Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दिल्लीमा ओली रोचक २ : धमलासित मोदीको हस्तमिलन यसरी सम्भव भएछ

Posted on April 10, 2018 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सफल’ भारत भ्रमण रिपोर्टर्स क्लबका सदाबहार अध्यक्ष ऋषि धमलाका लागि पनि अत्यन्त सफल रह्यो। यस पटकको भ्रमणमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित हात मिलाउन पाए। हात मिलाएको मात्र भए त त्यसको अर्थ रहँदैन थियो होला, फोटो नै सार्वजनिक भयो। शंकालुहरुले त अनेक शंका गरे, फोटोसप गरेर पो उनको फोटो राखेको हो कि सम्म भने। तर इर्ष्यालुहरुले जति इर्ष्या गरे पनि फोटो सत्य नै थियो। 

प्रधानमन्त्रीको भारत भ्रमणको दोस्रो दिन बिहान सेरेमोनियल रिसेप्सनको कार्यक्रम थियो। बिहानै घुडसवारहरुको स्कर्टिङमा कालो मर्सिडिजमा प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा आउने, मोदीले स्वागत गर्ने अनि नेपालको राष्ट्रिय धून बज्ने, प्रधानमन्त्रीले गार्ड अफ अनरको अवलोकन गर्ने।

कारको ढोका नखुलेकोबारे ब्लग छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

गार्ड अफ अनरको अवलोकनपछि प्रधानमन्त्री ओलीले सेरेमोनियल रिसेप्सनमा आएका भारतीय विशिष्टहरुसित हात मिलाउँछन्। साथमा भारतीय प्रधानमन्त्री मोदी हुन्छन्। भारतीय विशिष्टसित हात मिलाउने कार्यक्रम सकिएपछि नेपाली प्रतिनिधिमण्डलको पालो आउँछ। उनीहरुलाई दूतावासका एक कर्मचारीले परिचय गराउँदै जान्छन्, मोदीले नमस्ते गर्नुपर्नेलाई नमस्ते र हात मिलाउनु पर्नेलाई हात मिलाउँदै जान्छन्।

प्रतिनिधि मण्डलको लहर सकिएर प्रेसलाई बाइट दिने ठाउँ पुग्न लाग्दाको ठाउँमा टाइसुटमा सजिएका धमला उभिएका थिए। नेपाली दूतावासका कर्मचारीले परिचय दिनुपर्ने जति सबैको परिचय दिएर साइड लागिसकेका थिए।  धमला प्रतिनिधि मण्डल बस्ने ठाउँमा हैन, बार लगाएर प्रेस बस्ने ठाउँ भनी छुट्याइएको ठाउँमा बसेका थिए। धमलाले नमस्ते गरेपछि मोदीले पनि नमस्ते फर्काए। धमलाले हात मिलाउनका लागि हात अगाडि बढाए। मोदीले अगाडि बढेर हात मिलाए।

प्रधानमन्त्री ओलीलाई प्रेसलाई बाइट दिनुस् भनेर मोदीले ठाउँ देखाइदिँदासम्म धमलाले मोदीको हात छाडेका थिएनन्। त्यो देखेपछि पछाडि बसेका मोदीका सादा पोशाकका सुरक्षाकर्मी अघि बढिसकेका थिए, धमलाले हात छाडे। त्यसपछि ओलीले बाइट दिए।

हेर्नुस् भिडियो

धमलाको वेबसाइटमा मोदीसित हात मिलाउँदाको मात्र हैन, गृहमन्त्री राजनाथ सिंहसँग जनता जान्न चाहन्छन् पाराको फोटो पनि राखिएको छ।

12 thoughts on “दिल्लीमा ओली रोचक २ : धमलासित मोदीको हस्तमिलन यसरी सम्भव भएछ”

  1. madan bajracharya says:
    April 18, 2018 at 8:52 am

    सालोक्य ज्यु
    तपाइँ माथि बिस्वाश छ र तपाइले भने पछि अरु सिट कुरा बुझ्नु पर्दैन/ निर्बिबादित व्यक्तिको बारेमा कुनै नकारात्मक कुरा सुनेमा “होईन होला” भनेर सत्य कुरा बुझ्ने प्रयत्न गरिन्छ/ तर बिबादित र राजनैतिक शक्तिको बैशाकी टेकेरै मात्र बनेका बचेका र अनुहार पनि देखाउन नपाउने ठाउमा उभिन पायकाको बारेमा थप कुनै नकारात्मक कुरा सुने पनि तुरन्तै बिस्वाश लाग्ने हुन्छ/

    Reply
  2. prithvi says:
    April 13, 2018 at 6:24 pm

    धमला ले अङ्रेजी बोलेको सुन्ने इच्छा कहिले पुरा नहुने भयो, कही कतै एक दुई शब्द भने पनि बोलेको छैन होला? जनता जान्न चाहन्छ ।

    Reply
  3. madan bajracharya says:
    April 13, 2018 at 3:57 am

    सालोक्यज्यु,
    जानकारी दिनु भयकोमा धन्यबाद/ पत्रकारले नागरिकको आवाजको प्रतिनिधित्व गर्ने भयकोले नागरिकहरु पत्रकारहरु बिबाद रहित होस् भनि चाहन्छन नै/ नागरिकहरुको चासो हुने व्यक्तित्वको बारेमा धेरै कुरा सुनेको आधारमा पनि हुन्छ/ मैले सुने अनुसार धमलाज्यु कालिमातिको जनप्रभात स्कुलमा दस कछ्या सम्म पढ्नु भयको र टेस्ट जांच चाहि तेही स्कुलमा दिनु भयनरे/ सालोक्यज्युले उहाले २०४७ सालमा उहाले तेही स्कुल बात टेस्ट जांच पास गरेको भने बात मैले सुनेको कुरा गलत भयको मैले बुझे/ फेरी धन्यबाद/

    Reply
    1. Salokya says:
      April 16, 2018 at 11:06 am

      धमलाजीले त्यही स्कूलबाट टेस्ट दिनुभएको र जाँच पास गर्नुभएको हो। स्कूलमा गएर कन्फर्म गर्न सक्नुहुन्छ।

      Reply
  4. Shankar says:
    April 11, 2018 at 7:08 pm

    फोटो हेर्दा पी यम ओली हैन , धमला पो रहेछ कि जस्तो भ्रम सिर्जना गर्ने खालको फोटो सायद आगामी दिनमा पनि चर्चाको बिसय रहनेछ |
    सायद धमला लाइ लाग्दो हो ओली पनि कम पढेका , मोदी पनि ( ओपन युनिभर्सिटिको ग्रज्युत हो क्यार ), म मात्र के कम |

    Reply
  5. alikhit says:
    April 11, 2018 at 1:10 pm

    मोदी: कौन था वो हरामी ?
    सचिव: पता नही, नेपालका कोई पत्रुकार था, ऐसा बोल रहा था ।

    Reply
  6. Basu Shrestha says:
    April 11, 2018 at 3:37 am

    १:०९ देखि १:१६ को फ्रेममा क्यामेरातिर हेर्दै बुढी औंला देखाएर ‘ठिक छ’ भने जस्तो गर्ने नेपाली प्रतिनिधि मण्डलको काले व्यक्ति को रहेछन्? उ त मिसनमा होइन मोदी दर्शनमा गए जस्तो छ, जस्तो कि धमला |

    Reply
  7. Krishna says:
    April 11, 2018 at 1:19 am

    यस्ता छाडा पत्रुकारको के पछि लाग्नु भाको हो सालोक्य ज्यु ! यो मान्छे हात मिलाउन कै लागि दिल्ली गाको हो ; कुत्ता को जति नि value छैन यसको !

    Reply
  8. Bijaya Sundas says:
    April 11, 2018 at 12:13 am

    अब यो मु. धमलाले एक हप्ता सम्म हात धोएन होला

    Reply
  9. विमल says:
    April 10, 2018 at 9:57 pm

    न कुनै पत्रकारिता दर्शाउने लेख, न कुनै विज्ञता| खालि फोटो अपमा मरिहत्ते गर्ने| धमलाको हमला हेर्दा लागेर आउछ उनको खुबी भनेकै जोडले बोलेर वाहियात प्रश्न गर्नु| यो त पत्रकारिताको अपमान भएन र भन्या| अरुको मुल्यांकन गर्ने र अरुको खबर सम्प्रेषण गर्ने मित्रहरुले आफु मध्येको एउटाको बारेमा कैले कही मदन बज्राचार्यजीले भनेजस्तै खोज खबर उचित हुनेछ|

    Reply
    1. Salokya says:
      April 10, 2018 at 11:30 pm

      मदनजीको कुरामा सत्यता छैन। ऋषि धमलाले जनप्रभातबाट २०४७ सालमा टेस्ट परीक्षा उत्तीर्ण गरेका हुन्।

      Reply
  10. madan man bajracharya says:
    April 10, 2018 at 8:57 pm

    नागरिक र देसको प्रतिनिधित्व गर्ने व्यक्तिहरुको माझ बिबादस्पस्त व्यक्तिको पनि उपस्थ्तितिले खल्लोपन ल्याउँछ/ आफुलाई असाधारण र बिशिस योग्यता भयको देखाउने व्यक्तिले उ सिट भयको योग्यता बिबाद मुक्त रहेको देखाउनु पर्छ/ कालिमातिको जन प्रभात बिद्यालयको बिद्यार्थी थिय धमला/ धमला त्यो बिद्यालयको टेस्ट परिछ्यामा फेल भय पछि बिद्यालय छोडेको थियो भनिन्छ/ यो बारेमा सो बिद्यालयमा अझै पनि कसैले पनि बुझ्न सक्छ/ त् जनप्रभात बिद्यालयको टेस्ट परिछ्या फेल भयको धमलाले कहा बात टेस्ट परिछ्या पास गरेर कहिले कसरि कहा बात प्रवेशिका जांच पास गरे भन्ने कुरा धमला आफैले पनि जानकारी दिनु पर्छ र सम्भंदित निकायले सत्य के हो पत्ता लगाउनु पर्छ/ सर्वोच्च अदालतको न्यायधिस को शैछिक योग्यताको सत्य तथ्य केहो भन्ने कुरामा त् खोजि हुन्छ भने धमला यो कुरामा अपबाद हुन् सक्दैन/ धमलालाई उसको योग्यता अनुसार कानुनन जहा उभिनु दिनु तेही मात्रै उभिन दिनु पर्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme