एमाले स्थायी कमिटीको प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरात अबेरसम्म बसेको बैठकले शितल निवासका उत्तराधिकारीको टुङ्गो लगाएको छ। राति १२ बजेर ३५ मिनेटमा प्रदीप ज्ञवालीले ट्विट गरे- “राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको उमेदवारीलाई समर्थन गर्ने पार्टी स्थायी कमिटीको १०१ औं बैठकको निर्णय।” योसँगै झलनाथ खनाल लगायतकाको राष्ट्रपति आकांक्षा तुहिएको छ। वाम गठबन्धनको सुविधाजनक बहुमत भएकोले राष्ट्रपति निर्वाचन अब औपचारिकतामा मात्र सीमित हुँदैछ। भण्डारीको कार्यकाल अहिलेको संसदको कार्यकाल ५ वर्ष सकिएपछि पनि कायम रहनेछ। नजित्ने निश्चित भए पनि कांग्रेसले भण्डारीको उम्मेदवारीको विरोध गर्दै आफूले पनि उम्मेदवारी दिने भएको छ। के ऐनले भण्डारीको उम्मेदवारीलाई छेक्छ त?
राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ अनुसार यी ५ शर्त पूरा गरेको हुनुपर्छ-
(१) सबैभन्दा पहिला त नेपाली नागरिक हुनुपर्यो, त्यो पनि वंशजको आधारमा। अर्थात् बुबा नेपाली नागरिक भएको आधारमा पाएको नागरिकता हुनुपर्यो। भण्डारी वंशजको आधारमा नेपाली नागरिकता पाएकी व्यक्ति हुन्। उनको नागरिकता नम्बर ३७६८/११८४ हो।
(२) कम्तिमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्यो। उनको उमेर ५६ वर्ष हो।
(३) कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्यो। उनको नाम बूढानिलकण्ठ नगरपालिकामा रहेको छ-
(४) कुनै सङ्घीय कानूनले अयोग्य नभएको हुनुपर्यो।
(५) कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्यो। “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ।
उनी वर्तमान राष्ट्रपति हुन्। यो लाभको पद हो कि हैन त? ऐनमा लाभको पदको अर्थ निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक भनिएको छ। राष्ट्रपति निर्वाचनद्वारा पूर्ति गरिने राजनीतिक पद हो। त्यसैले पाँच वटै शर्त उनले पूरा गर्न सक्छिन्।
विद्या भण्डारीको दोस्रो कार्यकाल वर्तमान संसदको भन्दा लामो हुनेछ। संसदको कार्यकाल सकिएर अर्को चुनाव भइसकेपछि अर्को राष्ट्रपतिको निर्वाचन नभएसम्म उनी राष्ट्रपति कायम रहने छिन्। अर्थात् २०७९ सालसम्म उनी नै राष्ट्रपति हुनेछिन्।
बिगतमा प्रधान मन्त्रि, मन्त्रि परिषदले मात्रै होईन बहुमत भयको पार्टीको सांसदहरुले गलत कुरा पनि गर्न सक्छन भन्ने कुरा हामीले देखे सुने कै कुरा हो/ यस्तै फेरी पनि कसै बात नहोला भन्न पनि सकिंदैन/ किनभने बिगतमा गल्ति गर्ने नै अहिले पनि सदन र सरकार चलाउँदैछ र इनिहरुले फेरी पनि कुनै गलत कार्य खोजेमा रास्त्रपतिले चाहेर पनि रोक्न सक्दैन/ रोकेमा रास्ट्रपति माथि संबिधान बिपरित आचरण गरेको आरोप लाग्न सक्छ/ संबिधानमा यस्तो ब्यबस्था किन गरे भन्ने प्रशंको उतर पनि हामीले पाउने त् हुँदै होईन/
तेसैले यो पदमा जो रहे पनि केहि फरक पर्दैन र कोहि नियुक्त भयमा त्यो बारेमा सब्द खर्चिनु बात राम्रो भन्दा नराम्रो नै हुने देख्छु किनभने आजको परिस्थिमा राम्रो कुरा पाउनु अधिकार र सम्मान पनि नागरिकहरुलाई खुसि हुने काम गरेर होईन नेता र दललाई खुसि बनाउने मात्रै पाउने कुरा नेपालमा आखा नदेख्नेले पनि देख्ने कुरा भयको छ/ यस्तो नभयको भय नेपालमा अहिले ठुला पदहरुमा नियुक्त भयका भन्दा फरक व्यक्तिहरुनै नै नियुक्त भयको हामीले देख्ने मौका पाउने थियो जस्तो लाग्छ/ अन्तमा म यति त् भन्छु नै कि नेपाल र नेपालि जस्तो ब्यबस्था पाउनु पर्ने थियो र जसलाई जुन स्थानमा हामीले देख्न पाउनु पर्ने थियो त्यो हामीले अझै पायको छैन/
उफ। अब फेरी कति व्ययभार बेहोर्नु पर्ने हो राष्ट्रले महँगा साडीको लागी?
धन्यबाद … तेही नै लागे थिओ ..
कुरो नैतिकता मै गएर अड्किने भयो 😉
त्यो त ठिकै छ… तर रास्ट्रपति भै सकेको मान्छे त कुनै पार्टी को कार्यकर्ता नभई स्वतन्त्र र Unbaised हुन पर्चा हैन र? फेरी कसरि वहा ए मा ले को उमेद्वार हुन मिल्छ र? सालोक्य जी ब्याख्या गरि दिनु होला …
उहाँ कानुनी रुपमा एमालेको उम्मेदवार हैन। उहाँले उम्मेदवारी दिने र त्यसमा एमाले र माओवादी केन्द्रले समर्थन गर्ने हो। भन्नलाई यसो भने पनि खासमा चाहिँ एमालेकै उम्मेदवार हो फेरि 🙂