राष्ट्रपति विद्या भण्डारी बिहीबार कार चढेर संसद गएकी थिइन्। तर सबका सब मिडिया अनि सोसल मिडियामा समेत बग्गी चढेर गएको समाचार आयो। पढ्नुस् यसबारे ब्लग- कारमा सवार राष्ट्रपतिलाई मिडियाले चढाइदिएको बग्गी। राष्ट्रपतिले चढ्दै नचढेको बग्गी मिडियाले चढाइदियो। यस्तो लाग्यो, मिडियालाई बग्गी भनेको के नै थाहा छैन। क्याभलरीका सैनिकहरु घोडा चढेर अगाडि पछाडि हुनुलाई नै बग्गी ठानेका हुन् कि जस्तो पो देखियो। त्यस्तो हैन है। नेपाली सेनाको क्याभलरी गणसित १९ वटा बग्गी छन्। ती बग्गीहरुको नाम पनि गजब गजबका छन्। नाम र फोटो हेर्नलाई भित्र क्लिक गर्नुस्।

रातो सालेबाम
तत्कालीन श्री ३ भिम शमशेरको पालामा आएको भन्ने भनाई रहेको छ। हाल दैनिक परेडमा प्रयोग गर्दै आएको छ। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA

दिल्ली झप्पावाल
तत्कालीन श्री ३ चन्द्र शमशेरको पालामा वि.सं. १९८० सालमा ल्याएको भन्ने भनाई छ। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA

ल्याण्डु
यो बग्गी कस्को पालमा ल्याएको हो, कुनै अभिलेख नभएको। हाल ८०/९० वर्ष पुरानो मानिएको छ। हाल नेपाली सेनाका अधिकृतहरुको विवाह, ब्रतबन्ध लगायतका शुभकार्यहरुमा प्रयोग गर्ने गरेको। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA

घण्टीवाल ल्याण्डु
यो बग्गी पनि कस्को पालामा ल्याएको हो, कुनै अभिलेख नभएको। यो ११०/२० वर्ष पुरानो मानिएको छ। हाल नेपाली सेनाका अधिकृतहरुको विवाह, ब्रतबन्ध लगायतका शुभ कार्यहरुमा प्रयोग गर्ने गरेको। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA

मोटर कोच
तत्कालीन श्री ३ जंगबहादुरको पालामा वि.सं. १९०५ सालमा कलकत्ताबाट ल्याएको भन्ने भनाइ छ। राणाहरुको मनोरञ्जनको लागि प्रयोग गरेको। धेरै पुरानो अवस्थामा पुगेको हुँदा हाल क्याभलरीले कहिले काही मात्र प्रयोगमा ल्याइएको। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA

ब्रेक फेरुवा
तत्कालीन श्री ३ पदम शमशेरको पालामा कलकत्ताबाट ल्याएको भन्ने बुझिएको। नयाँ घोडाहरुलाई दिने र अन्य कार्यहरुका प्रयोग गर्ने गरेको। दैनिक परेडमा लिने गरेको।

नं. १ स्टेट कोच
तत्कालीन श्री ३ चन्द्र शमशेरको पालामा वि.सं.१९८० सालमा कलकत्ताबाट ल्याएको भन्ने भनाई छ। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA

नं. २ स्टेट कोच
तत्कालीन श्री ३ चन्द्र शमशेरको पालामा वि.सं. १९८० सालमा कलकत्ता बाट ल्याएको भनाई छ। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA

मासरङ्
तत्कालीन श्री ३ जुद्ध शमशेरको पालामा कलकत्ताबाट ल्याएको भन्ने भनाइ छ। हाल क्याभलरीको दैनिक परेडमा प्रयोग गर्ने गरेको। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA

बच्चू सालेबम
तत्कालीन श्री ३ जुद्ध शमशेरको पालामा वि.सं. १९९० सालमा कलकत्ताबाट ल्याएको भन्ने भनाई छ। यो बग्गी राणा कालमा कतै जानूपर्दा प्रयोग गर्ने गरेको। दैनिक परेडमा प्रयोग गर्ने गरेको।

झण्डावाल
तत्कालीन श्री ३ जंग बहादूरको पालामा बि.सं. १९०५ सालमा कलकत्ताबाट ल्याएको भन्ने भनाई छ। राणाकालमा मूख्य जर्नेलले चढ्ने गरेको। यो बग्गी ज्यादै भारी भएकोले तान्न सक्ने घोडाको कमीले गर्दा कहिले काही मात्र छोटो दूरीमा प्रयोग गर्ने गरेको। निर्माण गर्ने कम्पनी DKES AND CO CALCUTTA

ईन्द्रसभा
तत्कालीन श्री ३ चन्द्र शमशेरको पालामा वि.सं. १९८० सालमा कलकत्ताबाट ल्याएको भन्ने भनाइ छ। त्यस बेला दरबारियाहरुलाई टपमा राखेर घुमाउने कार्यमा प्रयोग गर्ने गरेको। हाल दैनिक परेडमा प्रयोग गर्ने गरेको। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA

दुई लाल्टीन ल्याण्डू
यो बग्गी कस्को पालामा ल्याएको हो कुनै अभिलेख नभएको। नेपाली सेनाको अधिकृतहरुको विवाह र ब्रतबन्धमा प्रयोग गर्ने गरेको। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA

गोल झप्पावाल
तत्कालीन श्री ३ चन्द्र शमशेरको पालमा वि.सं. १९८० सालमा कलकत्ताबाट ल्याएको भन्ने भनाई छ। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA

कालो सालेवम
तत्कालीन श्री ३ भिम शमशेरको पालामा वि.सं. १९५० सालमा कलकत्ताबाट ल्याएको भन्ने भनाइ छ। त्यसबेला केटाकेटीहरुलाई घुमाउने कार्यमा प्रयोग गर्ने गरेको। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA

एक्का
यो कस्को पालामा ल्याएको हो कुनै अभिलेख नभएको। त्यस बेला राणाहरुले मनोरञ्जनको लागि प्रयोगमा ल्याएको भन्ने भनाई छ। हाल क्याभलरीले एक्का बग्गीको रुपमा प्रयोगमा ल्याएको।

चार लाल्टीन ल्याण्डू
यो बग्गी कस्को पालमा आएको हो कुनै अभिलेख नभएको। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA

दुई तप्पे वाकलेट
यो बग्गी कस्को पालामा आएको हो कुनै अभिलेख नभएको। विवाह ब्रतबन्ध र दैनिक परेडमा प्रयोग गर्ने गरेको। निर्माण गर्ने कम्पनी थाहा नभएको।

नं. ३ ल्याण्डू
यो बग्गी कस्को पालामा आएको हो कुनै अभिलेख नभएको। विशिष्ट व्यक्तिहरुको विवाह ब्रतबन्धमा प्रयोग गर्ने गरेको। निर्माण गर्ने कम्पनी STEAURT AND CO CALCUTTA
(स्रोत : नेपाल आर्मी क्याभलरी)
धिकार छ मेरो देशका ठुला भनौदाहरु!!! हिजो जनताले जितेर पठाए,आज तेही जनता बिरामी हुदा एम्बुलेन्सलाइ रोकाइ राख्दाको पिडा कसले बुज्ने ??? जुन जोगी आएनी कान नै चिर्ने …सम्ब्रित्त र बिकशित देशका राष्टपत्ती हेरम कत्ति धेरै सिम्पल र क्रेअटिव हुन्छन तर हाम्रो गरिब देशको राष्टपत्ती हेर्नुस, जन्ताको मूल्य मान्नेताको कुरा नै छोडौ, यो जात, त्यो जात, यो धर्म , त्यो धर्म ,यो गरिब त्यो धनि अनेकौ बाहनले जनतालाई दुख दिनु र आफु चाही आइस मजा लिनु बाहेक अरु के गरेका छन् ” धिकार छ “…..श्री ५ को सरकार बाट श्री ७ को सरकार मेरो देशको गणतन्त्र @