Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमाले सांसद दम्पति विरोध-मुनुकी छोरी बनिन् मिस नेपाल

Posted on April 11, 2018April 11, 2018 by Salokya


एक जमाना थियो, मिस नेपाल सौन्दर्य प्रतियोगिताको कम्युनिस्टहरु खुबै विरोध गर्थे। विरोध प्रदर्शनका कारण मिस नेपाल आयोजना स्थलबाहिर प्रहरी सुरक्षा कडा बनाउनु पर्थ्यो। अचेल समय फेरिएको छ। चीनमा त मिस वर्ल्ड नै आयोजना हुन थालिसकेको छ। मिस नेपालको पनि विरोध अब हुन छाडेको छ। यो पटक त गजबै भयो। मिस नेपाल बनिन् शृङ्खला खतिवडा। सुन्दरी पनि र जवाफ पनि गजब दिने। ट्यालेन्ट उस्तै। शृङ्खलाको पारिवारिक पृष्ठभूमि भने कम्युनिस्ट। आमा-बाबु दुवै सांसद। बाबु विरोध खतिवडा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद अनि आमा मुनु सिग्देल चाहिँ प्रदेश नम्बर ३ मा समानुपातिकबाट सांसद।

रमाइलो चैँ के भयो भने मिस नेपालका मुख्य जज राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव गोविन्द गजुरेलले सोधेको प्रश्न पनि उस्तै थियो। समृद्ध नेपाल, सुखी नेपालीका लागि आवश्यक तीन वटा विषय के हो भन्ने प्रश्न उनले मिस नेपालका सात जना फाइनलिस्टलाई सोधेका थिए। ‘समृद्ध नेपाल, सुखी नेपाली’ प्रधानमन्त्री केपी शर्मा ओलीको नारा हो। उनले पदभार ग्रहण गर्दा यो नारालाई अभियानका रुपमा अघि बढाउने बताएका थिए।


सांसद दम्पति विरोध खतिवडा र मुनु सिग्देल।

आमा बाबु दुवैले फेसबुकबाट छोरीका लागि भोट मागेका थिए-

2 thoughts on “एमाले सांसद दम्पति विरोध-मुनुकी छोरी बनिन् मिस नेपाल”

  1. D Gurung says:
    April 23, 2018 at 8:55 am

    I wonder what Marxism and Lenninism say about beauty pageants…

    Reply
  2. deshbhakta says:
    April 12, 2018 at 12:07 am

    नानी तिमीलाई धेरै धेरै बधाई छ। अब मिस नेपाल को पुरनो परिभाशा तिमीले बदल्नु पर्छ। तिमीजस्ता मिस नेपालले नै येस्को गरिमा बढाउन सक्छौ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme