Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिज्यु, प्रतिनिधिमार्फत् मनोनयनपत्र दर्ता गराउने प्रावधान रैछ त, सडक बन्द गरेर सवारी चलाउन जरुरी थियो र?

Posted on March 7, 2018 by Salokya

नेकपा एमालेको मध्यरातसम्म बालुवाटारमा बसेको बैठकले शितल निवासका उत्तराधिकारीको चयन गर्ने क्रममा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने निर्णय गर्‍यो। खुशीले गद्‍गद् भएर हो कि किन हो वर्तमान राष्ट्रपतिज्यु आफ्नो पदको ख्यालै नगरी बाटो एकतर्फी बन्द गर्न लगाएर शितल निवासबाट बालुवाटार, सिंहदरबार हुँदै सवारी चलाएर नयाँ बानेश्वरमा उम्मेदवारीको मनोनयन पत्र दर्ता गराउन जानुभयो। राष्ट्रपति कुनै एउटा दलको मात्र हुँदैन, नेपालको संविधानले राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी तोकेको छ। दलविशेषको उम्मेदवार बनेको जस्तो देखाउन उहाँ आफै त्यसरी सडकमा नउत्रिनु भए हुन्थ्यो। आखिर जित उहाँको सुनिश्चित थियो नै। र आफै जानु पर्ने बाध्यता पनि थिएन, कानुनले प्रतिनिधिमार्फत् मनोनयनपत्र दर्ता गराउन सकिने भनेकै रहेछ।

हेर्नुस् राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी नियमावली, २०७४ को व्यवस्था-

नियमावलीको परिच्छेद ५ को दफा १५ (१) अनुसार निर्वाचनमा उम्मेदवार हुन चाहनेले प्रतिनिधि, प्रस्तावक वा समर्थकमार्फत् निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराउन सक्छन्। उहाँले कसैलाई पनि प्रतिनिधि बनाएर कागजातहरु दिएर पठाई मनोनयन पत्र दर्ता गराउन सक्नुहुन्थ्यो।

अरु कुनै प्रतिनिधिप्रतिसमेत विश्वास नभएर पो उहाँ आफै कस्सिनुभएको हो कि। दर्ता गराइदिन्छु भन्दै गएर गायब भइदिए भने के गर्ने! बल्ल बल्ल पाँच वर्षसम्म ढुक्क राष्ट्रपति हुन पाएको- भन्ने त लागेको हैन उहाँलाई? नत्र राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन हुँदाहुँदै कुदेर मनोनयन पत्र दर्ता गर्न गइरहन के जरुरी थियो र !

गएर के भो त नि भन्ने लाग्ला तपाईँलाई। हेर्नुस् महानगरीय ट्राफिक प्रहरीको सूचना

राष्ट्रपतिज्यु सवारी हुँदा यी ठाउँमा ‘वन वे’ ट्राफिक बन्द गरियो। बाटोमा गाडी चलाउनेहरु, सार्वजनिक सवारी साधनमा चढ्ने यात्रुहरुलाई हैरानी भयो।

एक घण्टाभन्दा बढी समय यो सवारी चलेका  कारण सर्वसाधारणले हैरानी व्यहोर्नुपर्‍यो।

र, आफू राष्ट्रपति पदमा आसिन भएको गरिमा कायम राखी दलहरुले नै आफूलाई दोहोर्‍याउन देखाएको इच्छाका कारण दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न लागेको देखावटी भए पनि सन्देश दिनबाट उहाँ चुक्नुभयो।

सँगै पदमा आसिन राष्ट्रपतिले राष्ट्रपति पदको उम्मेदवारी दिँदा के गर्नुपर्ने रहेछ भन्ने नजिर स्थापना गर्न पनि उहाँ चुक्नुभयो।

हैन राष्ट्रपति कार्यालयमा यस्तो सल्लाह दिने कोही हुँदा रहेनछन् भन्या?

6 thoughts on “राष्ट्रपतिज्यु, प्रतिनिधिमार्फत् मनोनयनपत्र दर्ता गराउने प्रावधान रैछ त, सडक बन्द गरेर सवारी चलाउन जरुरी थियो र?”

  1. चित्र कंडेल says:
    April 1, 2018 at 5:14 pm

    नेपाल मा येस्तै छ चलन कहिँ नभएको जात्र हाडी गाऊ मा भनेको येस्तै हो, बिध्या देवी भण्डारी भन्दा योग्य कुनै नारी नै नभएको जस्तो गरि किन फेरि दोहोराउनु परेको ? अरु कुनै जनजाती या पढेलेखेका योग्य उमेदबार नभएर होइन के. पी ओली को मेहरबानी ले नै येसो भएको हो! फेरी देश ले योग्य रास्ट्रपति कहिले पाउने हो भगवान नै जानुन?

    चित्र कंडेल
    दुवै बाट

    Reply
  2. Karki says:
    March 9, 2018 at 4:25 am

    नढाती भन्दा बिद्याजी रास्ट्रपतिमा दोहरिन सुहाउने पात्र चै हुनु हुन्थेन….अब हातमा शक्ति हुनेहरुको रोजाइमा परे पछि हाम्ले भनेर के गर्नु र…नत्र न त्यो गरिमा कायम राख्न सक्ने ल्याकत देखियो न कतै केहि सामाजिक अभियन्ता बन्ने केहि पहल लिएको देखियो…कार्यकारीलाई दखल नदिने गरि गर्न सकिने कति काम छन् कति जस्तै ताम झम नदेखाई सामान्य हिसाब बाट गएर गरिब बालबालिकाहरुसंग अन्तरंग हुने, महिला सशक्तिकरणमा स्वस्छ तरिकाले भूमिका खेल्ने आदि..तर शान सौकत देखाउन मै भुल्ने टाईपको हुनु हुदो रहेछ…

    Reply
  3. डा. सुरज श्रेष्ठ says:
    March 8, 2018 at 7:38 pm

    ???????
    ???????
    ???????

    अन्धा !
    लाटों !
    बहिरो !

    डा. सुरज श्रेष्ठ

    Reply
  4. sanchita says:
    March 8, 2018 at 10:19 am

    श्री ६ बडामहारानी बिद्यादेबी भन्डारी | बिद्याले हो मान्छेमा बिबेक आउने | के गर्ने नेपालमा लुरे=बलबहादुर, सुकुम्बासी=धनबहादुर, आइए पास =बिद्यादेबी

    Reply
  5. राजु says:
    March 7, 2018 at 9:23 pm

    मा. अष्टलक्ष्मीज्युले थाहा पाईन भने गाह्रो पर्ला है| शीतल निवासमा बसेर गुट चलाउने भनेर किटेरै भनेकि चौबिस घण्टा नपुग्दै रुट पनि चलाईछन म्याडम राष्ट्रपतिज्युले|
    गरिब जनताको पैसामा के को तमाशा? बीरे र ज्ञानेको त्यस्तै क्रियाकलाप जनताले सडकको दुई पेटिमा बसेर ताली पिटे पनि कैले मन पराएनन|
    नेपाली जनता प्रति र यो राष्ट्र, लोकतन्त्र निर्माणमा के योगदान भएको हो र फेरी राष्ट्रपतिमा दोहोराउने काम गरेको हो?
    यो नेका भन्ने पार्टी चै कस्तो भने जब उच्च पदमा नजित्ने चुनाव भयो भने आदिवासी जनजाति लाई अघि सारी टोपाल्ने इतिहास बोकेको देखियो| उदाहरणको लागि विगतमा —
    कुल बहादुर गुरुङ लाई राष्ट्रपति पदमा
    भिम बहादुर तामाङ्गलाई नेका को सभापति पदमा| जातिवादी र भ्रष्टहरुले भोट दिएनन भन्ने सुनियो र लाजमर्नु हार बेहोर्न पर्यो|
    अहिले आएर लक्ष्मी राईलाई फेरी राष्ट्र पति पद मा उम्मेदवार|
    हरे शिव शिव, के एस्तो सुन्नु र देख्न पर्यो|

    Reply
  6. बासु says:
    March 7, 2018 at 9:12 pm

    ‘हैट,त्यति जाबो फारम भर्नपनि नसक्ने, के राष्ट्रपति?’ भनेर अबगाल आयो भने के गर्ने नि? लाजको मर्नु हुन्न? बाहिर निस्किए यस्सो हावापनि खान हुने, आफ्नो काम आफैंले गरे जस्तो पनि हुने | जाबो एक घण्टा जनताले दुख पाए त के पाए?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme