Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सर्वोच्चमा दुई प्रधानन्यायाधीश, अदालतकै वेबसाइटमा यो दुर्लभ दृश्य हेर्ने सुनौलो अवसर नछुटाउनुस्

Posted on March 15, 2018March 15, 2018 by Salokya

पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री बन्दा हामीले देशमा दुई जना प्रधानसेनापति देखेका थियौँ। कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई पदमुक्त गरेर दोस्रो वरियताका कुलबहादुर खड्कालाई प्रधानसेनापति नियुक्त गरेको थियो।

कटवालले आफै प्रधानसेनापति हुँ भनेका थिए भने खड्काले सरकारको पत्र पाएपछि आफू प्रधानसेनापति हुनुपर्ने भनेका थिए।

केपी ओली प्रधानमन्त्री हुँदा भने दुई जना प्रधानन्यायाधीश हेर्न पाइयो। एउटा प्रधानन्यायाधीशलाई बर्खास्त गर्ने काम भने अरुले हैन, प्रधानन्यायाधीश नै अध्यक्ष रहेको न्याय परिषद्का सचिवले गरिदिए।

सचिव नृपध्वज निरौलाले साउन २१ गते नै ६५ वर्षको उमेर पुगिसकेकोले पदमा नरहनुभएको जानकारीसहितको पत्र लेखे। यो नै उनको बर्खास्तगी पत्र हुनपुग्यो। पराजुलीले कहिले सोचेका पनि थिएनन् होला आफूले कर्नरमा पार्दै आएका निरौलाले यसरी आफ्नै बर्खास्तगीको सूचना दिन्छन् होला भनेर। निरौला र पराजुलीको के थियो इबी- यहाँ क्लिक गरी पढ्नुस्।

बुधबार राति बीबीसीसित कुरा गर्दै पराजुलीले सचिवलाई यस्तो अधिकार नभएको दावी गरे। उनले आफैले पेशी तोक्ने पनि बताए।

आज बिहानसम्म पनि ऋषि धमलासितको कुराकानीमा उनले त्यस्तै भने। अर्थात् गोपाल पराजुलीले आफू प्रधानन्यायाधीश नै रहिरहेको दावी गरे।

उता प्रधानन्यायाधीश खाली हुँदा कार्यवाहक प्रधानन्यायाधीशको रुपमा वरिष्ठतम न्यायाधीशले कार्यभार सम्हाल्ने गर्छ। यो लाइनमा अहिले दीपकराज जोशी छन्। उनले आफैले पेशी तोक्ने कुरा मिडियामा बताए।

यो हिसाबले देशमा दुई जना प्रधानन्यायाधीश देखिए।

आज बिहानसम्म पनि अन्यौलै थियो– प्रधानन्यायाधीशका हैसियतले पेशी कसले तोक्छन्? पराजुलीले कि जोशीले?

अन्ततः बिहान साढे नौ बज्नुअघि पेशीको सूची सर्वोच्चको वेबसाइटमा प्रकाशित भयो, जुन जोशीले तोकेका थिए। यो सँगै सर्वोच्च अदालतको वेबसाइटको होमपेजमा पनि कार्यवाहक प्रधानन्यायाधीशको रुपमा दीपकराज जोशीको नाम राखियो।

तर सर्वोच्चकै वेबसाइटको न्यायाधीशहरुको पेजमा भने प्रधान न्यायाधीशका रुपमा गोपाल पराजुलीकै नाम थियो।

सर्वोच्चकै वेबसाइटमा दुई जना प्रधानन्यायाधीश हेर्न पाइएको यो दुर्लभ दृश्य हेर्ने सुनौलो अवसर हामीले पायौँ। हामीभन्दा भाग्यमानी को हुनसक्छ, हैन त?

यो दुर्लभ अवसरलाई आर्काइभ गरेर राखियो-
दीपकराज जोशी कावा प्रधानन्यायाधीश भएको
गोपाल पराजुली प्रधानन्यायाधीश भएको

अनि यो पढ्न छुटाउनु भएको त छैन नि-
प्रधानन्यायाधीशको लफडा : के हो चुरो कुरो भेउ पाउन गाह्रो भो? सजिलोसित बुझ्‍न यो पढ्नुस्

1 thought on “सर्वोच्चमा दुई प्रधानन्यायाधीश, अदालतकै वेबसाइटमा यो दुर्लभ दृश्य हेर्ने सुनौलो अवसर नछुटाउनुस्”

  1. madan bajracharya says:
    March 15, 2018 at 11:50 pm

    आफ्नो कार्यकाल लम्ब्याउन गलत डकुमेन्ट प्रस्तुत गर्नेले ठुलो ठुलो रकम राज्यले उठाउने बा नउठाउने भन्ने कुराहरुमा ठिक गरे बा बेठिक के गरे भन्ने कुरामा सबै सम्बन्धित निकायले पुनरावलोकन गरिनु पर्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme