Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बैँकहरुले यसरी दुःख दिए मलाई

Posted on February 26, 2018February 26, 2018 by mysansar


-मनोज श्रेष्ठ-
बैंकिङ कारोबार गर्न भर्खरै थालेको थिएँ। पहिलो पटक सिद्धार्थ बैंकसँग कारोबार गरेँ। त्यसपछि ब्याज कम भएको कारण एभरेष्ट बैंक बानेश्वर शाखामा पुगेँ। आवास कर्जाको लागि मैले निवेदन दिएँ। डेढ बर्ष पहिले ३५ लाखको ऋण पास भयो। सर्भिस चार्ज बापत सुरुमै ३५ हजार बैंकले कटायो। अन्य १५ हजार पनि विभिन्न शीर्षकमा काटेर मलाई पहिलो किस्ता साढे ४ लाख निकासा गरिदियो। घर निर्माण सम्पन्नको कागज बैंकमा बुझाई सकेपछि अन्तिम किस्ता साढे ४ लाख निकासा गर्ने बैंकसँग सम्झौता थियो। तर, त्यस्तो भएन। जम्मा साढे ३० लाख रुपैयाँ मात्रै निकासा गर्न सक्ने भनेर बैंकले भन्यो। तर, बैंकले विगत चार महिनादेखि ३५ लाख बराबरकै किस्ता लिन थाल्यो।

एभरेष्ट बैंक बानेश्वर शाखाका ऋण अधिकृतहरु समिक्षा श्रेष्ठ र चन्द्रमणि बीच पटक-पटक मैले गुनासो गरेँ- कि बैंक किस्ता घटाऊ, होइन भने मलाई पूरै (३५ लाख) नै निकासा गरिदेऊ। उनीहरुले दिएको ३५ लाख बापतको किस्ता तालिका (इएमआई) मा मासिक ४३ हजार तिर्नुपर्ने थियो। तर, साढे ३० लाख दिएर ३५ लाखकै किस्ता लिनु कति उचित? ठगीको पनि एउटा सीमा हुन्छ नि!

३५ लाख दिन सक्दैनौ भने साढे ४ लाखको सर्भिस चार्ज फिर्ता गर, अनि किस्ता रकम पनि साढे ३० लाखको मात्रै लिउ भनेँ। उनीहरुले सर्भिस चार्ज फिर्ता गर्न कुनै हालतमा पनि मिल्दैन भने। किस्ता रकमको समस्या भए हामी मिलाउँछौ भने।

८ प्रतिशतमा एप्रुभ भएको ऋण लिन नपाउँदै बढ्यो। ठीकै त यतिसम्म त कम्प्रमाइज गर्न सकिन्छ। तर, दिन्छु भनेको ऋण त पूरै दिनु पर्‍यो नि होइन र?

यसरी बैंकले नै ठगी गर्छ भने अन्य क्षेत्रको हालत कस्तो होला? हामी सहजै अनुमान गर्न सक्छौँ। धेरै जना त अनुभवी पनि होलान्।

त्यसैगरी घर निर्माण गर्ने क्रममै ग्लोबल आईएमई बैंकको मुख्य कार्यालयबाट १० लाख लिएर नबिल बैंक दरबारमार्ग शाखामा जम्मा गरेको थिएँ। लगभग २० मिनेटको फरकमा। त्यस बैंकले ५ दिनपछि फोन गर्‍यो, ‘तपाईँले जम्मा गरेको दश लाखमा एक हजार नक्कली नोट भेटियो, त्यो तपाईले फिर्ता दिनुपर्‍यो।’

मैले भनेँ, ‘अब एक सातापछि भनेको भरमा मैले ग्लोबल आईएमई बैंकमा कसरी कम्प्लेन गर्ने?’ बकायदा मसँग जम्मा गरेको भौचर छ। नक्कली भएको भनेर जम्मा गर्न जाँदा नै भनेको भए तुरुन्त भनेको भए ग्लोबल आईएमई बैंकमा कम्प्लेन गर्दा सायद दिन्थ्यो होला। वा नदिन पनि सक्थ्यो। किनभने कुनै पनि बैंकले रुपैयाँ दिँदा गनेर लैजानु भनेका हुन्छन्। बैंकले रुपैयाँ लिने क्रममा ४/५ पटकसम्म गनेर लिन्छ। दिने बेलामा गनेर लैजानु भन्छन्। कि त रुपैयाँ गन्ने मेसिन बैंकले ग्राहकको लागि पनि राखिदिनुपर्‍यो, होइन?

फेरि अर्को केसको वर्णन गरौँ। सिद्धार्थ बैंकबाट दश लाख निकालेर स्ट्याण्डर्ड चार्टर बैंक लाजिम्पाटमा जम्मा गर्न गएँ। अब बैंकबाट लिएको पैसा गन्न गाह्रो। सिधै जम्मा गर्न गएँ। दशमध्ये एक लाखको बिटा च्यात्तिएकै नोटहरु मात्रै रहेछन्। लिन मानेन। म फर्किएर सिद्धार्थ बैंकको शाखा म्यानेजर कहाँ गए। र, भने, ‘यस्तो पनि सर्भिस हुन्छ?’

सुरुमा त उसले भन्यो, ‘पैसा यहीँबाट लगेको भनेर कसरी थाहा पाउने’ भनेर उल्टै ममाथि शंका गर्न थाल्यो। मैले अलिक कडा भएर बोलेपछि उसले आफ्नो स्टाफलाई अनुसन्धान गर्न लगायो। पछि बैंकबाटै लगेको प्रमाणित भएपछि पैसा चाहिँ साटिदियो। तर मलाई लगभग आधा दिन त्यही बस्नुपर्‍यो। यो रुपैयाँको भिडियो पनि मैले खिचेँ।

त्यस्तै कतिपय अवस्थामा हजारको बिटाको बीचमा पाँच सय हाल्ने, कहिले एक हजार नोट नै नहुने जस्ता समस्या त सामान्य हुन्।

10 thoughts on “बैँकहरुले यसरी दुःख दिए मलाई”

  1. NAHAKUL SHARMA says:
    February 28, 2018 at 6:44 pm

    ११.५ प्रतिसत ब्याज तिर्ने सर्तमा लिएको २० लाख अहिले १८ प्रतिसतको दरमा ब्याज तिरेकोछु, सनराइज बैंक नारायणगड साखा मा साखा प्रमुख प्रकाश को ठाडो आदेश मा

    Reply
  2. रोशन श्रेष्ठ says:
    February 28, 2018 at 12:48 pm

    सम्झौता अनुसार रक़म निकाला नगर्ने बैंकलाई चोरी या ठगी को मुद्दा हाल्न मिल्छ की?

    Reply
  3. simit gauchan says:
    February 28, 2018 at 12:36 pm

    पैसाको मुख कालो हुन्छ भन्ने थाह छैन र ?
    पैसाको लागि मान्छेले मान्छे मार्छ ढाट्नु छल्नु त मामुली भै सक्यो !!!!!
    फेरी च्याउ झैँ चोर बैंक वाला त लुट्ने बसेका हुन् नि … कता बात को मुर्गा आउछ भनेर !!!

    Reply
  4. Kamal says:
    February 28, 2018 at 9:02 am

    बैंकहरु टाई लगाएका गुन्डाहरु हुन्!!

    Reply
  5. Jiban Shrestha says:
    February 27, 2018 at 4:13 pm

    जब सम्म पैसा कागज मा गनिन्छ तब सम्म दुख पाउनु स्वाभाविक हो

    Reply
  6. Anupam Sharma says:
    February 27, 2018 at 2:44 pm

    भर्खरै मलाई पनि यो EVEREST बैंक ले असाध्यै दुख दियो | मेरो अकाउण्ट सिंघदर्बारमा भएको हुनाले चेक त्यहाँ बाट मात्र इश्यु हुन्छ भनेर हेटौडाको मानिस लाइ चेक लिनको लागि मात्र काठमान्डू आउन बाध्य पार्यो | सधै त यहीबाट लिएको हो अहिले किन त्यस्तो भन्दा हाम्रो सिस्टम अपडेट भयो रे त्यहि भएर अब अहिलेलाइ जहाँ अकाउण्ट छ त्यै जानु पर्ने ऒठे जवाफ पाइयो | सायद भारत को P N B ब्यांक को JV भएको र त्यहाँ खरबौको जालसाजी भएकोले पो हो कि, नत्र त एस्तो ताल ले त EVEREST बैंक मा खाता नै नखोले हुने भयो, किनकि एउटा चेक लिन काठमाडौँ आउनु पर्ने रहेछ बा | आजकाल को क्याशलेस इकोनोमी मा ABBS service दिन्छु भनेर फुर्ति गर्ने ब्याङ्क को ताल एस्तो छ | फेरि MOBILE APP चले पो, session expired भनेर भित्रै छिर्दैन | बैंक मा फोन गर्यो, यहाँ बाट त्यहाँ गर्नुस, फलाना लाइ गर्नुस भनेर हैरान, अन्तिम मा के सुझाव पाइयो भने, iphone रहेछ तपाइको, एकचोटी andrioid मा try गर्नुस न रे | एस्तो पनि सेवा हुन्छ ?

    Reply
  7. आशीषजी says:
    February 27, 2018 at 7:10 am

    कती राम्रो एउटा बैंकमा बसीराको पैसालाई किन बिरालोले बच्चा सारेको ज़स्तो यता उता गर्नु पर्या तपाईलाई हँ महोदय?

    Reply
  8. निजु says:
    February 26, 2018 at 11:26 pm

    arko pali dekhi, sidhai check deposit garnu hola, sakesamma cashless transactions garnu hola. !

    Reply
  9. Navin Rayamajhi says:
    February 26, 2018 at 10:56 pm

    सबै कर्मचारी संचालक र सी इ ओ को नातेदार मात्र हुन्छन अनि कसरी सेवा राम्रो हुन्छ?

    Reply
  10. Rajan Joshi says:
    February 26, 2018 at 8:23 pm

    नेपालको बैंकका कर्मचारीहरु धेरै नै अल्छि छन् | धेरै स्टाफहरुलाई त आफ्नो काम को सामान्य ज्ञान पनि छैन| Lack of knowledge and training. Customer support part is worst.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme