Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् हिउँद थिमका ५ सय फोटोमा उत्कृष्ट भएका फोटोहरु

Posted on March 10, 2018 by Salokya


नेपाल पर्यटन बोर्डले फोटो पत्रकार क्लब (पिजे क्लब नेपाल) सँगको सहकार्यमा गरेको हिउँद (विन्टर) थिममा गरेको फोटो नेपाल प्रतियोगितामा २ सय ३० फोटोग्राफरका ५ सय ९ फोटो सहभागी भए। ती मध्येबाट प्रसन्न बज्राचार्यको फोटो सर्वोत्कृष्ट भएको छ। विक्रम मगरको फोटोले दोस्रो तथा प्रमिन मानन्धरको फोटोले तेस्रो स्थान हासिल गरेको छ। पहिलो चरणको जजिङमार्फत् ३८ फोटोग्राफरका उत्कृष्ट ५० फोटो फोटो नेपालको प्रदर्शनीमा समावेश गरिएको छ। ५० उत्कृष्ट फोटोमध्येबाट अन्तिम चरणको जजिङमार्फत् शीर्ष तीन फोटो चयन गरिएको हो। हिउँद (विन्टर) थिममा गरिएको प्रतियोगितामा जाडोयामको जनजीवनसँग सम्बन्धित फोटोहरु सहभागी थिए। कस्ता छन् त उत्कृष्ट फोटोहरु? हेरौँ-

नेपाल पर्यटन बोर्डले दुई वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्दन गर्ने उदेश्यका साथ पिजे क्लबसँगको सहकार्यमा प्रत्येक महिना फोटो प्रदर्शनी गर्दै आएको थियो। फोटो नेपाल नाममा फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनी सँगै सुरु भएको थियो। बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी दुई वर्षदेखि निरन्तर रुपमा भइरहेको छ।

प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबार पर्यटन बोर्डमा हुने गरेको फोटो नेपाल प्रदर्शनीका कारण थुप्रै सर्वसाधारण र शौखिन फोटोग्राफरलाई यो अभियानप्रति आकर्षित गरेको पिजे क्लबका अध्यक्ष विकास कार्कीले बताए। ‘फोटो नेपाल नियमितताका कारण प्राकृतिक, सांस्कृतिक सुन्दरता वा घुमफिरका शौखिनले मन पराउने खालका गतिविधि क्यामरामा क्याप्चर गर्ने र त्यसलाई सार्वजनिक गर्ने क्रम बढेको हामीले अनुभव गरेका छौं,’ कार्कीले भने, ‘नेपाल पर्यटन बोर्डबाट पिजे क्लब संगको सहकार्यमा भएको #फोटो नेपाल प्रदर्शनीले शौखिन फोटोग्राफरलाई पनि नेपाल चिनाउने तस्बिर खिच्न प्रोत्साहित गरेको हामीले अनुभव गरेका छौं। त्यसैले देश चिनाउने र बढि भन्दा बढि पर्यटकीय गतिविधिबाट राष्ट्रिय अर्थतन्त्रलाई योगदान गर्ने उदेश्यमा हामीले अभियानलाई प्रदर्शनीसँगै प्रतियोगिताको रुपमा विस्तारित गरेका हौं।’


हिउँदे मुस्कान। हिमाली जिल्लाका बालकको।


काठमाडौँको टौदहमा एकाबिहानैको दृश्य।


रुपन्देहीमा भेडा बजारमा लैजाँदै।


काठमाडौँको दृश्य।


गोरखाको भूकम्पप्रभावित गाउँ लाप्राकको गुप्सिपाखानजिकैको गाउँबाट दाउरा लिएर फर्कँदै भूकम्पपीडित महिला।


काठमाडौँ नजिकको एउटा गाउँका बासिन्दा खेतमा जाँदै।


कुहिरोले ढाकेको मौसममा बिहानीको सूर्य उदाउँदै गर्दा चोभारमा साइकल कुदाउँदै।


मध्य फेब्रुअरीमा खिचेको यो फोटोमा गोसाइँकुण्ड पूरै जमेको देखिन्छ।

अब पुरस्कृत फोटोहरु।

तेस्रो भएको यो फोटो काठमाडौँ धर्मपथको पुरानो नगरपालिका भवनको हो।


कालिन्चोकमा माउन्टेन बाइकरहरु।


माधव नारायण मेलामा चीसो पानीमा डुबुल्की लगाउँदै।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme