Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा चार पटक, बेलायतमा एक पटक दुर्घटनाबाट जोगिएको यति एयरको एउटा २२ वर्ष पुरानो विमान

Posted on March 19, 2018 by Salokya


२६ जना यात्रु र चालक दलका सदस्य चढेको यति एयरको जेटस्ट्रिम ४१ विमान भैरहवाको गौतम बुद्ध विमानस्थलमा आइतबार साँझ अवतरणको क्रममा ‘नोज ह्विल लक’ हुन पुग्यो। घटनामा कसैलाई चोट नलागे पनि विमान रनवे मै अड्किएका कारण विमानस्थल बन्द हुनपुग्यो। सोमबार प्राविधिकहरुले लक भएको चक्का खुलाएर विमानलाई छेउ लगाएपछि मात्र विमानस्थल खुल्छ।

गाडीको नम्बर प्लेटले गाडी चिनाए जस्तो विमानको पनि पुच्छरमा एउटा नम्बर हुन्छ, जसले विमानलाई चिनाउँछ। यसलाई कलसाइन भनिन्छ। भैरहवामा दुर्घटनाबाट जोगिएको यो विमानको कलसाइन 9N-AJC हो। खोजिहेर्दा यो विमान चार पटक दुर्घटनाबाट जोगिसकेको रहेछ।

आठ महिनाअघि पोखरामा यस्तै

भैरहवामा भएको जस्तै घटना पोखरामा ८ महिना अघि (६ जुलाई २०१७) पनि भएको थियो। काठमाडौँबाट यात्रु लिएर आएको यही विमान अवतरणको क्रममा धावन मार्गमै ‘नोज ह्विल’ लक भएको थियो। धावनमार्गमै विमान अडकिएपछि करिब एक घण्टा पोखरा विमानस्थलमा जहाज उडान र अवतरण बन्द गरिएको थियो। केही समयपछि प्राविधिकहरुले लक खुलाए र विमानस्थल सञ्चालनमा आयो।

यो सम्बन्धी समाचारहरु
Close shave for Yeti Airlines plane at Pokhara Airport
पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो

भैरहवामा चराबाट जोगाउँदा झण्डै दुर्घटना

दुई वर्षअघि (२०७२ भदौ ३ गते) २८ जना यात्रु लिएर भैरहवा एयरपोर्टबाट काठमाडौका लागि उड्न धावनमार्गमा गुड्दै थियो यही विमान। विमान स्पिडमा गुड्दै गर्दा अकस्मात् अगाडि चराको हुल देखियो। चरासँग ठोक्किएको भए दुर्घटना हुनसक्थ्यो। तर क्याप्टेन मनीष शाह र विमला गुरुङले विमानलाई टेकअफ गरेनन्। रनवे ठूलो नभएकोले विमान स्पिड कम हुँदासम्म घाँसे मैदानतर्फ जोतिन पुगेको थियो। घटनामा कोही पनि घाइते भएनन्।

यो सम्बन्धी समाचारहरु
कल साइन खुलेको विवरण
Yeti Airlines’ aircraft averts accident at Bhairahawa Airport
Pictured: Shocked passengers leave plane that aborted take-off at the last minute and crashed through fence into long grass to ‘avoid flock of birds’

चरासँग ठोक्किए पनि सुरक्षित अवतरण

भैरहवामा चरासँग ठोक्किन लागेको थियो। तर पोखरामा भने ठोक्कियो नै। ५ वर्षअघि (असोज १५, २०६९ मा) २९ जना बोकेर पोखराबाट काठमाडौँका लागि उडेको थियो यो विमान। उडेको केही समयमा नै चरा ठोक्कियो। त्यसपछि चालकले विमानलाई पुनः पोखरा विमानस्थल फर्काएर सुरक्षित अवतरण गराएको थियो। घटनामा कसैलाई चोटपटक लागेन। चरा बायाँ प्रोपेलरमा ठोक्किए पनि केही क्षति भएको थिएन। विमान पाँच माइल उडिसकेको थियो।

यो सम्बन्धि समाचारहरु
Bird-hit craft lands safely
Yeti Airlines BAe Jetstream 41 Faces Bird Strike
यति एयरको विमानमा चरा ठाक्किएपछि पोखरामा आकस्मिक अवतरण
पोखरामा पनि जहाजमा चरा ठोक्कियो

पोखरामा टायर पड्कियो
नोभेम्बर ५, २०१० मा पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा यही विमानको टायर पडकिएको थियो। घटनामा कसैलाई चोट भने लागेन। यो बारे नेपाली टाइम्समा समाचार

२२ वर्ष पुरानो विमान

नेपालमा २० वर्ष पुरानो सार्वजनिक सवारी साधन चलाउन प्रतिबन्ध लगाइएको छ। तर विमानमा यस्तो छैन। प्लेन लगरका अनुसार यो विमानले पहिलो उडान २२ वर्षअघि सन् १९९६ को जनवरी १० मा गरेको थियो।

बेलायतमा बनेको यो विमान सन् १९९६ को अक्टोबर ३० बाट यो विमान ब्रिटिस रिजनल एयरलाइन्सले चलाउन थाल्यो। त्यसको पाँच वर्षपछि मार्च ३१ देखि यसलाई ब्रिटिस एयरवेजले उडाउन थाल्यो। सन् २००३ देखि यो विमान बेलायतकै इस्टर्न एयरवेजले पहिला लिजमा पछि किनेेर नै चलाउन थाल्यो। तीन वटै एयरलाइन्सले चलाउँदा यो विमानको कल साइन G-MAJM थियो।

इस्टर्न एयरवेजले चलाएको बेलामा पनि बेलायतमा एक पटक (सन् २००५ मा) यो विमान प्राविधिक समस्यामा परेको थियो। यसबारे बेलायतको
Air Accidents Investigation Branch को रिपोर्ट नै बेलायत सरकारको वेबसाइटमा पढ्न पाइन्छ।

यति एयरलाइन्सले यो विमान पहिलो उडान गरेको १२ वर्षपछि अर्थात् सन् २००९ को मार्च ११ देखि ९एन-एजेसी कल साइनमा उडाउन थालेको हो।


बेलायतको इस्टर्न एयरवेजले चलाउँदा यो विमान यस्तो थियो।


नोभेम्बर २००६ मा इस्टर्न एयरवेजले नै चलाइरहँदा यो विमानमा नर्थ इस्ट इङल्यान्ड लिभरी पेन्ट गरिएको थियो।


यति एयरलाइन्सले किनेर सुरुमा चलाउन थाल्दा यस्तो थियो यसको लिभरी।

2 thoughts on “नेपालमा चार पटक, बेलायतमा एक पटक दुर्घटनाबाट जोगिएको यति एयरको एउटा २२ वर्ष पुरानो विमान”

  1. Gautam says:
    March 19, 2018 at 11:08 pm

    जस-जसलाई नियामकले नियमन गर्ने हो, उनीहरु नै नियामकको संचालक समितिमा साँढे भएर रहेका छन् । यस्तो हास्यास्पद र पंगु निकायले के काम गर्न सक्छ ? नयाँ मन्त्रीको ध्यान यतातिर जाला कि ?

    Reply
  2. सिर्जने says:
    March 19, 2018 at 10:02 pm

    Looks to me like Yeti is dragging their feet to replace the nose wheel. Not a good practice. Maintenance must be excellent.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected]mysansar.com मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme