Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न्यु पनि पुरानो पनि एकै साथ कसरी सम्भव छ? हुँदो रहेछ हेर्नुस्

Posted on April 4, 2018March 30, 2018 by Salokya


हामी नेपालीहरु अचम्मैका छौँ। एउटाले सफलता पाएपछि त्यसैको कपि गर्न खप्पिस। एक ठाउँमा मोमो पसल अलि चल्यो भने दर्जन मोमो पसल वरपर खुल्छन्। जनकपुरको शिवचौकको दृश्य हो यो। हेर्नुस् त जताततै नवरङ नै नवरङ। उस्तै सुनिने नवराज नाम पनि राखिएको छ। अझ रमाइलो हेर्नुस् त। 

कसैले त न्यु नवरंग होटल पुरानो लेखेको रहेछ। भो त अब न्यु भनेको नयाँ अनि कसरी पुरानो? तर चल्दो रैछ।

नक्कलीदेखि सावधान पनि भनिएको रहेछ फेरि।

यो चाहिँ नवरंग होटल पुरानो मात्र। पुरानो चाहिँ सानो अक्षरमा के देख्ला जस्तो गरी।

न्यु पनि पुरानो पनि कसरी एकैचोटी सम्भव छ? तर जनकपुरमा सम्भव छ।


कुन सक्कली कुन नक्कली पत्ता लगाउनै गाह्रो।

10 thoughts on “न्यु पनि पुरानो पनि एकै साथ कसरी सम्भव छ? हुँदो रहेछ हेर्नुस्”

  1. sujan maharjan says:
    April 15, 2018 at 11:01 pm

    यो गैर कानुनी हो !!! रेगीस्त्रार लाइ समात्नु पर्यो!!!

    Reply
  2. dipesh says:
    April 6, 2018 at 2:51 am

    Nepal को पार्टी को नाम उस्तै उस्तै खाली कमा र धर्को मा फरक अनि तेही सिकेको नि

    Reply
  3. Sushil says:
    April 5, 2018 at 8:56 pm

    बाजेको पेडा जस्तै रहेछ. सारा टोलनै असली बाजेको पेडा भनेर क्लेम गर्ने…लोल…दिवंगत बाजेको क्यारेक्टरमा पो प्रश्न चिन्ह लाग्ने…

    Reply
  4. Suman says:
    April 5, 2018 at 3:43 pm

    Saptari tira ko bajeko peda bhandar, purano bajeko pedha bhandar, asali bajeko peda bhandar, asali budho bajeko peda bhandar, asali bajeko naya peda bhandar etcs vane jastai raicha. Ha ha ha ha.

    Reply
  5. सिर्जने says:
    April 4, 2018 at 10:22 pm

    ए राता मकै!

    Reply
  6. Rajan says:
    April 4, 2018 at 7:03 pm

    माछा र भात खुवाउने होटेल हो पहिलेको नाम चलेको नवरंग होटेल । सबै! तेसैका सन्तान हुन ।

    Reply
  7. Anonymous says:
    April 4, 2018 at 2:21 pm

    यो नाम किन राख्न यसरि लागि परेका होलान ? बुझ्न पाए हुने थियो

    Reply
  8. Sunil, London says:
    April 4, 2018 at 1:41 pm

    गज्जब को कुरो , रमाइलो लाग्यो ! पहिला जनक चोक मा एउटा नवरंग होटेल थियो , त्यहाँ को खाना सार्है मिठो ! त्यहाँ दाल, तरकारी हुदैनथ्यो ! खसीको लेदो मासु भात अनि झोल (रस) अनि एक टुक्रा प्याज मात्र ! यो २०४१ साल तिर को कुरा हो ! फेरी २०५५ सालमा जनकपुर जाने मौका पर्यो , धेरै परिवर्तन भैसके छ , साँझ तिर नवरंग होटेल खोज्दै जादा फेला पर्न मुश्किल पर्यो , एउटा होटेल मा एकजना दाई लाई सोधे नवरंग होटेल कुन हो ? उनले हास्दै भने येही त हो नि , म मख्क परेर भित्र बसे, तर खाना पहिले जस्तो मिठो थिएन ! भोलि पल्ट बिहान उज्यालोमा फेरी अर्कै नवरंग भेटे , त्यहाका मालिक लाई सोधेको पुरानो नवरंग त येही नै हो भने , तर खाना ले बतायो उनि पनि झुठ बोल्दैछन ! अनि मलाई लाग्यो असली नवरंग अब बन्द भैसकेको छ , जे जति छन् ति अर्कैले खोलेका हुन् ! पहिलो नवरंग का मालिक एकजना तराइवासी थिए, पछि पहाडवासी ले पनि तेही नामले खोलेछन ! यदि कसैलाई पुरानो र सबभन्दा पहिला खुलेको नवरंग को (यदि हाल सम्म खुला छ भने) बारे थाहा भए कृपया कमेन्टमा लेखिदिनु होला, जनकपुर गए भने त्यहाँ जना चाहन्छु !
    जे होस् खुशी लाग्यो यो नाम जनकपुरको “ब्रान्ड नेम” भएछ !

    Reply
  9. यम पुन says:
    April 4, 2018 at 1:25 pm

    जनकपुर तिरको ज्योतिषीलाई नवरङ्ग नाउँ असाध्यै मन परेको हो कि क्या हो ? हुन त खेत जोतेर मान्छे जन्मिने ठाउँ हो, जनकपुर ।

    Reply
  10. madan bajracharya says:
    April 4, 2018 at 6:16 am

    उस्तै उस्तै नाम राखेर होटेल खोल्नेहरू भन्दा उस्तै उस्तै नाम राखेर होटलहरुलाई दर्ता गर्ने सरकारी निकायलाई कार्यबाही गर्नु पर्छ/ तेतिकै त् उस्तै उस्तै नाम भयको होटलहरु दर्ता गरेको हुने सक्दैन/ बेलैमा यस्तो गलत कुरा नसच्याए कुनै बेला अपराधि खोज्नु परेमा प्रहरीलाई अप्थ्रारो पर्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme