुझ्न। त्यसपछि उनी बियर उत्पादन गर्ने कम्पनी रहेको ठाउँ जुरिचमै पुगे र त्यहाँका कर्मचारीहरुसँग कुराकानी गरे। पढ्नुस् उनले लेखेको ब्लग।
– गुणराज शर्मा/स्विजरल्याण्ड-
जुरिच सहरभित्र कार्यालय रहेको Turbinenbraeu यो देशको एउटा स्थानीय कम्पनी हो। नेपालको लोकल रक्सी उत्पादन गर्ने कम्पनी जस्तै। धेरैलाई त यो जुरिचको यो कुनामा यो कम्पनी छ भन्ने पनि थाहा थिएन होला। यसका उत्पादनहरु विशेष गरी जुरिच सहरभित्र नै बढी बिक्री हुन्छ। कम्पनीले केही बियरको उत्पादन सधैँ गर्छ भने केही उत्पादन केही समयको लागि वा सिजन-सिजनमा उत्पादन गर्छ। त्यही मध्येको एक सिजनल प्रोडक्ट हो वीरेन्द्र बियर।
कम्पनीमा पुग्दा बिक्री कक्षमा रहेका कर्मचारीसँग वीरेन्द्र बियरका बारेमा जिज्ञासा् राखेर भिडियो अन्तवार्ता दिन अनुरोध गरेँ। उनीहरूले अनौपचारिक रूपमा आफूहरूलाई थाहा भएको जानकारी दिने तर अन्तवार्ता नै लिने हो भने कम्पनीको म्यानेजरसँग समय लिएर लिनु पर्छ भन्ने कुरा आए पछि अनौपचारिक नै कुरा सुरु गरियो।
किन राजा वीरेन्द्रको नाम?
जाडो मौसम सकिएपछि गर्मी मौसम (समर)को स्वागत गर्नका लागि कम्पनीले सधैँ झैँ सिजनल बियर उत्पादन गर्ने सिलसिलामा नयाँ स्वादको खोजी भयो। टिम्मुर खानामा प्रयोग गरिन्छ भने किन यसको प्रयोग गरेर बियर उत्पादन नगर्ने भन्ने सोच कम्पनीले बनायो। त्यस अनुसार टिम्मुर नेपाल पाइने भएकोले बियरको नाम पनि कम्पनीले त्यही अनुसार नै राख्ने निर्णय भएको बताउँछन् कम्पनीमा कार्यरत कर्मचारी। टिमुर प्रयोग गरेर बियर बनाउने र टिमुर नेपालमा पाइने भए पछि नामको खोजीमा लाग्यो कम्पनी।
राजा वीरेन्द्र नेपालमा प्रिय रहेको भन्दै उनको नाम राख्दा उनको सम्झना ताजा रहने र उनीप्रति सम्मान पनि हुने भएकोले यो नाम राखिएको भन्ने उनको दाबी थियो। राजा वीरेन्द्रको बारेमा विकपिडिया लगायत इन्टरनेटमार्फत् पाए जति जानकारी लिएको उनले बताए। ‘यो नाम राख्नका लागि कतैबाट अनुमति लिएको छैन’, उनले भने।
कुनै देशको राजा अझ त्यसमा पनि सम्मानित र प्रिय व्यक्तिको फोटो प्रयोग गर्दा कसैले उजुरी गरेमा त्यसले केही अप्ठ्यारो पार्दैन त? मैले सोधेँ। उनले जवाफ दिए, ‘हामीलाई थाहा छ, केहीले यो नाम राखेकोमा खुसी व्यक्त गरेका छन् भने केहीले विरोध। कसैले विरोध गरे पनि त्यसले केही फरक पार्दैन। यो कुरा लिएर हामीसम्म आइपुग्दा यो बियरको उत्पादन नै बन्द भइसकेको हुन्छ।’
उनले बियरको बोतलमा भएको फोटो देखाउँदै भने, ‘यो सक्कली (ओर्जिनल) फोटो होइन। हामीले चित्र कोरेको हो। कुनै पनि सार्वजनिक व्यक्ति वा ठाउँको फोटो प्रयोग गर्दा स्विजरल्याण्डमा हामीले अहिलेसम्म कसैसँग अनुमति लिएको छैन र पर्दैन पनि।
अझ उनीहरूले तपाईँहरू चाहनु हुन्छ भने उजुरी गर्न सक्नु हुन्छ समेत भने। उनका अनुसार यो बियर जुन महिनाको पहिलो हप्तासम्म मात्र पाइनेछ। एकचोटी प्रयोग गरिएको यो नाम अर्को चोटि प्रयोग नगरिने पनि उनले बताए।
सँगै रहेका अर्का कर्मचारीले थपे, ‘राजा वीरेन्द्रको हामीले देखे र भेटे जति फोटोमा भावुक र शान्त रहेको पायौँ तर यो बियर समरको स्वागत गर्नको लागि उत्पादन गरेको र जताततै हरियाली हुँदै गरेकोले उनको फोटो अलिकति मुस्काएको बनाएका छौँ हामीले।
उनले हाँस्दै थपे, ‘अर्को वर्ष स्वर्गीय राजा दीपेन्द्रको नाममा पनि बियर आउन सक्छ। राजा दीपेन्द्र पनि नेपालमा सबैका प्रिय थिए।
लगभग आधा घण्टाको कुराकानी क्रममा उनीहरूको भनाइ थियो, ‘यो बियर कम्पनीका हामी कर्मचारीहरूलाई नेपाल एक देश हो भन्ने मात्र थाहा थियो तर अहिले नेपालको बारेमा सबै थाहा भएको छ। नेपालीहरू सामाजिक सञ्जालमा बढी सक्रिय र प्रयोग गर्ने रहेछन् भन्ने पनि थाहा भयो।’
छुट्टिँदै गर्दा उनले थपे, ‘नेपालीहरुसित कति धेरै टाइम छ है, यस्तो विषयमा पनि बहस गर्न समय हुँदो रहेछ।’
हैट अत्ति भयो यो त
छुट्टिँदै गर्दा उनले थपे, ‘नेपालीहरुसित कति धेरै टाइम छ है, यस्तो विषयमा पनि बहस गर्न समय हुँदो रहेछ।’
यो सम्मुर्ण चर्चा को मुख्य निस्कर्ष नै माथि को वक्क्य मा छ /
स्वर्गीय राजा बिरेन्द्र प्रती यति धेरै माया प्रेन र सम्मान छ भने बियरमा टासिंएको फोटोको होईन, राजा बिरेन्द्रको वङ्श नै नास हुने गरि गरिएको हत्याकाण्डको विरोध गरौं र हत्यारालाई उचित सजाय दिलाऔ । बिरेन्द्रको हत्यारालाई सजाय दिलाउन सके स्वर्गमा भए पनि बिरेन्द्रको आत्माले केही शान्ती पाउथ्यो होला ।
एउटा बिदेशी कम्पनीले बिरेन्द्रको सम्मानमा उहाँको नाउँमा बियर उत्पादन गर्नु पक्कै पनि सराहनीय कार्य हो । विरोध केवल विरोध कै लागि गर्नु कहासम्म जायज होला ?
छुट्टिँदै गर्दा उनले थपे, ‘नेपालीहरुसित कति धेरै टाइम छ है, यस्तो विषयमा पनि बहस गर्न समय हुँदो रहेछ।’
छुट्टिँदै गर्दा उनले थपे, ‘नेपालीहरुसित कति धेरै टाइम छ है, यस्तो विषयमा पनि बहस गर्न समय हुँदो रहेछ।’
लास्टां नेफोलीहरुलाई दह्रो दनक दिएछ कर्मचारी सोमले! हयट्! 😉