Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचारमा लाग्ने पत्रकारलाई सम्मानसहित वनभोज, क्या मज्जा !

Posted on April 11, 2018 by Salokya


यो हप्ता सरकारी समाचार एजेन्सी रासससहितका केही मिडियामा ‘वनभोज तथा सम्मान कार्यक्रम’ को समाचार आयो। काठमाडौँका मेयर विद्यासुन्दर शाक्य, नेकपा (एमाले)का नेता डा राजन भट्टराई, बूढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेल, प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीको कोट र नाम थियो समाचारमा। के खालको वनभोज र सम्मान कार्यक्रम हो भन्ने चाहिँ समाचारमा खुलाइएको थिएन। कार्यक्रमको ब्यानर देखेपछि पो बल्ल थाहा भयो- यो त तीन तहको निर्वाचनमा वाम गठबन्धनको पक्षमा प्रचार काममा लाग्ने पत्रकारहरुको सम्मान आयोजित वनभोज अर्थात् पिकनिकको कार्यक्रम पो रहेछ।

समाचार चाहिँ यस्तो थियो। पिककिन जाँदा पनि समाचार लेख्ने पत्रकारको जाँगरलाई चाहिँ मान्नै पर्ने हो।

तर उनीहरु पत्रकार हुन् कि कार्यकर्ता त? कुनै एक पक्षको प्रचार काममा लाग्नुलाई कसरी पत्रकारिता भन्नु। तर नेपालमा चल्छ। त्यसैले फलानाको पक्षमा प्रचार गरेकोमा पत्रकारलाई सम्मान गर्दा पनि सार्वजनिक रुपमै गरिन्छ र पनि सम्मान गर्ने र थाप्ने कसैलाई लाज हुन्न। कतै यो पिकनिक गर्न बजेट पनि नगरपालिका वा महानगरपालिकाले मिलाइदिएको त हैन? वाम गठबन्धनको पक्षमा प्रचार काममा लाग्ने साथीहरुलाई यति सहयोग त गर्नुपर्‍यो नि। आखिर उहाँहरुले प्रचार नगर्नुभएको भए कसरी जितिन्थ्यो त? जितेपछि गुण त तिर्नुपर्‍यो नि। नत्र बैगुनी भइहाल्छ नि।

पिकनिकका केही फोटो पनि फेसबुकमा भेटियो-

मेयर विद्यासुन्दर शाक्यसित वनभोज खानेहरु। मेयरले जतिसुकै काम नगरे पनि प्रचारमा लाग्ने साथीहरुले क्रिटिकल लेख्न नसक्नुको कारण यही त होला। आखिर सम्मान खानु छ, वनभोज खानुछ, आफैले प्रचार गरेर जिताइदिएको छ। कि कसो?

1 thought on “प्रचारमा लाग्ने पत्रकारलाई सम्मानसहित वनभोज, क्या मज्जा !”

  1. Mohan says:
    April 12, 2018 at 4:03 pm

    नेपाली पत्रकार को असली अनुहार देखियो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme