Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हारेकाहरुले गराएको चुनावमा ‘सिंह’ हारे, ‘शेर’ जिते

Posted on March 5, 2018March 5, 2018 by Salokya

चुनाव हुनुअघिसम्म सबैभन्दा ठूलो र सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षी दल बनेको छ। यो चुनावमा वाम गठबन्धनको यस्तो लहर आयो कि प्रत्यक्षतर्फ कांग्रेसका २३ जना बाहेक सबै हारे। अनि उठ्यो कांग्रेसलाई कसरी सुधार्ने भन्ने बहस। कांग्रेसको चिन्ता गर्नेमा चाहिँ कांग्रेसीहरुभन्दा कम्युनिस्ट र अरु दलकाहरु बढी भए जस्तो लाग्यो। किनभने आज भएको संसदीय दलको नेता छान्ने चुनावमा पहिले जे थियो, त्यही भयो। रमाइलो चाहिँ हार्नेहरुले यो चुनाव गराएका थिए। चुनाव गराउन तोकिएको समितिमा रहेका तीन सदस्यहरुमा तीनै जना हारेका- नवीन्द्रराज जोशी काठमाडौँबाट हारेका, चीनकाजी श्रेष्ठ गोरखाबाट हारेका र भीष्मराज आङदेम्बे पाँचथरबाट हारेका। त्यसो त जितेको भए भोटै हाल्थे नि कहाँ चुनाव गराइरहन्थे र। अघिल्लो संसदका सांसद भए पनि उनीहरु भोट हाल्ने हैसियतमा थिएनन्।

फन्डा गर्न खप्पिस केही युवा नेताहरुले के के भनेर बोले पनि लास्टमा भोट चाहिँ सिंहलाई हैन शेरलाई नै हाले जस्तो देखियो।

संसदीय दलको नेता बन्न संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवा स्वयं उठेका थिए भने रामचन्द्र पौडेल पक्षबाट गणेशमान सिंहका छोरा प्रकाशमान सिंह। काठमाडौँ १ मा रवीन्द्र मिश्रबाट पराजित हुनबाट जोगिएका सिंह पार्टी सभापति शेरबाट भने जोगिन सकेनन्। त्यसो त गुटका नेता रामचन्द्र पौडेल स्वयं आफ्नो गढ भनिएको तनहुँबाट हारेका हुन्।

तर पनि चुनावी नतिजामा सिंह साह्रै कमजोर देखिए। प्रतिनिधि सभामा कांग्रेसका जम्मा ६३ सांसद छन्। ती मध्ये २३ प्रत्यक्षबाट जितेका र ४० समानुपातिकबाट हुन्। कूल ६३ मा सिंहले मात्र १९ भोट पाए भने शेर ४४ भोट पाई विजयी भए।

संसदीय दलको नेतासँगै प्रमुख प्रतिपक्षी दलका नेता बनेका शेर प्रतिनिधि सभाको आजको पहिलो बैठकमा प्रतिपक्षीतर्फको ड्यासको पहिलो लहरमा रहेको सिटमा बसे भने सिंह दोस्रो लहरमा।

4 thoughts on “हारेकाहरुले गराएको चुनावमा ‘सिंह’ हारे, ‘शेर’ जिते”

  1. devendra says:
    March 7, 2018 at 8:38 pm

    नेताले आफ्नो भासन बोलि बेच्न सक्नु पर्छ अर्थात् जनतालाई रिझौन सक्नु पर्छ, धन बाद र डन बाद ले सृजनसिल्तालाई जिरो बनाउछ…..

    Reply
  2. madan bajracharya says:
    March 6, 2018 at 9:08 pm

    “देउपा” र ज्ञानेन्द्र अबसरको सदुपयोग गर्न चुकेका व्यक्तिहरु हुन्/ नेपाल बनाउने जिम्मेवारी भयको कुर्सीमा पुग्दा नेपाल बनाउने योजना होईन आफु बाहेक अरु कोहि नजित्ने योजना मात्रै बनायर बसेर मात्रै अहिले जितेको हो/ देउपाले बामपन्थीले भन्दा कांग्रेसले देसको निमित केहि गर्न सक्छ भन्ने कुरा स्थापना गर्न प्रयास गर्नु भन्दा बामपन्थी नराम्रो बामपन्थी नराम्रो मात्रै भनेर बसे यसैको कारणले आज देसको ठुलो पार्टी बन्ने र बिगतमा कांग्रेस बात भय गरेको गल्तिहरु मेटाउने मौका गुमायो/ कांग्रेस पार्टी धेरै लामो समय सम्म परिबार बादी पार्टी बने, गुटबन्दी हावी भय, कांग्रेसको सरकार नेपालको निमित भन्दा भारतको निमित मात्रै राम्रो बने/ तेसैले देसको यति ठुलो पार्टी भित्र योग्य र नेपालीको निमित प्रिय हुने नेता कोहि बन्ने सकेन/ तेस्तोमा अर्को नमुना व्यक्ति प्रकाश मान पनि हो/ प्रकाश मान पनि जनप्रिय नेता होईन सर्व प्रिय र सर्व मान्य नेताको पुत्र भयर पनि आफ्नो व्यक्तित्व बिकाश गर्न नसक्ने प्रकाशमान लाई योग्य भन्न सकिंदैन/ तेसैले प्रकाश मानलाई हरायर जित्दैमा देउपा राम्रो र योग्य बनिन्दैन/

    Reply
  3. Ram S says:
    March 6, 2018 at 2:50 pm

    यूवापूस्ता लाइ भोट दियपो पूराना पूस्ता रिटार्याड भयर बस्छन र नया पूस्ताको पालो आउछ। नर्मदा सम्म त्यही ब्याक्ती लाइ जिताय पछि केको नया पूस्ता? यसो भोटको आंकलन हेर्दा समानूपातीकका ४० त शेर कै भय ४ प्रत्यक्षे पनि उतै गयछन। सिंह लाइ बिचारा १९ जनाले मात्र साथ दियछन अब इनीहरूको पार्टी भित्र के हैसियत हूनेहो?

    Reply
  4. ramesh says:
    March 6, 2018 at 10:15 am

    लद्बडिने जिब्रो भए पनि शेर पडेलेखेका चाही छन् है, बोल्ने सोमत र सुझबुझ नभएका र ज्यापूको मात्रका नेता सिंह भन्दा .
    इन्ग्लिश मा dilemma (a situation in which a difficult choice has to be made between two or more alternatives, especially ones that are equally undesirable) भनिन्छ नि.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme