Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ट्विटरमा प्रोफाइल भिजिट र फेसबुकमा लिङ्ग परिवर्तनको आतंक, यसरी जोगिनुस्

Posted on February 21, 2018 by Salokya


आजभोलि ट्विटर र फेसबुकमा दुई बेग्लाबेग्लै आतंक छाएको छ। ट्विटरमा टाइमलाइनै भरी ‘प्रोफाइल भिजिट’ का लिङ्कहरु देखिएका छन् (माथि देखिए जस्तो) भने फेसबुकमा चाहिँ धेरै केटाहरुले लिङ्ग परिवर्तन गरेर केटी बनेको देखिन्छ। दुई फरक आतंक हुन्। ट्विटरमा त्यो स्पाम एपले तपाईँको अनुमति बिना नै धमाधम ट्विट गर्न थाल्छ भने फेसबुकको एपले चाहिँ त्यस्तो गर्ने खतरा भए पनि गरेको देखिएको छैन।

ट्विरमा हुने के हो?
ट्विटरमा जब तपाईँले आफूले फलो गरेका कसैले प्रोफाइल भिजिटको लिङ्क ट्विट गरेको देख्नुहुन्छ- लोभ लाग्छ। मेरो प्रोफाइलमा को को ट्विटेले हेरे होलान् भन्ने जिज्ञासाले जब त्यसमा क्लिक गर्नुहुन्छ, तपाईँ फँस्नु हुन्छ।

त्यो लिङ्कमा क्लिक गर्ने बित्तिकै कनेक्ट विद् ट्विटर देखिन्छ।

त्यसमा क्लिक गर्दासम्म तपाईँको केही बिग्रेको हुन्न। तर जब तपाईँ त्यसपछि खुल्ने विन्डोमा Authorize App मा क्लिक गर्नुहुन्छ, तपाईँ फँस्नुहुन्छ।

त्यसमा क्लिक गरेपछि तपाईँको प्रोफाइल अपडेट गर्नेदेखि आफै ट्विट गरिदिनेसम्मका अधिकार तपाईँ यो एपलाई दिनुहुन्छ। त्यसपछि तपाईँको अकाउन्टबाट धमाधम मिनेट मिनेटमा ट्विट आउन थाल्छ।

कसरी बच्ने त?

यसबाट बच्ने उपाय तपाईँले त्यो एपलाई दिनुभएको अधिकार खोस्ने हो। यसका लागि तपाईँ सुरुमा सेटिङ्ग्स एन्ड प्राइभेसीमा जानुस्-

त्यसपछि खुल्ने विन्डोमा Apps लाई क्लिक गर्नुस्

त्यहाँ तपाईँले अधिकार दिनुभएका एपहरुको लिस्ट हुन्छ। त्यो प्रोफाइल डट टिकेको एप पनि त्यहीँ हुन्छ। अरु तपाईँले थाहा नपाएका एपहरु पनि छन् भने Revoke Access मा क्लिक गर्नुस्।

यति गरेपछि तपाईँको समस्या समाधान हुन्छ। अनि त्यो स्पाम एपले आफै गरेका ट्विटहरु डिलिट गर्न नबिर्सनुस् नि। नत्र फेरि अरु कोहीले त्यसैमा क्लिक गरेर उसको पनि त्यही समस्या हुनसक्छ।

अर्को फेसबुक आतंक चाहिँ लिङ्ग परिवर्तनको हो। आजभोलि धेरैको प्रोफाइलमा यस्तो देखिएको छ-

यसमा क्लिक गर्दा यस्तो देखिन्छ

त्यहाँ तपाईँले लग इन विद् फेसबुकमा क्लिक गरेपछि कुन फोटोको लिङ्ग परिवर्तन गर्ने हो भनेर देखाउँछ। अनि त्यसैलाई छानेर तपाईँलाई नै पोस्ट गर्न लगाउँछ।

यो खासमा रमाइलो गर्ने एप हो। तर धेरैको यस्तो हेर्दा दिक्क लागेको भए यसबाट बच्ने उपाय त्यो पोस्ट गर्नेको मुन्तिर कमेन्टमा ‘ए, महिला भइहालेछौँ अब महिनावारी पनि सुरु होस्। त्यही बेला सेनिटरी प्याडको अभाव होस्’ भनेर लेख्दिए हुन्छ। फेसबुकमै एक जनाले यस्तो लेखेको देखेको थिएँ। यो बाहेक यो एपबाट बच्ने उपाय अरु छैन। कि पोस्ट गर्नेलाई नै ब्लक गरिदिनु पर्‍यो। वा एउटा उपाय ३० दिनका लागि उसले गरेको पोस्ट नदेखिने बनाउनु हो। नाम सँगै रहेको तीन  वटा थोप्लोमा क्लिक गरी स्नुज फर ३० डेज छान्नुस्

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme