Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजा वीरेन्द्रको ब्रान्डमा बियर बेच्दै स्विस कम्पनी

Posted on April 19, 2018 by Salokya

यो फोटो हेर्दा तपाईँलाई फेक जस्तो लाग्न सक्छ। तर कुरा साँचो हो। श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव भनेर औपचारिक रुपमा हामीले सुन्दै आएको नामलाई ‘वीरेन्द्र बियर’ बनाएर एउटा स्विस कम्पनीले बेचिरहेको छ। वीरेन्द्र नामको यो बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ। पृष्ठभूमिमा पाँच तले मन्दिर पनि देखिन्छ। 

Turbinenbräu नामको स्विस कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क हो। नेपाली रुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउँछ।

बियर खाएको फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बियर खाएको फोटो राखेका छन्।

अर्को स्विस वेबसाइट intercomestibles.ch का अनुसार टिमुर राखिएको यो बियरको नाम राजा वीरेन्द्रको नाममा राखिएको हो।

 

 

17 thoughts on “राजा वीरेन्द्रको ब्रान्डमा बियर बेच्दै स्विस कम्पनी”

  1. madhukar Rana says:
    April 24, 2018 at 4:02 pm

    please stop this Nonsense Activity !! यो नेपालको रोयाल परिवारलाई बेईजत गर्ने काम ठिक होइन // छिटो भन्दा छिटो यो कार्य बन्द गरियोस होइन भने अन्तर्राष्ट्रिय कोर्टमा यो आवाज उठईन्छ !!

    Reply
  2. sujan maharjan says:
    April 24, 2018 at 6:02 am

    “former king died 1972 ” रे राजा बिरेन्द्र लै !!! कत्ति हास्नु हो !!!

    Reply
  3. Gopal says:
    April 23, 2018 at 8:09 am

    Beerendra bhannae naam rakheko bhayea chahin jhyau huntheeyo.

    Reply
  4. Bimal Nepal says:
    April 22, 2018 at 12:31 am

    राजा वीरेन्द्रको नाममा एउटा स्विस कम्पनीले बियर ब्रान्ड चलाएकोमा केही ‘वीरेन्द्र भक्त’ हरुलाई रन्काएको छ! कुनै स्वर्गीय सेलिब्रिटीको नाममा बियर बेचिनु नौलो कुरा होइन. महात्मा गान्धी लगाएत विश्व प्रसिद्द मान्छे हरुको नाममा बियर बेचिन्छ. जियुँदो मान्छे संग अनुमति लिनु पर्छ तर मरेको मान्छे बीरेन्द्र संग कसोरी अनुमति लिनु? यो त बीरेन्द्रको सम्मान नै पो हो त, उनि अल्कोहल पारखी पनि हुदै हुन्.
    नेपाली हरुले बेकारमा हल्ला मच्चाएर झन् बियर पपुलर हुने भयो! स्वित्जरल्याण्ड जाँदा झन् खोजि खोजि चाख्न पो पर्ने भयो!

    Reply
  5. कमल लम्साल says:
    April 21, 2018 at 6:29 am

    नेपालीहरूले बिर्से पनि कसैकाे मनमा त रहेछ यीनकाे माया। सत्य हाे याे यदि भने सही नै हाे।

    Reply
  6. Pingback: वीरेन्द्र बियर : कमल थापा चुप, विद्यार्थी तात्तिए- कडा संघर्षको चेतावनी « Mysansar
  7. सम्राट सापकोटा says:
    April 20, 2018 at 5:37 pm

    यो त ठुलै अपराध हो नेपाल सरकारले यो कंमपनी लाइ तुरुन्त मुद्दा हालेर
    दरो छेतिपुर्ति अशुल गर्नु पर्छ

    Reply
  8. कमल says:
    April 20, 2018 at 5:20 pm

    राजाकाे पैसाले बनाएकाे हाेलानि त्याे बियर

    Reply
  9. Nabin says:
    April 20, 2018 at 1:09 pm

    @प्रभात, हुन्न नेपाल सरकार लै भन्न , फेरी ओली र प्रचण्ड मिलेर कापी रिघ्त को पैसा माग्लान उतै स्विस बैंक मा राख्ने गरि !!!

    Reply
  10. Dhiraj Ale says:
    April 20, 2018 at 10:59 am

    यो कम्पनीलाई मुद्दा लाएर खारेज गर्नु पर्छ

    Reply
  11. bidesi keto says:
    April 20, 2018 at 10:54 am

    यो स्विस को अब cross लै तोइलेत पपेर बनाऊ सथिहो….मर्यादा उलंघन भयो

    Reply
  12. bijay says:
    April 20, 2018 at 3:14 am

    ल सबै नेपाली मिलेर यसको बिरोध गरौँ चक्का जाम गरौँ, टायर बालौं, तोडफोड गरौँ, अनि राति भट्टी तिर लागौं

    Reply
  13. Dhan says:
    April 19, 2018 at 11:12 pm

    उनिहरुले बिरेन्द्र लाई respect गरेको जस्तो लाग्छ आखिर कसै को मनमा त रहेछ

    Reply
  14. madan bajracharya says:
    April 19, 2018 at 9:46 pm

    बिर्सने नसकिनेलाई सम्झनु पनि अपराध भयो त् सम्झन र सम्झाउन चाहने यस्तै गरेर भय पनि सम्झने अनसार त् दिय/ गलत देख्ने आँखाले गलत देख्लान तर उ त् नै हो/

    Reply
  15. Badrinath says:
    April 19, 2018 at 8:46 pm

    Birendra died on १९७२ रे …अझ विकिपीडिया लाई साभार गरेको रे . कुन birendra हुन्? King of nepal नै लेखेको छ .

    Reply
  16. bideshi keto says:
    April 19, 2018 at 8:05 pm

    समय आयो …अब स्विस लै…लै बारी लै गर्ने

    Reply
  17. prabhat says:
    April 19, 2018 at 2:18 pm

    होइन हौ , कापी राइट (copy right ) नलाग्दो रच कि के हो? बडा अचम्म!

    नेपाल सरकार को ध्यान जाओस!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme