Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जिउँदो मान्छेलाई मरेको भन्दै संसदमा शोक प्रस्ताव, विमान दुर्घटना अर्को २ को कन्फ्युजन

Posted on March 17, 2018 by Salokya

युएस बांग्ला एयरको फागुन २८ गते भएको दुर्घटनामा पाइलट र टावरबीचको संवादमा कन्फ्युजन भएको प्रष्ट भइसक्यो। उनीहरु रनवे ०२ र २० मा अलमलिएका थिए। दुई अङ्कको पिरोलाइ यतिमा सीमित छैन, शुक्रबार फेरि दुई अङ्कको मार पर्‍यो। प्रधानमन्त्री र सभामुखले मृत्यु हुनेको संख्याभन्दा दुई मिनेटको अन्तरालमा दुई जना थपघट भयो।

कुरा के भने नि, शुक्रबारको संसद बैठक सुरु हुने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीले विमान दुर्घटनाबारे जानकारी दिए। यस क्रममा उनले दुर्घटनामा २२ नेपाली, २६ बंगलादेशी र एक चिनियाँ नागरिकको निधन भएको जानकारी दिए।

त्यसलगत्तै सभामुख कृष्णबहादुर महराले विशेष (शोक) प्रस्ताव वाचन गरे। त्यसमा भने २२ नेपाली र २८ बंगलादेशी अनि एक चिनियाँ नागरिकको मृत्यु भएको उल्लेख छ।

हेर्नुस् भिडियो

यो हिसाबले दुई जना बंगलादेशी उपचार गराइरहेका भए पनि उनीहरुको मृत्यु भन्दै शोक प्रस्ताव पारित भयो।

यो अलमलमा प्रधानमन्त्री र सभामुखमात्र परेका हैनन्, गृह मन्त्रालयसमेत त्यो दिन कन्फ्युज भएको थियो। सुरुमा त गृहले विज्ञप्ति निकालिहाल्यो- ५१ जनाको निधन भएको भन्दै।

केही समयपछि गृह मन्त्रालयले फेरि अर्को विज्ञप्ति निकाल्दै अघिको विज्ञप्ति गलत भएको भन्यो।

हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति

हेर्नुस् भूल सुधार गरिएको विज्ञप्ति

1 thought on “जिउँदो मान्छेलाई मरेको भन्दै संसदमा शोक प्रस्ताव, विमान दुर्घटना अर्को २ को कन्फ्युजन”

  1. Sisir says:
    March 17, 2018 at 10:22 pm

    यहाँ जे गरे नि हुन्छ , तलब तेसै पाक्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme