२६ वर्षअघि पाकिस्तानी एयरलाइन्सको विमान दुर्घटना भए यता नेपालमा कुनै अन्तर्राष्ट्रिय उडान दुर्घटना भएको थिएन। सोमबार हाम्रो लागि दुःखद दिन थियो। युएस बांग्ला एयरको विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भयो। गुड्ने गाडीका यात्रु दुर्घटनामा यसरी मृत्यु भएको भए यति धेरै चर्चा र विश्वभरबाट चासोका साथ हेरिन्न थियो। विमानस्थलमै यो दुर्घटना भएसँगै फेसबुकमा अर्को दुर्घटना पनि भयो।
फेसबुकले विमान दुर्घटनापछि Crisis Response खुला गर्यो जसअन्तर्गत काठमाडौँ लोकेसन भएकाहरुलाई The Plane Crash in Kathmandu, Nepal शीर्षकमा आइ एम सेफ (म सुरक्षित छु) र डज नट अप्लाई टु मि (ममा लागू हुन्न) दुई वटा विकल्प छान्न दिइएको थियो।
पहिलो त यो भूकम्प, बाढीपहिरो जस्तो संकट नै हैन। यसमा क्राइसिस रेस्पन्स खुला गर्न जरुरी थिएन। विमानमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए। तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक थिए। ७१ जना चढेको विमान दुर्घटना हुँदा क्राइसिस रेस्पन्स खुला गर्न जरुरी थिएन।
तर फेसबुकले गरिदियो, र दुर्घटना भयो। घरमै सुतिरहेकाहरु, प्लेन जिन्दगीमा नचढेकाहरुले समेत फेसबुकमा आइ एम सेफ भन्दै मार्क गरेको नोटिफिकेसन धमाधम आउन थाल्यो। तपाईँहरुमध्ये धेरैले पनि हेर्नुभयो होला।
जो विमान दुर्घटना भएको विमानस्थल वरपर समेत छैन। जो काठमाडौँमै छैन। उनीहरुले समेत म सुरक्षित छु लेखेको हेर्नु पर्यो। खासमा फेसबुकको नोटिफिकेसन राम्रोसित नपढ्दा यस्तो भएको हो। राम्रोसँग पढेको भए आइ एम सेफ (म सुरक्षित छु) र डज नट अप्लाई टु मि (ममा लागू हुन्न) को अर्थ बुझ्नु पर्ने हो। नबुझेपछि यस्तो भयो।
तपाईँको फेसबुकका साथीहरु मध्ये कसले के भनेर मार्क गरे त? यहाँ क्लिक गरी हेर्नुस्
२-३ बर्ष अघि टुर्किस airlines को बिमान जोत्तिय्को बिर्सनु भो र
काल ले न लागे सम्म सबै सुरक्षित छौ , चिन्ता गर्न पर्दैन | काले लानेबेला प्लेन क्र्याश पनि हुन् पर्दैन रहेछ , भात अड्केर पनि जान्छ |
मैले does not apply क्लिक गर्दा पनि marked safe भनेर आयो… बिल्ला भयो…
यी तलका अंग्रेजीका पंक्तिहरु ढाकाको अन्ग्रीजी दैनिकबाट उद्धृत गरिएका हुन|
पुरा पढ्न यहा हेर्नभए हुन्छ-
http://www.thedailystar.net/frontpage/us-bangla-plane-crash-27-bangladeshis-among-49-killed-in-nepal-kathmandu-१५४७४१९
“..In Dhaka, US-Bangla officials were suspecting “negligence” on part of the airport’s air traffic control. US-Bangla Chief Executive Officer Imran Asif told media that there was a “tendency of giving misinformation and a negligence on behalf of the ATC [air traffic control] at Nepal airport.” He said the ATC fumbled the landing.”
के हो यो कुरो? तथ्य के हो, जति सक्दो चाडो प्रकाशमा आउन पर्यो| यो आरोप त निकै गम्भीर छ है|
हाम्रो एटीसीको भनाई संग मेल खाएन नी त|
“..Hasina, who was in Singapore on a four-day official visit, called her Nepalese counterpart Khadga Prasad Sharma Oli and assured him of all-out assistance from Bangladesh.”
त्यो घडीमा कसले कसलाई फोन गरेको हो भन्ने भन्दा पनि संवाद भयो त्यसैले अर्थ राख्छ|
तर प्र. म. ओलीले फोन गरेको हो, बंगलादेशकि प्रधान मन्त्रि हसीना वाहिर यात्रामा रहेकीले सम्पर्कमा आउँन सकिन र पछि संवाद भयो भन्ने नेपाली मेडियामा आयो| त्यसै भएर प्र.म. हसीनाले कल ब्याक गरेकी हो भन्दा के खति पुग्थ्यो र?
तथ्य बंगाउने र आफ्नै कुरो माथि पार्ने कलामा हाम्रा दक्षिणका घनिष्ट इष्टका मेडिया कै कलामा पारंगत रहेछन बंगलादेशका मेडिया पनि|
अहिलेको चोट अलि साम्य भएपछी यु एस-बंगलादेशका अधिकारिलाइ बोलाएर कुरो स्पष्ट पार्न लाउँन पर्ने देखिन्छा|
जाँदा जाँदै,
१. हिज कान्तिपुर टीभीमा हो क्यारे, नेवानिका एकजना बरिष्ट पाइलटसंग अन्तर्वार्ता गरेर यो बेलामा लाभकारी जानकारी उपलब्ध गराई राखेका थिए|
तर क्याप्टनसा’बले जाने बेलामा शोक सन्तप्त परिवारलाई समवेदना वा सहानुभूतिको साटो शुभकामना शब्द प्रयोग गरेको पचेन है| यस्तो संबेदनशील
समयमा बढी जान्ने जस्तो देखिनु भन्दा आफ्नो हद भित्रै रहेर जानकारी गराउनु राम्रो हो|
२. अर्का च्यानलमा चै अर्का सिनियर पाइलटले imagine शब्दको साटो expect को कुप्रयोग गरिरहेका थिए|
३. उद्दार गर्ने कार्यमा किन भीड? धेरै जसो रमिते हरु जस्ता देखिन्थे, उर्दीमा रहेका पनि कति क्रियाशील देखिन्न थिए| किन होला?
How are injured people supposed to mark themselves as safe ? ?
This was made to know whether people living in affected areas are safe or not
Stay positive