Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिका उम्मेदवारलाई चार वटा चार पाङ्ग्रे र चार वटा मोटरसाइकल प्रचारका लागि

Posted on March 9, 2018 by Salokya

फागुन २९ गते हुन लागेको राष्ट्रपति निर्वाचन अब औपचारिकतामा मात्र सीमित भइसकेको भए पनि निर्वाचन आयोगले रमाइलो गरिरहेको छ। बुधबार उम्मेदवारको मनोनयन दर्ता भएसँगै आयोगले एउटा विज्ञप्ति पठायो- निर्वाचन आचार संहिता लागू भयो भनेर। प्रदेश सभा र संघीय संसदका सदस्यहरुले मात्र मतदान गर्न पाउने भए पनि यसमा आम चुनावकै जस्तो प्रक्रिया अपनाइएछ। अनि यो आचार संहितामा छ चाहिँ के त भनेर खोजिहेर्दा त रमाइलो पो भेटियो।

आचार संहिता संशोधन गरेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषय थपिएको रहेछ। राष्ट्रपतिका उम्मेदवारहरुले चार लाखसम्म खर्च गर्न पाउने भनेर त यसअघि नै तोकिसकिएको थियो।  त्यसमा लेखिए अनुसार उम्मेदवारले  प्रचारका लागि चार वटा चार  पाङ्ग्रे हलुका गाडी र चार वटा मोटरसाइकल प्रयोग गर्न पाउने रे।

लौ अब मोटरसाइकल चढेर विद्या भण्डारीलाई राष्ट्रपतिमा भोट दिउँ भनेर कहिले आउने होलान् त मान्छे 🙂

अनि अझ टिभी र रेडियोमा कम्तिमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म विज्ञापन बजाउन पाउन रहेछ।

पत्रिकामा प्रचारको विज्ञापन छाप्दा कुनै एउटा पत्रिकामा प्रत्येक दिन बढीमा ७ इञ्च X ७ इञ्चसम्मको आकारमा छाप्न पाउने रहेछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme