Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१५० वर्षअघि यस्तो गजबको थियो वसन्तपुर, ९० सालको भूकम्पपछि के-के हरायो हेर्नुस्

Posted on February 24, 2018February 24, 2018 by Salokya


हिजो होलीको लागि वसन्तपुरमा चीर गाडियो। चीर गाड्ने ठाउँ नजिकै गद्दी बैठक छ। भूकम्पका कारण गद्दी बैठक भत्किएकोले अहिले पुननिर्माण भइरहेको छ। यही बीचमा सोसल मिडियामा वसन्तपुरको पुरानो चित्र सार्वजनिक भएको छ। चित्रको तथ्य खोज्ने क्रममा थाहा लाग्यो, यो त लन्डनको नेसनल आर्मी म्युजियममा राखिएको पेन्टिङ रहेछ। कलाकारको नाम राखिएको छैन, नेपाली कलाकारमात्र भनिएको छ। रचनाको समय भने सन् १८६५ भनिएको छ। अर्थात् १ सय ५३ वर्षअघि।

यो भूकम्पपछिको फोटो।

यो गद्दी बैठक चाहिँ सन् १९०८ मा बल्ल बनेको रहेछ। राजा पृथ्वीवीरविक्रम शाहको पालामा।  प्रम चन्द्रशमशेरको पालामा। राणा शासकहरु युरोपेली शैलीबाट प्रभावित थिए। गद्दी बैठकमा त्यसैको प्रभाव परेको छ।

यो सन् २०११ मा मैले खिचेको फोटो। फोटोको दायाँ देखिएको कुमारी घर हो। बायाँ गद्दी बैठक। कुमारी घरभन्दा माथि खाली ठाउँ देखिन्छ अहिले तर १५० वर्षअघिको चित्रमा त्यस्तो छैन।

कुमारी मन्दिरभन्दा माथि अर्को दरबार जस्तो संरचना देखिन्छ जुन अहिले लोप भइसकेको छ। त्योभन्दा माथि पनि अरु संरचना देखिन्छ जुन अहिले देख्न सकिन्न। त्यहाँबाट सीधै माथि जाँदा पुग्ने ठाउँ न्युरोड हो। चित्रमा जुन ठाउँमा चीर गाडिएको थियो, अहिले पनि त्यहीँ चीर गाड्ने गरिन्छ।

सन् १९३४ अर्थात् विक्रम संवत् १९९० को भूकम्पपछि पुननिर्माण गर्ने क्रममा कुमारी बहाल नजिकैको हात्ती चोक हटाइएको थियो।

लन्डनको नेसनल आर्मी म्युजियमको वेबसाइटमा यो चित्र हेर्न क्लिक गर्नुस्।

 

1 thought on “१५० वर्षअघि यस्तो गजबको थियो वसन्तपुर, ९० सालको भूकम्पपछि के-के हरायो हेर्नुस्”

  1. yazunil says:
    February 25, 2018 at 11:01 am

    तीस वर्ष यटखामा बसियो | कुनै समयमा बसन्तपुरमा हात्तिसार भएको कुरा आज बल्ल थाहा भयो | धन्यवाद सालोक्यजी सुन्दर तस्बिरको लागि |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme