Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विप्लव : भित्तामा माइली र जस्टिनको फोटो टाँसेर ‘सांस्कृतिक अतिक्रमण’को विरोध?

Posted on March 2, 2018March 3, 2018 by Salokya


बजारमा आज विप्लवको चर्चा छ। खास नाम नेत्रविक्रम चन्द। ‘विप्लव’ उपनाम। दुई तिहाई बहुमत पुग्न थोरै मतले पछि परेको शक्तिशाली कम्युनिस्ट सरकार सत्तामा रहेको बेला विप्लवले आफ्नो पार्टीको एउटा भ्रातृ संस्थाको सानो कागजी वक्तव्यकै भरमा सलमान खानको कार्यक्रम रोकिदिएको सत्य हो भने ‘घाम’ सरकार र ‘बादल’ गृहमन्त्रीको नालायकी हो यो। सांस्कृतिक अतिक्रमणको चर्का नारा दिने विप्लव आफै पनि कति पानीमा छन्, उनको केही अघि प्रकाशित फोटोले देखाउँछ।

माथिको फोटोमा तपाईँले के देख्नुभयो ? मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको स‍ंयुक्त फोटो अनि दायाँपट्टी माथि चे ग्वेभारा। कम्युनिस्टहरुका त आदर्श नै हुन् नि यी, भगवानै भन्दा फरक पर्दैन। जसरी भक्तहरु धर्मग्रन्थका व्याख्या गर्छन्, कम्युनिस्टहरु यिनैका वाणी, पुस्तकका व्याख्या गर्छन्। यति देखिनु त खासै अचम्मको कुरा भएन। जुन कम्युनिस्ट नेताको घर वा कार्यालयमा पनि हुन्छ यस्ता फोटो त। अचम्म त अर्कै कुरा देखिँदा पो भो त। रिपब्लिका अक्टोबर २, २०१३ मा छापिएको यो फोटोको छेउमा हेर्नुस्। केही देख्नुभो ? अझै नदेख्नुभाको भए रातो चिह्न लगाइदिएको छु

त्यहाँ देखिएका दुई पोस्टर मध्ये एउटा यो हो-
miley
यिनी माइली हुन्। हाम्रो गाउँघरतिरकी माइली हैनन्, ‘साम्राज्यवादी’ अमेरिकाकी गायिका तथा नायिका माइली साइरस। डिज्नी च्यानलमा हान्ना मोन्टाना बन्ने यिनै हुन्। इन्टरनेटमा सर्च गर्दा माइलीका कस्ता कस्ता सेक्सी फोटो भेटिन्छन्, धन्न भित्तोमा सभ्य फोटो टाँसिएको रैछ।

बीचको फोटो अलि चिनिएन। अर्को फोटो चैँ यो हो-
justin1
यिनी हुन् जस्टिन बिबर। क्यानाडेली हुन् यिनी। किशोर पप गायकका रुपमा खुबै ख्याति कमाएका। उही क्या बेबी, बेबी, बेबी ओउउउउउउउउउउउ गाउने। कोरियन साइको गंगनम स्टाइल आउनु अगाडि यिनैको गीत त थियो नि युट्युबमा सबभन्दा धेरै हेरिएको रेकर्ड।

माइली साइरस र जस्टिन बिबरका फोटो टाँसेर सांस्कृतिक अतिक्रमणको विरोध गर्ने काइदा चैँ गज्जब लाग्यो है। कि भारतीयको  अतिक्रमणमात्र असह्य हुने हो, पश्चिमा अतिक्रमण स्वीकार्य हो? कुरो बुझिएन।

सलमान खानको कार्यक्रम किन रद्द?
आयोजकले लेख्यो- यो परिस्थती आउनुको कारणबारे सबैलाई जानकारी भइसकेको छ।

जानकारी नभएकोलाई जानकारी दिन आवश्यक भो। यस्तो थियो विप्लवको भ्रातृ संस्थाले जारी गरेको चेतावनी-

यहाँनिर यो पनि नबिर्सौँ, यही ओडिसी इन्टरटेनमेन्टले रक ब्यान्ड डिप पर्पलको कन्सर्ट २०१३ को मार्चमा गर्ने भनेको थियो। त्यतिबेला कसैले यसरी धम्की पनि दिएको थिएन। तर कार्यक्रम स्थगित भयो भनियो। पछि गर्ने भनियो। तर त्यो पछि कहिल्यै आएन। त्यतिबेलाको काठमाडौँ पोस्टको यो समाचार पढ्नुस्।

सलमानको नेपाल कार्यक्रमबारे यसअघि आयोजकको वक्तव्य
[documentcloud url=”http://www.documentcloud.org/documents/4392614-Salman-Press-Release.html” responsive=true pdf=false]

5 thoughts on “विप्लव : भित्तामा माइली र जस्टिनको फोटो टाँसेर ‘सांस्कृतिक अतिक्रमण’को विरोध?”

  1. devendra says:
    March 7, 2018 at 8:16 pm

    कुरा गर्यो कुरैको दुख…नेपालमा हर छेत्रमा अतिक्रमण छ धार्मिक अतिक्रमण, संस्कृतिक, राजनैतिक, आर्थिक, सामाजिक, भाषिक, तर कसैलाई हानि नोक्सानी नहुनेगरी कार्यक्रम गरियो भने राम्रै होला नि….

    Reply
  2. Shahuji says:
    March 3, 2018 at 9:22 am

    Yo katai Deep Purple ra Mailee ka fan bich ko sath gath ta hoina ? Dravya ko lagi…. party jo khada garnu chha.

    Reply
  3. Bharat Paudyal says:
    March 3, 2018 at 2:30 am

    पार्टी को लेटर हेड मा नै बिदेशी नेता को तस्बिर छ. पहिला आफु लाइ सच्चाउ अनि बल्ल अरु कुरा को बिरोध गर

    Reply
  4. Upendra says:
    March 3, 2018 at 1:28 am

    पाखंडी हिप्पोकेटिक झुंड ।
    सलमान लाई रोक्नू सही हो ।सलमान आयर नि केही माखो मर्ने हैन , नआय नि हुनी केही हैन । मात्र त्यो आयोजक ले कमाउन पायन ।
    ईज्जत के छ र बेईज्झत हुन लाई ।

    ओके
    यदी कुरा रास्ट्रीयता को हो भने ईंडिया बाट आउने यस्ता सबैलाई रोक र
    तिम्रा जती ईंडिया थाप्दै जान सबै लाई रोक।
    पाखंडी हरु ।
    तिमी ले ईंडिया गयर खांदा , कमाउदा चाही सबै कुरा सही रे ।

    त्यो दिल्ली मा क्रिकेट खेल्न जानी संदिप लाई पनि रोक । मनिषा लाई, उदित नारायण लाई बलिउड जान रोक ।
    मुम्बै गयर रियलिटी शो मा भाग लिनी हर नेपाली हु भन्ने लाई उता जान रोक ।
    हिप्पोक्रेट्स पाखंडी हरु हो ।
    तिमी हरु कट्टू खोल्दै उत्तानो र घोप्टो पर्न गयको केही नहुनी
    सक्छौ भने ईंडिया ले पाकिस्तानी लाईगरे जस्तो कमप्लीट बहिस्कार गरेर देखाई ।

    Reply
  5. Yogendra says:
    March 3, 2018 at 12:41 am

    भारतीय संस्कृति हाम्रोसंग मिल्दोजुल्दो छ , उनीहरु बाट अतिक्रमण हुने खतरा जहिले रहनछ| अमेरिकी वा बेलायेतीबाट कम नै खतरा छ| जे भयो ठिक भयो , भारतीय अभिनेता ल्याएर खुशी हुनु पर्ने नि छैन, ल्याएन त ढोल बजाउनु नि छैन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme