Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विमान दुर्घटना : उद्दार गर्न गएका सैनिकलाई सेल्फी र फोटोकै ध्याउन्ना

Posted on March 13, 2018 by Salokya


साथीको बिहेको लागि जनकपुरमा आउनु परेकोले काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बांग्लाको विमान दुर्घटनाबारे धेरै जानकारी पाउनबाट वञ्चित भइयो। सुरुमा विमानस्थलमा आगो लागेको खबर पाएका थियौँ। सानो आगलागी होला भन्ने अनुमान गरिएको थियो। पछि पो विमानै दुर्घटना भएर आगलागी भएको भन्ने थाहा पाइयो। केहीको ज्यानै गएको सुरुवाती खबर थियो। पछि त ४९ जनाको मृत्यु भएछ। एयर ट्राफिक कन्ट्रोलर र पाइलटबीच भएको कुराकानीले अवतरण गर्ने क्रममा भएको कन्फ्युजन दुर्घटनाको कारण हुनसक्ने देखिएको छ। यो दुःखद खबरका बीच मिडियामा आएका फोटोहरु हेर्दै गर्दा एउटा फोटोले मन अझ खिन्न बनायो।

राससका लागि रोशन सापकोटाले खिचेको फोटोमा बायाँतर्फ जलेको एउटा शव छ- सिट बेल्ट बाँधेको अवस्थामा सिटसहित। सैनिक ड्रेसमा धेरै उद्दारकर्मी त्यहाँ देखिन्छन्। सशस्त्र र नेपाल प्रहरीका पनि केही देखिन्छन्।

ती उद्दारकर्मीहरु प्लेनको भाग काट्दै भित्र रहेका यात्रुहरुलाई निकाल्ने प्रयास गरिरहेका छन्।

फोटोको बीच भागमा आर्मी ड्रेस लगाएका एक जना फोटो खिच्दैछन्। उनको नजिकै अर्का एक जना आर्मी ड्रेस लगाएका व्यक्तिले पनि क्यामेरा तेर्स्याएका छन्। क्यामेराको पोजिसन हेर्दा थाहा हुन्छ, उनले सेल्फी खिचेका हुन्।

अचेल जहाँ पनि सानोतिनो वा ज्यानै जाने दुर्घटना हुँदा सर्वसाधारणहरु मोबाइलबाट फोटो खिचिरहेको देखिन्छ। यो त सामान्य नागरिकको कुरा भयो। उद्दार गर्न गएका सैनिकहरुले नै उद्दारको साटो फोटो खिच्ने र सेल्फी खिच्ने गरेको देख्दा चाहिँ अचम्मै लाग्यो। सुरक्षा निकायको कस्तो बेला मोबाइल चलाउने र कस्तो बेला फोटो, सेल्फी खिच्ने भन्ने बारे कुनै निर्देशिका त होला नि। कि छैन? नभए त बनाउन हतार भएन र?

2 thoughts on “विमान दुर्घटना : उद्दार गर्न गएका सैनिकलाई सेल्फी र फोटोकै ध्याउन्ना”

  1. Rakesh says:
    March 14, 2018 at 11:30 pm

    To take selfie while working is wrong while on work in any field. But sometimes it’s human nature. People make mistakes .
    But as such experienced journalist like you , you should have blurred the face of that guy.
    Because your blog should be against the system not against the person.
    Just my opinion.

    Reply
  2. Karki says:
    March 13, 2018 at 1:16 am

    सालोक्यजी ले बिचरा यिनको जागिर खाइदिने हुनेभो…जागिर नगए नि कारबाही मा चै पर्ने भए..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme