-शोभना घिमिरे-
तीन वर्षपछि नेपाल गएकी थिएँ, भौतिक सुधार त खासै हुन सकेको रहेनछ। तर खोक्रो आधुनिकताले नेपाललाई ढपक्कै छोपेको भेटेँ। गाउँका मानिस धेरै जसो सहरमुखी भएछन्। गाउँका घरबार बेचेर शहर पसी कोठामा बस्ने भएछन्। अलिक समय अघिसम्म मेरो श्रीमान्ंको अम्मल भन्ने केही छैन भन्ने दिदी बहिनीहरू हिजोआज श्रीमान्ंसँगै बसेर बियर पिउने भैसकेछन्। आफ्नी श्रीमतीलाई कहिले धोका दिन्न भन्ने पुरुषहरू रातरात भर फेसबुकमा अरू केटीसँग च्याट गर्ने भैसकेछन्। पहिला पहिला खानापछि घण्टौँसम्म सँगै बसेर गफ गर्ने परिवारका सदस्यहरु हिजोआज साँझ पर्न नपाउँदै मोबाइलमा व्यस्त हुन थालेछन्। तर जति व्यस्त भए पनि उपलब्धिको काम गरे जस्तो चैँ मलाई पटक्कै लागेन।
त्यो दुई महिनाको बसाईमा मैले साह्रै थोरै मानिसमात्र भेटेँ, जसले इन्टरनेटको साँचिकै सदुपयोग गरेको होस्। नत्र त नेपालमा ९०% मान्छेलाई त इन्टरनेट भनेको फेसबुक र युट्युब मात्र हो भन्ने पर्या छ।
भर्खरै देशमा राजनीतिक उथलपुथल आएर हो या किन मैले कुनै पनि स्वतन्त्र मानिस भेट्नै सकिनँ। हरेक व्यक्ति एउटा पार्टी म आवद्ध छ। त्यस्को एउटा मात्र अर्थ, उसको ठाउँबाट जतिसुकै राम्रो मानिस किन नउठोस्, उसले भोट सधैँ आफ्नै पार्टीलाई दिन्छ।
युवा-युवती धेरै विदेशिएका छन्। दुःख गरेर पैसा कमाएर पठाएक छन्। तर त्यो पैसाले विकासका काम केही गरेका छैनन्, अरूलाई स्वरोज्गार बनाएकै छैनन्। अरू थप पैसा कमाउने बाटो गरेकै छैनन्। केवल घर बनाउने, घडेरी किन्ने र खेतीयोग्य जमिनलाई प्लटिङ गरी घडेरी बनाने बाहेक।
यी सबै समस्याहरू भन्दा पनि अझ जटिल समस्या त मैले यसपालि बिहेको समस्या देखेँ। मान्छेहरुले यति ठूलो बिहे गर्न थालेछन् कि मानौँ बिहेको पैसा सबै बैङ्कमा राख्ने हो भने दुलहादुलहीलाई झण्डै विश्व भ्रमण नै गर्न पुग्छ। खानपिनदेखि लिएर लुगाफाटो दान दक्षिणा त यथावत् छँदैछन्, त्यतिमात्र नभएर दुलहापट्टीका प्रत्येक आफन्तलाई सुन गहना दिन पर्ने। नेपालको अहिलेको बिहेको स्थिति हेर्दा त हामी जस्ता मध्यमवर्गीय परिवारका छोरीचेली त जिन्दगीभर बिहे नगरी बसे हुने अवस्था देखियो।
अस्ट्रेलिया अमेरिकाको कार्ड होल्डर भनेपछि +२ गरेका केटालाई पनि मास्टर डिग्री गरेकी छोरी दिने चलन अएछ। धेरै आधुनिक भैसकेछ मेरो देश। बैशख १ गते भन्दा जनवरी १ ठूलो हुन थालेछ। मातातिर्थ औँसी सबैले याद गर्लान् नगर्लान् फेब्रुअरी १४ सबैलाई याद हुन थालेछ। छोराले बुहारी पाएपछि वृद्धाश्रम जाने आमाबुवाको सङ्ख्यामा वृद्धि हुन थालेछ। सासू-ससुरा पनि मेरै बुवाआमा जस्तै हुन् र बुहारी पनि मेरै छोरी जस्तै हो भन्ने सोच नभका धेरै भेटिन थालेछन् हिजोआज। आधुनिकतातिर लम्किरहेको मेरो देश किन किन कुमार्गतिर अघि बढे झैँ लाग्यो मलाई। देश त उही हो तर देशवासीको सोचमा अलिक फरकपन देखेँ मैले यसपालि। भगवानले सबैलाई सद्बुद्धि दिउन्। जय देश। जय देशबासी।
यिनले कुनचांही ठाउंको बर्णन गरिन् खै अथवा गफै हानिन् की भनौं म पनि विदेसमा छु भनेर जानकारी दिन मात्र यति लेखेकी हुन् । यस्ता फन्टुस् कुरा पनि कसले पत्याउने, दिदी बैनीहरु संगै बसेर वियर पिउनु किन नराम्रो ? बरु केटाहरुसंग लठ्ठिदैं वार र डिस्कोहरुमा वसेर पो पिउन भएन । विदेसी भनेसी विवाह गर्न मरिहत्ते गर्ने भन्ने त झन् वाईहात कुरो हो यो, आजकालका केटीहरु आफै भनौ स्वयं सक्षम छन्, अष्ट्रेलिया र अमेरिकामा छिर्नको लागि । शहरकै कुरा गर्छौ भने सवै जना राम्रोसंग पढ्ने भएका छन्, राम्रा राम्रा कलेजहरु खुलेका छन् । गाउंकै कुरो गर्छौ भने पनि साउदी कतार गएका दाई भाईहरुले आफ्ना बैनीहरुलाई राम्रो स्कुल कलेजमा पढाएका देखिन्छन् । बरु यिनले आफुलाई हेर्नु पर्यो, नियान्नु पर्यो, पटक पटक । जति विदेस वसे पनि सोचाई र मगज त त्यही नेपाल छोड्दाको झै पो रहेछ भन्ने कुरोको हेक्का पाउनु पर्यो । बरु स्वयंलाई समय सापक्ष पो बनाउन सकिएन की,,,ही,,,
Hait mota 12 barsha vo nepal na gaako! Ke ke dekhnu parni ho !!!
डाईलग त खुब दिनु भयाे लेखिका ज्यू तर तपाईकाे बिदेशमा चाहिँ ईन्टरनेटबाट के के उपयाेग गर्नु हुदाे रैछ बताईदिनु पर्याे । अनि बिदेशका जाेईपाेई चाहिँ कसरी रमाईलाे गर्दा रैछन । कि नेपालका महिलाहरुले मात्र रक्सी पिउने अनि नेपालका केटाहरु मात्र फेसबुकमा केटी संग गफ छाटदै बस्ने हुन ।
अमेरिकामा त बुढा बुढी संगै बसेर बियर पिउदैनन . फेसबुक र युट्युब चलाउदैनन . बुहारी ले सासु ससुराको सारै ख्याल गर्छन .
लेखकको चिन्तन बाट चाहि सहि होला, अपवादहरू समेटिएनन् ।
कुरा सहि लाग्यो तर अझ तेइ फेसबुके लाभ मा परेर घरबार सखाप भाको कुरा चै छुटे जस्तो लग्यो ! चिन्दै नचिनेको देख्दै नदेखेको मान्छेको प्रेम मा फसेर जिन्दगि बर्बाद पार्ने पनि छन् यहाँ.
गफदिनी पनि लिमिट हुन्छ नि ! +२ गरेका केटालाई पनि मास्टर डिग्री गरेकी छोरी दिने चलन रे? मास्टर गरेको केटि छ भने हामीलाइ सम्पर्क गर्नु होला. USA मा मास्टर्स गरेको केटालाइ सुशील केटि को खोजि 🙂 🙂
कुरो सहि हो, मेरा पनि येस्तै अनुभव छन् ! वर्ष मा एकपटक नेपाल पुगेकै हुन्छु , कुनै वर्ष दुइपटक पनि ! साथी भाई यति ब्यस्त छन् कि भेटघाट को त कुरै छाडौ फोनमा कुरा गर्न समेत तयार हुदैनन् , अब के मा ब्यस्त हो उक्त कुरा माथिको लेखमा स्पष्ट छ !
यसैलाई बिकाश ठान्ने हो भने नेपाल पनि विकसित राष्ट्र मै पर्छ !
सारै राम्रो लेख र १००% आइले को नेपाल को अवस्था
Yeslai bhancha afulea garna napayepachi ko arish.
Ramitea bhayera herna ra bhanna sajilo nai huncha.
यथार्थ अभिब्यक्ती !! अहिले को हाम्रो बास्तबिकता अनि स्वदेश तथा बिदेश मा बस्ने सबैको लागी उपयुक्त लेख !!!
अझै छोरा बुहारीहरू ८ बजे पछि मात्रै उठ्छन भन्ने कुरा त लेख्न छुटे जस्तो लग्यो नि .
सही कुरा उल्लेख गर्नु भएको मा धन्यबाध लेखिका लाई, अहिले येस्तै कुरा को विकास अलि धेरै नै देखिञ्छ जस्तो लग्छ मलाई पनि नेपाल मा
मेरो सन्सार को सबै लेख रचना राम्रा र ज्ञान् बर्धक छन् ! तर internet मा पढदा
अक्षर असाध्य सानोभएर जान्छ र जुम गर्दा स्पेस ब्याक गरि रहनुपर्छ ?!
अमेरिकामा गएका नेपालीहरुले त के के नै नेपाली सभ्यता जोगाये जस्तो। त्यहा गएकाले बियर पिउदैनन,रातभरी फेसबुकमा च्याट गर्दैनन र? दुई चार जना त्यस्ता ब्यक्तिको संगत गरे भन्दैमा सबै नेपालीहरुको सभ्यतामाथी प्रश्न तेर्श्याउने खालको यो लेख खासै उचित लागेन। आफु अमेरिका भासिने अनी नेपाल जहिलेनी जहाको त्यही रहिरहोस् भन्ने सोच हटाये हुन्छ। समय सँगै सबै कुरा बिस्तारै बद्लिन्छ। अमेरिका भासिएका नेपालीहरुले त्यहिको भौतिक सुखमा रमाउने, आफ्नो कला सास्क्रिती बिर्सने अनी नेपाल आएको बेला दश थरी प्रश्न तेर्स्यएर नेपाल एस्तो र त्यस्तो भनेर आलोचना गर्नु कत्तिको जाहेज होला कुन्नी?
साह्रै मन छुने लेख रहेछ पढ्दा पढ्दा मन नै कस्तो भयो.
दुलाहाको आफन्त लाई जाबो १५,२० तोला सुन कुनठुलो कुरो भोर ?? भोलि एक करोड पच्चीस लाख छेर्ने सुड्डोलेनै हो’क्यार ????