Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक अर्बको सम्पति दानमा अनिल शाहको साइनो

Posted on February 23, 2018February 23, 2018 by Salokya

कान्तिपथको प्राइम लोकेसन।  तीन रोपनी तीन आना जग्गामा फैलिएको कम्पाउन्ड। दुई तले घर। श्रीकुञ्ज।  घरका साहु श्रीजंग शाह र रुद्रकुमारी शाह। एक अर्ब रुपैयाँ बराबर पर्ने यो घर उनीहरुको मृत्युपछि फत्तेबाल आँखा अस्पतालले पाउने छ। भर्खरै उनीहरुले यति धेरै पर्ने सम्पति दान गरे। यो दानसित सेलिब्रेटी ब्याङ्कर अनिल शाहको के साइनो त? दोस्रो तहमा हकवाला उनी पर्दा रहेछन्। कसरी? आउनुस् शाह परिवारको हेरौँ नालिबेली। 

श्रीजंग शाहको सन्तानका नाममा एक्ली छोरी- ईश्वरी शाह। उनको बिहे रुक्मशमशेर राणासित भयो। राणा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष हुन्। भारतका लागि नेपालका राजदूत भइसकेका उनी डाबर नेपालका स्थानीय साझेदार पनि हुन्। रुक्म श्रीजंगका ज्वाइँ हुन्।

ईश्वरी-रुक्मको पनि एक मात्र छोरी – रति शाह।  रतिको बिहे अनिल शाहसित भएको थियो। अनिल हाल नबिल बैँकका डेपुटी सिइओ छन्।

रति-अनिलको पनि एकमात्र छोरी रहेछन्- आर्या शाह।

तीन पुस्तामा एक्ली छोरीको यो संयोग गज्जबको छ।

बायाँबाट क्रमशः अनिल शाह, सासु ईश्वरी, छोरी आर्या, ससुरा रुक्मशमशेर राणा र बसेकी श्रीमति रति शाह। 

श्रीजंग शाह र रुद्रकुमारी शाह

यदि त्यो एक अर्ब बराबरको सम्पति दान नगरेको भए उनीहरुको शेषपछि त्यो छोरी-ज्वाइँ ईश्वरी र रुक्मशमशेरले पाउँथे। उनीहरुको पनि शेषपछि रति र अनिल शाहको नाममा सम्पति आउँथ्यो।

शायद् त्यही भएर होला शाह दम्पतिले आफ्नै सम्पति दान दिन पनि मुद्दा खेप्नुपर्‍यो। चित्त दुखेर पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति नै बाँडे जसमा लेखिएको थियो-

मेरो स्व. बुवाज्यूको आदेश थियो, ‘खानदानलाई बदनाम हुने कुनै काम नगर्नु । मैले दुःख गरी कमाएको सम्पत्ति कुपात्रको हातमा नपरोस् । कुपात्रको हातमा पर्यो भने धर्मको सट्टा पाप आइलाग्नेछ ।’ यी सब सिद्धान्त र आदेश उपदेशलाई मन्थन गरेर म अगाडी बढिरहेको छु । यो मेरो पुनित र असल कार्यमा दुःख दिने केही मेरा नातेदार स्वार्थी तत्वहरुको सामना गरिराखेको छु । जसलाई मैले त्यस्ता प्रबृत्तिको मानिसहरुको आचरणलाई स्वभाविक रुपमा लिएको छु । भगवान श्री पशुपतिनाथले रक्षा गर्नुहुन्छ भने कुनै तत्वले मलाई केही गर्न सक्दैन । परिस्थितिको सामना गर्ने ताकत बजरंगबली श्री हनुमानजीले मलाई बक्सेको छ।

यहाँका ठूला प्रभावशाली भनाउँदा ब्यक्तिहरुले नै हामीले गरेको यो धर्म कार्यलाई असफल पार्न लागिपरेका थिए र छन् । साथसाथै मेरो सारा सम्पत्ति खोस्ने प्रयास पनि गरे तर सकेनन् । आखिरमा धर्म र न्यायको नै जीत भयो । भगवान पशुपतिनाथले सबैको रक्षा गरुन्।

अन्तमा, संबिधानको सर्वाेच्चता, बिधिको शासन र लोकतान्त्रिक शासन पद्धति भएको यो मुलुकमा यसरी बिधि, प्रक्रिया र कानूनको धज्जी उढाउंदै प्रभावको आधारमा मात्र म जस्तो एउटा ज्येष्ठ असहाय नागरिकको संबैधानिक तथा कानुनी हक हनन गर्न खोज्ने प्रवृत्ति निरुत्साहित हुनै पर्दछ। मैले पाएको दुःख कष्ट अन्य कुनै नागरिकले खेप्न नपरोस् यही मेरो शुभकामना र सम्बन्धित सबै सरोकारवालाहरुलाई अनुरोध छ ।

खासमा उनले दान दिन खोज्दा मालपोत कार्यालयमा जग्गा रोक्का गराइएको रहेछ। पछि काठमाडौँ जिल्ला अदातले आदेश दिएपछि बल्ल एक अर्बको सम्पति दान उनले गर्न पाए।

सम्बन्धित समाचारहरु
एक अर्बको सम्पति दान दिएका श्रीजंग भन्छन्, ‘भएको दिने, सकेको गर्ने न हो’
छोरीसँग लडेर एक अर्बको सम्पत्ति दान
श्रीजंग शाहको विज्ञप्ति पूर्ण विवरण

3 thoughts on “एक अर्बको सम्पति दानमा अनिल शाहको साइनो”

  1. sujan maharjan says:
    February 24, 2018 at 11:47 pm

    yo shree jung ki chhori kina yeti lobhi bhayeki, kahi jwaile uksayo ki, “lobh ko kunai seema hundaina” bhaneko yehi ho.

    Reply
  2. yogi says:
    February 24, 2018 at 12:27 am

    कुरो बुझियो पर्दा पछाडीको खेलाडी अनिल शाह नै रहेछन|

    Reply
  3. simit gauchan says:
    February 23, 2018 at 12:06 pm

    गुड जब …………………….. मुरी मुरी धन्यवाद शाह दम्पत्तिलाई !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme