Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुकमा BFF आतंक : के हो यो हल्लाको सत्य?

Posted on March 22, 2018March 22, 2018 by Salokya


अहिले फेसबुकमा BFF आतंक छाएको छ। भएभरकाले स्टायटस लेख्दै कमेन्टमा BFF लेख्न भनिरहेका छन्। यो फेसबुकका सिइओ मार्क जुकरवर्गको आविस्कार रे। BFF टाइप गर्दा हरियो भयो भने फेसबुक अकाउन्ट सुरक्षित छ रे अनि भएन भने चाहिँ तुरुन्त पासवर्ड चेन्ज गर्नुपर्ने रे। नत्र ह्याक हुन्छ रे। बुझ्नु न सुझ्नु, सब यही लेखिरहेका छन्। आखिर कुरा के हो त?

मार्क जुकरवर्गले आफ्ना सबै घोषणा आफ्नो फेसबुकमार्फत् गर्ने गर्छन्। यति ठूलो आविस्कार (यी हल्लाखोरहरुको भाषामा) गरेको भए उनले पक्कै पनि आफ्नो फेसबुकमा यसबारे बताउने नै थिए होलान्। यहाँ क्लिक गरी हेर्नुस् उनको फेसबुक। २ मार्चपछि उनका कुनै पोस्ट छैनन्। पुराना पोस्टमा पनि यसबारे केही लेखिएको छैन।

अनि अर्को बुझ्नुपर्ने कुरा, मार्क जुकरवर्गले आफ्नो उत्पादन असुरक्षित छ भनी देखाउन रहर लागेको छ र, यस्तो सस्तो उपाय बनाएर प्रचार गर्न !

खासमा यो अङ्ग्रेजीमा चलेको हल्ला हो। कुन जाँगरिला नेपालीले नेपाली भाषामा अनुवाद गरिदिएछन्। अनि त्यही कपिपेस्ट गर्दै यो हल्ला फैलिएको हो।

तपाईँहरुले याद गर्नुभएको छ कि छैन, कमेन्टमा Congrats वा Congratulation टाइप गर्दा पनि कमेन्टको कलर चेन्ज हुन्छ र एनिमेसन पनि देखिन्छ। ठीक त्यसै गरी BFF टाइप गर्दा पनि चेन्ज हुने बनाइएको छ केही देशमा। BFF को अर्थ बेस्ट फ्रेन्ड फरेभर हो। एनिमेसनमा दुई हातले हाइ फाइभ गरेको देखिन्छ। तर यो सबै ठाउँमा भने देखिने भइसकेको छैन। यदि तपाईँले फेसबुक एपबाट BFF टाइप गर्नुभयो भने कलर चेन्ज र एनिमेसन देख्न सक्नुहुन्छ। डेस्कटपबाट भने नदेखिन सक्छ।

त्यसको अर्थ तपाईँको फेसबुकको पासवर्ड सुरक्षित नभएको भन्ने हैन। फेसबुकको सुरक्षासित यसको गोरु बेचेको साइनो पनि छैन। यस्तो हावा स्टायटस कपिपेस्ट गरी अरुलाई मुर्गा बनाउने काम नगर्दा नै राम्रो होला। यस्तो स्टायटस सेयर नगर्नु राम्रो।

8 thoughts on “फेसबुकमा BFF आतंक : के हो यो हल्लाको सत्य?”

  1. Chitra says:
    March 25, 2018 at 2:28 pm

    कसैलाई विश्वास गर्नु राम्रो हो तर तेस्को चाकरी भाषा मा भगवान बनाउने कम चै महामुर्ख ले मात्रै गर्छ त्यो प्रमाणित गर्नु पर्ने अब रहेन ओक मेन ?

    Reply
  2. Chitra says:
    March 25, 2018 at 2:19 pm

    नेपाली को बानी हो मैले कुरा लेखेको कसैले सिकाउनु पर्दैन र मा कसैको अन्ध भक्ति पनि गर्दिन कहिलै पनि र राम राम भन्ने मित्र लाई नेपाली हरु को मनास्किता को बारेमा थोरै भए पनि अध्यन गर्न मात्र अनुरोध गर्न चाहन्छु

    Reply
  3. ramesh lama says:
    March 24, 2018 at 9:45 pm

    पढ्न नआउने मुर्ख हरु …रबि लम्चिचाने फ्यान भनेर लेखेको ठाउँ बाट आएको भए पछि त्यो रबि लामिचान्ने ले लेखेको हैन भनेर बुज्न नसक्ने ….अनि फेरी यो लेख्ने मान्छे ले पनि त्यो चै हटाउनु पर्दैन…सबै उस्तै मुर्ख हरु मात्र छन् ..काग ले कान लग्यो भनेर कान नै नसमाती पछि दौडिने मुर्ख हरु लाई भिर बाट खस्न आत्दा राम राम भन्न सकिन्छ काद मा हाल्न सकिन्न भनेको येही हो.

    Reply
  4. Chitra says:
    March 24, 2018 at 4:03 pm

    काग ले कान लग्यो भनेर कागको पछि भाग्ने भनेको यहि हो I

    Reply
  5. ma nepali says:
    March 23, 2018 at 4:34 pm

    Whether this BFF things is real or not is not relevant in the larger Facebook context. Is Facebook even real? Could they be a Russian propaganda tool?

    Type BFF if you like my comment.

    Reply
  6. Tong Baa says:
    March 23, 2018 at 10:26 am

    जनता संग सिधा कुरो गर्ने बोकु रविनेको आफ्नो भनाइ वा खण्डन अव यो बुढो कानले सुन्नपाए धन्य हुनेथिए ????

    Reply
  7. Resham B Chhantyal says:
    March 22, 2018 at 1:08 pm

    मलाई बोरिङ्ग भैरहेकोछ र mood refresh गर्नुछ या भित्र भित्रै मुस्कुराउनु छ भने हत्त न पत्त my sansar खोलेर पढ्ने गर्छु साथै सालोक्यजी ले येतिका धेरै खोजि का बिषय कहाँ बाट जुटाउनु हुन्छ छक्क पनि पर्छु . राम्रो पत्रकारिता छ र यो जारी रहोस सामान्य व्यक्तिहरुको भलाइको लागि . शुभ कामना .

    Reply
  8. Sidha wala says:
    March 22, 2018 at 6:43 am

    यो कम मा रबि लामिछाने को हात पनि देखियो बकबास कुरा शेअर गरेर आतंक फैलौनी मा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme