Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मन्त्रालय : जोड्यो, एक महिना नपुग्दै फोर्‍यो र मन्त्री बनायो, आजको मन्त्रिपरिषद्‍का रोचक तथ्य

Posted on March 16, 2018March 17, 2018 by Salokya


वाम गठबन्धनले प्रचण्ड बहुमत पाए पनि प्रधानमन्त्री केपी ओली केमा अलमलिए, अलमलिए। एक महिना पुगेपछि बल्ल उनले शुक्रबार ११ मन्त्री र चार राज्यमन्त्री थपेर २२ सदस्यीय मन्त्रिपरिषद् बनाए। संविधानको सीमा अनुसार अझै तीन जना मन्त्री थप्न मिल्छ। फागुन ११ गते राजपत्रमा नेपाल सरकार कार्यविभाजन नियमावली प्रकाशित गरी मन्त्रालयहरुको संख्या १८ बनाइएको थियो। आज भने त्यसलाई परिवर्तन गरी फेरि मन्त्रालयको संख्या १९ पुर्‍याइएको छ। आजको मन्त्रिपरिषद्का केही रोचक तथ्य यस्ता छन्।

  • संविधानमा मन्त्री र राज्यमन्त्री गरी बढीमा २५ जना मन्त्री हुनसक्ने उल्लेख छ। त्योभन्दा बढी मन्त्री बनाउनु परे संविधान संशोधन बाहेक अरु उपाय छैन।
  • एक महिना नपुग्दै जोडिएका मन्त्रालय फेरि टुक्राइएका छन्। ओलीले आफू शपथ लिने बेला मन्त्री बनाएका लालबाबु पण्डितले जनसंख्या तथा वातावरण मन्त्रालय पाएका थिए। अहिले उनको मन्त्रालय टुक्रिएर दुई ठाउँमा पुगेको छ- जनसंख्या मन्त्रालय स्वास्थ्यमा जोडिएको छ भने वातावरण चाहिँ वन मन्त्रालयमा गएर मिसिएको छ। लालबाबुले भने फेरि सामान्य प्रशासन मन्त्रालय सम्हाल्दैछन्। यसअघि यही मन्त्रालयमा हुँदा उनले डिभी, पीआर लिने सरकारी कर्मचारीलाई कारबाही गरी थरथर काँप्ने बनाइदिएका थिए।
  • एमालेका युवा नेता रवीन्द्र अधिकारी पहिलो पटक मन्त्री बनेका छन्। उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाएका छन्। ठूलो आश रहे पनि अर्का युवा नेता योगेश भट्टराई भने यस पटक पनि मन्त्री बन्न सकेनन्। एक चोटी पनि मन्त्री खान नपाएका स्थायी कमिटी सदस्य उनीमात्रै हुन्।
  • प्रधानमन्त्री केपी ओलीसित अझै दुई मन्त्रालय सहरी विकास र स्वास्थ्य तथा जनसंख्या बाँकी छ।
  • मन्त्रालय विभाजन रोचक बनेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक एउटा मन्त्रालयमा पर्छ भने युवा चाहिँ अर्कै मन्त्रालयमा। पानीसम्बन्धी ऊर्जा, जलस्रोत तथा सिँचाई एउटा मन्त्रालयमा पर्छ भने खानेपानी अलग्गै मन्त्रालय छ। गुड्ने गाडीको यातायात मन्त्रालय छ भने उड्ने चीलगाडीका लागि नागरिक उड्डयन अर्कै मन्त्रालय छ।
  • भूकम्प मापन केन्द्र अझै पनि उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागमा पर्छ।
  • अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले पाँच जनालाई उपप्रधानमन्त्री बनाएका थिए। यस पटकको क्याबिनेटमा भने एक जना पनि उपप्रम छैनन्। मन्त्रीहरुमध्ये सबैभन्दा सिनियरमा ईश्वर पोखरेललाई राखिएको छ भने जुनियरमा रहेकी छिन् वीना मगर। चार जना राज्यमन्त्री छन्।
  • अरु बेला भए मन्त्रीलाई राष्ट्रपतिले शपथ दिलाउँथे भने राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सिंहदरबारमा शपथ लिन लाउँथे। यस पटक भने राष्ट्रपति कार्यालयले निकालेको वक्तव्य अनुसार शितल निवासमै राज्यमन्त्रीको पनि शपथ भयो

1 thought on “मन्त्रालय : जोड्यो, एक महिना नपुग्दै फोर्‍यो र मन्त्री बनायो, आजको मन्त्रिपरिषद्‍का रोचक तथ्य”

  1. prithvi says:
    March 17, 2018 at 5:51 am

    नेपालि हरु को भगवान प्रचण्ड को बुहारी “बिना मगर” खानेपानी मन्त्रि (Full) यहि हो प्रचण्डपथ भनेको !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme