Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पाँच पटक मन्त्री बनेका महरा अब सभामुख बन्ने, संविधानको धारा २८० लागू भए राष्ट्रपतिको काम पनि गर्न पाउने

Posted on March 9, 2018 by Salokya

माओवादीमा सबैभन्दा भाग्यमानी नेतामध्येका एक हुन् कृष्णबहादुर महरा। पाँच पटक त उनी मन्त्री नै भइसके। माओवादीले तीन पटक सरकारको नेतृत्वसमेत गरी सात वटा सरकारमा सहभागिता जनाइसकेको छ। त्यसमध्ये पाँच वटा सरकारमा मन्त्री बन्ने सौभाग्य पाएका एक मात्र माओवादी नेता महरा नै हुन्। यति धेरै अवसर पाइसकेका भए भाग्यमानीको भूतै कमारो भने जस्तै यस पटक उनले ‘सभामुख’ पाउने भएका छन्। देव गुरुङ, गिरिराजमणि पोखरेल तथा पूर्व सभामुख ओनसरी घर्तीको दावी रहे पनि प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको पार्टी हेडक्वार्टरको बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो। कांग्रेसले पनि सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेकोले महरा निर्विरोध निर्वाचित हुनसक्छन्। सभामुखको चुनाव शनिबार १ बजे हुँदैछ।

सभामुख चानचुने पद भने हैन। यो मन्त्रीभन्दा वरियता क्रममा माथि रहने पद हो। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधान न्यायाधीशपछि पाँचौँ नम्बरमा सभामुखको वरियता पर्छ।

सभामुखपछि मात्रै पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्रीहरुको वरियता छ।

राष्ट्रपतिको काम पनि गर्न पाउने विशेष व्यवस्था

त्यतिमात्र हैन, नेपालको संविधानले एउटा विशेष व्यवस्था पनि गरेको छ। संविधानको धारा २८० अनुसार राष्ट्रपति र उपराष्ट्रपति दुवैको पद रिक्त भएमा अर्को राष्ट्रपति र उपराष्ट्रपतिले कार्यभार नसम्हालेम्म राष्ट्रपतिको काम सभामुखले नै गर्छन्।

2 thoughts on “पाँच पटक मन्त्री बनेका महरा अब सभामुख बन्ने, संविधानको धारा २८० लागू भए राष्ट्रपतिको काम पनि गर्न पाउने”

  1. Sisir says:
    March 11, 2018 at 1:23 pm

    यी महरा पनि लाभको पद् बिना बस्न सक्दैनन् । बिजय गच्छदार , राजेन्द्र महतो र महरामा केही फरक छैन ।पद्लोलुप

    Reply
  2. Sarita Sharma says:
    March 9, 2018 at 1:49 pm

    भाग्यमानीको भुतै कमारो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme