Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हाम्रो नेपालमा दुई किसिमका देउता

Posted on April 23, 2018April 23, 2018 by Salokya


कम्युनिस्टहरु देउता अर्थात् ईश्वर मान्दैनन् भन्ने कुरो त शपथ ग्रहण गर्दा ‘ईश्वरको नाममा’ उच्चारण नगरेबाटै प्रष्ट हुन्छ। तर ईश्वर नमाने पनि मार्क्स र लेनिनलाई चैँ देउता झैँ पूज्छन्। अस्ति भर्खर देख्नुभएन, एमाले र माओवादीको संयुक्त लेनिन दिवस मनाउने कार्यक्रममा लेनिनको फोटो भएन भनेर बबाल भएको। खैर यहाँ देउता विवाद गर्न खोजेको हैन। यहाँ त अहिले नेपालमा भएका दुई किसिमका देउताको विषयमा लेख्न लागिएको हो। अहिले देशले देउतालाई दुई वर्गमा विभाजन गरेको छ। एउटा- देशले महत्त्व दिएको अर्थात् देशभर विदा पाइने देउता। अर्को, देशले कम महत्व पाएको अर्थात् देशैभरकाले विदा नपाउने देउता। यसपालिदेखि विदा कटौति गरिएको थाहै होला तपाईँलाई। त्यसरी कटौति हुँदा देउताका जन्मदिनको विदा पनि परेको छ।

१) देशले महत्व दिएका देउता
यो किसिममा देशले एकदमै महत्व दिएर देशभरका सबैले विदा पाउने देउता पर्छन्।

बुद्ध
बुद्ध जयन्तिका दिन वैशाख १७ गते सोमबार देशभर विदा दिइएको छ।

शिव
महाशिवरात्रीका दिन फागुन २० गते सोमबार पनि देशभर विदा दिइएको छ।

२) देशको कम महत्वमा परेका देउता

कृष्ण
श्रीकृष्ण जन्माष्टमिका दिन पहिले देशैभर विदा भए पनि यस पटकदेखि भने विदा काटिएको छ।

राम
राम नवमी अर्थात् राम जयन्तीका दिन यसअघि देशैभर विदा हुन्थ्यो। यस पटकदेखि भने यो विदा पनि कटौतिमा परेको छ।

क्राइस्ट
इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे अर्थात् जिसस क्राइस्ट जन्मेको दिन डिसेम्बर २५ तारिख पुस १० गते मंगलबार इसाई धर्मावलम्बीहरुलाई मात्र विदा दिइएको छ। यसअघि यो दिन देशभर विदा हुन्थ्यो।

मोहम्मद
इस्लाम धर्मावलम्बीहरुको पर्व ईदर र बकर ईद दुवैमा अब इस्लाम धर्मावलम्बीहरुले मात्र विदा पाउने छन्।

देउताहरुको यसो सूची हेर्‍यो भने थाहा हुन्छ- राष्ट्रवादी सरकारले नेपालमा जन्मिएका देउतालाई विदा र नेपाल बाहिरका देउतालाई विदा कटौति गरेको छ। बुद्ध नेपालमा जन्मिएका हुन् भनेर त अभियानै चल्ने गर्छ। शिवको जन्म नभए पनि वासस्थान हिमालय पर्वत भनिन्छ। कृष्ण र राम भने हिन्दू देउता भए पनि दुवैको जन्म भने भारतमा भएको हो। रामले त सीता विवाह गरेको हुनाले ज्वाइँ नाता पर्ने हो तर पनि राम नवमीका दिन विदा कटौतिमा पर्‍यो।

अरु कटौति भएका विदा कुन-कुन?

दशैँका तीन दिन
पहिले दशैँमा घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाका दिन पनि विदा हुन्थ्यो। अहिले भने दशैँका बेला फूलपातिदेखि एकादशीसम्ममात्र अर्थात् जम्मा पाँच दिनमात्र विदा तोकिएको छ।

पाँच वटा दिवस
पहिले विदा तोकिएका पाँच वटा दिवसलाई राष्ट्रिय रुपमा मनाउने तर कार्यालय खुल्ने दिवस बनाइएको छ-

गणतन्त्र दिवस जेठ १५ गते
निजामती सेवा दिवस भदौ २२ गते
राष्ट्रिय एकता दिवस पुस २७ गते
सहिद दिवस माघ १६ गते
राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते

पहिले देशभर हुने अहिले स्थान र समुदाय विशेषलाई मात्र दिइने विदा
उभौली पर्व (यो पर्वमा विदा नहुने भनिए पनि यो वैशाख पूर्णिमामा पर्ने र यही दिन बुद्ध जयन्ति हुने भएकोले देशभर विदा हुने)
गौरा पर्व
छठ पर्व
उधौली पर्व, योमरी पुन्हि
तमु ल्होसार
माघी पर्व
सोनम ल्होसार
ग्याल्बो ल्होसार
सिरुवापावनी पर्व
धवधाम्बु छेचिक पर्व

विदा बारे राजपत्रमा प्रकाशित सूचना हेर्नुस्-




2 thoughts on “हाम्रो नेपालमा दुई किसिमका देउता”

  1. prithvi says:
    April 24, 2018 at 3:25 pm

    नेपाल को हिमाल मा जन्मिएका देउता: शिव पार्वती
    नेपाल को तराइ मा जन्मिएका देउता: बुद्ध, सिता
    भारत मा जन्मिएका देउता: राम, कृष्ण
    खाडी देश मा जन्मिएका देउता: क्राइस्ट, मोहम्मद

    Reply
  2. madan bajracharya says:
    April 24, 2018 at 2:48 am

    नेपाल अरु धर्म मान्ने नेपालीहरुको देस भयता पनि; संबिधान अनुसार नेपाल धर्म निर्पेछ्य मुलुक भयता पनि देस चलाउने हिन्दु नेताहरुले नेपाललाई घोसित रुपमा हिन्दु धर्म परिबर्तन गर्न अरु धर्म प्रशार गर्न नपाउने बनायर अघोसित रुपमा हिन्दु रास्ट्र नै बनायको छ/ त् नेपालमा प्रशार गर्न नपाउने; हिन्दुले अङ्गीकार गर्न नपाउने अरु धर्मको पर्वहरुमा आफुले पनि बिदा पाउने कसरि र किन बनायो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme