Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुन कुन विदा हटायो त सरकारले अब?

Posted on March 29, 2018March 29, 2018 by Salokya

हामी जुन पेशामा छौँ, त्यो पेशामा त धेरै विदा नै हुँदैन। तर सरकारी कर्मचारीहरुलाई त मोज थियो। घोषित विदा त टन्नै हुन्थ्यो हुन्थ्यो, कुनै विदेशी राष्ट्राध्यक्ष वा प्रधानमन्त्री आए पनि विदा, हाम्रा राष्ट्राध्यक्ष गए पनि विदा दिने चलन। त्यतिमात्र हो र, देउवाको पालामा त नामै नसुनेका व्यक्तिको नाममा समेत विदा दिइयो अघिल्लो साँझ घोषणा गरेर। केपी ओलीको सरकारले भने अब विदामा कटौति गर्ने भएको छ। बुधबारको मन्त्रिपरिषद्को बैठले यो सालभन्दा अर्को साल सरकारी कार्यालय २२ दिन बढी खुल्ने निर्णय गरेको छ। कुन कुन विदा कटौति गरेको छ त सरकारले? गृह मन्त्रालयको सूचना औपचारिक रुपमा नआएसम्म औपचारिकता पाइँदैन। तर यी विदा हटेको जानकारीमा आएको छ।

१) गणतन्त्र दिवस- जेठ १५

२) लोकतन्त्र दिवस – वैशाख ११

३) राष्ट्रिय एकता दिवस- पुस २७

४) शहीद दिवस- माघ १६

५)राष्ट्रिय प्रजातन्त्र दिवस

६) दशैँका तीन दिन

घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमा

७) रामनवमी

८) श्रीकृष्ण जन्माष्टमी

९) जनैपूर्णिमा

१०) ऋषिपञ्चमी


सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिइने विदा:

११) ल्होसार

१२) क्रिसमस

१३) छठ

१४) माघी

वर्षभरीमा जम्मा बिदा ८९ दिन
यसअघि १०४ दिन

सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७

गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १०
यस वर्ष कटौती भएका बिदा १२ दिन

6 thoughts on “कुन कुन विदा हटायो त सरकारले अब?”

  1. Raj says:
    March 30, 2018 at 8:25 am

    Good Step

    Reply
  2. नवल says:
    March 29, 2018 at 8:21 pm

    कैले विदा भन्दा पनि सरकारी अड्डाहरुमा कैले र बर्षमा कति दिन अनिवार्य काम गर्ने त्यसको पो लिस्ट निकाल्नु पर्ने होइन र भन्या?
    अहिलेको जमानामा आफैले कम्पुटर चलाउन पर्ने हो|
    सरकारी कर्मचारी केन्द्रमा ८०% हटाउन पर्छ, संघीयता लागु गर्ने हो भने| त्यो ८०% मध्ये केवल ४०% लाई मात्र प्रदेश मा पठाउन पर्छ योग्य र काम गर्ने, गफ मात्र गर्नेलाई होइन, पार्टिको झण्डा बोक्नेलाई होइन| ४०% लाई छानी छानी घर पठाउन पर्छ| सरकारी जागिर भनसुन, नातावाद र घोकेर पढेर खाने अनि खाईसकेपछि बाउको कम्पनी सरह गर्ने लाई तु हटाईन पर्छ| नत्र त्यस्ताले त्यो कुडों फोहोर र कामचोरी क्यान्सर प्रदेश मा पनि फ़ैलाउछ|

    Reply
  3. sarad says:
    March 29, 2018 at 7:01 pm

    हामी अल्सी नेपाली लाई बिदा कटाएको मा मा एकदमै खुसिछु राम्रो step

    Reply
  4. Sanjay Adhikari says:
    March 29, 2018 at 10:49 am

    कति महान विचार , अब देशमा केहि हुञ्छ .

    Reply
  5. yogi says:
    March 29, 2018 at 5:26 am

    यो सरकारको सबै कुरा चित्त बुझ्दो भएपनि धार्मिक अनि संस्कृतिक बिदा खारेजीको कुरा मा सहमत हुन सकिएन। धार्मिक अनि संस्कृतिक बिदा दिनु भनेको हाम्रो परम्परा अनि संस्कृतिलाइ जिबन्त राख्नु हो। बिदाको कारण ले त्यो दिनहरुमा सबैले चाड पर्ब मान्छन अनि संस्कृति जोगिन्छ। अनि त्येही संस्कृति हेर्न बिदेशी आउछन तेसैले बिदा दिनु भनेको आम्दानीको स्रोत जोगाउनु हो। अमेरिका जस्तो देश मा पनि शनिबार र आइतबार गरि १०४ अनि सार्बजनिक बिदा १३ दिन अनि प्राय २ हप्ताको एउटा शुक्रबार मिलाएर छुट्टीमा बस्ने चलन छ। तेसैले बिदा कटौती भन्दा पनि बिदा नभएको दिनमा कर्मचारीहरुलाई अधिकतम प्रयोग गर्नु जान्नु पर्यो। सरकारी काम कहिले जाला घाम हुनु भएन।

    Reply
  6. Prabal Sharma says:
    March 29, 2018 at 4:38 am

    ल बिदा हटायो सरकारले, आउँ सबै मिली बिरोध गरौं। सबैले अलि धेरै बेर काम गरेको जस्तो गर्नु पर्ने भयो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme