अहिले काठमाडौँमा मल्टिप्लेक्सको चलन छ। अर्थात् एउटै भवनमा धेरै हलहरु। विदेशी फिल्महरु पनि निजी कम्पनीले मगाउँछन्। तर आजभन्दा ६६ वर्षअघि अर्थात् विक्रम संवत् २००८ मा राजपत्रमा छापिएको गृह मन्त्रालयको एउटा सूचना भने रोचक छ। त्यसमा चैत १ गतेदेखि सरकारले नै फिल्म ल्याउने हुनाले कसैले नझिकाउनु होला भनिएको छ।
त्यसैगरी ३५ प्रतिशत मनोरञ्जन कर तिरेर कसैले हल खोल्न चाहे गृह मन्त्रालयमा दरखास्त दिन आह्वान गरिएको छ। काठमाडौँमा दुई वटा १००० सिटवाला, ललितपुरमा एउटा १००० सिटवाला र भक्तपुरमा एउटा ७०० सिटवाला हल खोल्न दिने निर्णय रहेछ।
त्यसबेलामा पनि हाम्रो भाषा लेखनमा खासै दखल भएको देखिएन …