Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सम्झनामा वैशाख १२ : यस्तो थियो धरहरा ढलेको डरलाग्दो दृश्य

Posted on April 25, 2018 by Salokya

dharhara1वैशाख १२ को भूकम्पलगत्तै सबैभन्दा बढी फैलिएको खबर थियो- काठमाडौँको धरहरा ढल्यो रे। कतिले त विश्वासै गरेनन्। भूकम्पलगत्तै फोटो खिच्न र समाचार स‌ंकलन गर्न हिँडेको मलाई भने धरहरा ढलेको थाहै थिएन। रत्नपार्कमा दरबार हाइस्कूल भत्किएको हेरेर साथी मनोजसँग स्कुटरमा दरबारमार्गबाट सुन्धारा जाँदै गर्दा टुँडिखेल पारी नदेखिएपछि नै धरहरा ढलेको थाहा पाएका थियौँ। धरहरा ढल्न त ढल्यो तर कसरी ढल्यो भन्ने देखाउने न फोटो आयो न भिडियो। भूकम्पको तीन महिना पूरा भएपछि बल्ल एउटा सिसिटिभी भिडियो सार्वजनिक भएको छ जसमा टाढाबाट धरहरा ढलेको देख्न सकिन्छ। सुन्धाराको गोश्वारा हुलाक कार्यालय नजिकै राखिएको सिसिटिभीबाट खिचिएको भिडियोमा यसरी धरहरा ढलेको देखिएको छ।

chara
यो धरहरा ढल्नु एकछिन अगाडिको दृश्य। गोलो घेरामा तपाईँ चराहरु उडिरहेको देख्न सक्नुहुन्छ।

dharhara
फोटोमा देख्न सक्नुहुन्छ धरहरा ढल्दैछ। धरहराको बरन्डा तपाईँ गोलो घेरामा देख्न सक्नुहुन्छ।

dharhara1

यसमा तपाईँ धरहराको गजुर नै ढलिरहेको देख्न सक्नुहुन्छ।

dharhara2

धरहरा भूइँमा बज्रिसकेपछि उडेको धुलो।

यी त भए भिडियोबाट निकालिएका फोटो। भिडियो हेर्नुस्-

अझै जुम गरिएको भिडियो हेर्नुस्-

यसको ओरिजिनल सिसिटिभी भिडियो न्युज २४ टिभीका पत्रकार विकास थपलियाले अपलोड गरेका हुन्। हेर्नुस् ओरिजिनल फुटेज

यस्तो थियो धरहरा ढलेपछिको दृश्य

(प्रथम प्रकाशित मिति : Jul 31, 2015 @ 0:34 )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme