Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफूलाई बधाई दिँदा आफै टेबल ठटाउँदै महरा

Posted on March 11, 2018March 11, 2018 by Salokya


पाँच पटक मन्त्री भइसकेका कृष्णबहादुर महरा यस पटक पाँच वर्षका लागि सभामुख निर्विरोध निर्वाचित भएको घोषणा शनिबार गरियो। ज्येष्ठ सदस्यको हैसियतले बैठकको अध्यक्षता गरिरहेका महन्थ ठाकुरले उनी सभामुख निर्वाचित भएको घोषणा गरिरहँदा महराको अनुहारमा खुसी भने देखिएन। ठाकुरले महरालाई बधाई दिँदा महरा आफै टेबल ठटाउँदै गरेको पनि देखियो। सँगै बस्ने देव गुरुङ, गिरिराजमणि पोखरेलले टेबल ठटाएका थिएनन्।

यस्तो थियो त्यो दृश्य

राष्ट्रपति र उपराष्ट्रपति दोहोर्‍याउने भने जस्तै सभामुख पनि दोहरिन सक्थे। तर सभामुखमा प्रचण्डले महरालाई भने पछि महरै भइहाले। पूर्व सभामुख ओनसरी घर्ती भने सँगै बसेर टेबल ठोक्दै थिइन्।

सभामुख निर्वाचन भइसकेपछि अब उपसभामुखको निर्वाचन हुन बाँकी छ। अब बाँकी बैठक सभामुखले सञ्चालन गर्नेछन्।

संविधानले सभामुख पुरुष निर्वाचित भइसकेपछि उपसभामुख महिला नै निर्वाचित गर्नुपर्ने र अर्कै दलको गर्नुपर्ने भनेको छ। एमाले र माओवादी अब एउटै दल हुने भएकोले उपसभामुखमा अर्को को आउने हुन्?

2 thoughts on “आफूलाई बधाई दिँदा आफै टेबल ठटाउँदै महरा”

  1. दामाेदर says:
    March 12, 2018 at 3:07 pm

    भिडियाे हेर्दा त दुवै जना देव गुरुङ र गिरिराजमणि पोखरेलले टेबल ठटाएकाे देखिन्छ । देव गुरुङले चाहि निकै छाेटाे ।

    Reply
  2. कमल says:
    March 11, 2018 at 8:49 am

    ठिक औल्याउनु भयो| यस्तो तालको सभामुख| कि नाक? डेकोरम पनि थाहा नहुनेलाई कसरि सभामुख| जे होस्, मास्टरसाबले सिक्नुहोला| सिके र गरे नसक्ने केही छैन|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme