Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोदीको अगाडि गाडीको ढोकाले धोका दियो (दिल्लीमा ओली रोचक १)

Posted on April 9, 2018 by Salokya


प्रधानमन्त्री केपी ओली भारतको तीन दिने राजकीय भ्रमण सकाएर आइतबार राति स्वदेश फर्किसके। यो भ्रमणमा देखिएका केही रोचक घटनालाई क्रमैसँग समेट्ने कोशिश गर्दैछौँ। यसै क्रममा आज मोदीको अगाडि गाडीको ढोकाले धोका दिँदाको क्षणलाई हेरौँ।

राजकीय भ्रमणको दोस्रो दिन। शनिबार बिहान राष्ट्रपति भवनमा सेरेमोनियल रिसेप्सन र गार्ड अफ अनरको कार्यक्रम थियो। एक दिन अगावै जनकल्याण मार्गस्थित मोदीको निवासमै गएर ओलीले मोदीलाई भेटिसकेको भए पनि यो औपचारिक स्वागतको कार्यक्रम थियो।


सबैभन्दा पहिला मोदी आए। उनले प्रम ओलीलाई कुरे।


नेपाल र भारतको झण्डा राखिएको कालो मर्सिडिज चढेर ओली दम्पति आइपुगे।


गाडीको ढोका खोल्न गए दुई जना। त्यसपछि कस्तो रमाइलो भयो, यो भिडियो हेर्नुस्-

किन यस्तो भयो त?

केहीले थोत्रो गाडी भएकोले पो यसो भएको हो कि भन्ने अनुमान गरे। तर मेरो विचारमा गाडीको ढोकाको लक अगाडि ड्राइभरको कन्ट्रोलमा र पछाडि प्यासेन्जरको कन्ट्रोलमा पनि हुन्छ। गाडी रोकिएपछि प्रमले पनि लक खोलेर बाहिरिन खोजे होला, ड्राइभरले पनि लक चलाए होला। दुई जनाले गरेपछि न बाहिरबाट खुल्यो, न भित्रबाट।

अर्को ढोकाबाट प्रधानमन्त्री पत्नी झरिसक्दासमेत मोदीको अगाडि गाडीको ढोकाले धोका दिँदा छोटो समयको लागि भए पनि अन्यौल चाहिँ भयो। मोदीले ड्राइभरलाई भनेपछि बल्ल ढोका खुल्यो र प्रम ओली झरे। त्यसपछि बल्ल औपचारिक कार्यक्रम सुरु भयो।

3 thoughts on “मोदीको अगाडि गाडीको ढोकाले धोका दियो (दिल्लीमा ओली रोचक १)”

  1. Pingback: दिल्लीमा ओली रोचक २ : धमलासित मोदीको हस्तमिलन यसरी सम्भव भएछ « Mysansar
  2. Rama Jha says:
    April 9, 2018 at 10:02 pm

    Child lock engaged भयो भने भित्रबाट मात्र खोल्न मिल्दैन, बाहिरबाट मिल्छ. त्यसैले यो तर्क मिलेन..

    Reply
  3. aj says:
    April 9, 2018 at 7:50 am

    किन भने तेस्मा child lock थियो होला | यो ओली लाई उनीहरुले बच्चा भनेर child lock प्रयोक गरे holan

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme