Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीकै पालामा मेची-महाकाली, केरुङ काठमाडौँ पोखरा रेल आउने, अन्तर्राष्ट्रिय विमानस्थलै तीन वटा हुने

Posted on February 20, 2018February 20, 2018 by Salokya

चुनावपछि बल्लतल्ल ताजा जनमत अनुसार सरकार बनेको छ-केपी ओलीको नेतृत्वमा। माओवादीसित एकता पनि हुने भइसकेपछि अब सरकारसँग सुविधाजनक बहुमत मात्र हैन, झण्डै दुई तिहाई बहुमत पनि हुनेछ। अब के हुनेछ त? वाम गठबन्धनले चुनावमा गरेको वाचा अनुसार त पाँच वर्षभित्र देशको कायापलट हुनेछ। मेचीदेखि महाकालीसम्म मात्र रेल हैन, केरुङदेखि काठमाडौँ पोखरा लुम्बिनीसम्म रेल पुग्नेछ। काठमाडौँमा मेट्रो रेल गुड्नेछन्। अहिले देशमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ। पर्खनुस् न दुई वर्षभित्र एउटा अर्को बनिसक्नेछ। अरु के के हुनेछ त? 

एमाले र माओवादी केन्द्रको साझा घोषणापत्रमा यस्तो घोषणा गरिएको हो। अब दुई वर्षभित्र अर्थात् २०७६ सालसम्ममा के के हुनेछ हेरौँ-

 

दुई वर्षमै काठमाडौँमा पेट्रोलबाट चल्ने गाडीहरुलाई विद्युतीयबाट प्रतिस्थापन हुनेछन्। त्यस्तै काष्ठमण्डप, धरहरा जस्ता भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुननिर्माण पनि दुई वर्षभित्र भइसक्नेछ।

दुई वर्षमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनेमा तेस्रो वर्ष अर्को पनि विमानस्थल बन्नेछ।

 

पाँच वर्षभित्र त अझ पूर्व पश्चिम राजमार्ग ६ लेनमा मात्र हैन समानान्तर तीव्र गतिका विद्युतीय रेल पनि चल्नेछन्।

 

धेरै छैन अब यस्तो हेर्न। २०७६ सालसम्म मुख्य १० काम, २०७७ सालसम्म मुख्य ६ काम र २०७९ सालसम्म त तपाईँ रेलमा चढेर यो पढिरहनुहुनेछ।

सपना देखेपछि पो विकास हुन्छ, लौ रेल चढेको सपना अब देख्न थालिहाल्नुस्। काम गर्नलाई ओली सरकार आइसकेको छ। कि कसो त?


 

 

7 thoughts on “ओलीकै पालामा मेची-महाकाली, केरुङ काठमाडौँ पोखरा रेल आउने, अन्तर्राष्ट्रिय विमानस्थलै तीन वटा हुने”

  1. Positive Nepali says:
    February 22, 2018 at 10:44 pm

    राम्रो सपना देखन जति पनि पाइन्छ हाम्रो नेपालमा / तै पनि हचुवा को भरमा १५-२० वर्ष लाग्ने योजना हरुलाई ५ वर्ष मा नै गरिसक्छु भन्नु अलिक सुहाएन कि महामहिम ज्यु/ तै पनि सोचेको बाटो मा हिंड्नु भयो भने ३ करोड नेपाली को साथ छ ढुक्क हुनुहोस/ नत्र ५ बर्षमा लात्ताले हानेर बारीको बाटामा पुर्याउने छन्, चेतना भया/

    Reply
  2. मुकेश यादव says:
    February 21, 2018 at 10:31 pm

    पानीजहाज आएर बिजिनेस ओउला दोउला भै सके / गैंडा को पुराण कहेर गैंडा को जनसंख्या पांच लाख पुगी सकयियो / ओली जी को पहिलो प्रधान मन्त्री काल मा यी कति विकास भए जाहेर छ / अब नेपाल योरूप बन्ने भयो / स्विट जर् लेण्ड बनने भेयो

    गैंडा ले बाटो खनने थाली सके / गैंडा ले नै पुल र बाँध बनाउनदै छन्

    Reply
  3. dipesh says:
    February 21, 2018 at 9:45 pm

    जसले vote हालेको हो उसले उत्तर दिने हो यो त. भोट नहाल्ने ले त Biswas नगरेर अथवा अर्को पार्टीको झोला भिरेको कारणले हालेन

    Reply
  4. Shankar says:
    February 21, 2018 at 11:07 am

    हमम! अब नेपाल बन्ने भो |

    Reply
  5. Poudel says:
    February 21, 2018 at 3:45 am

    अरु कुरा छोडम पेट्रोल इन्जिन replace गर्ने रे, हैन diesel पो replace गर्ने हो त सब भन्दा पहिला, खै कुरा बुझेका ?

    Reply
  6. bijay says:
    February 21, 2018 at 3:12 am

    अस्तिको पाली प्र्धान्मुन्त्री हुदा घर घरमा ग्यासको लाइन पुर्यौछु भन्थ्यो ओली बुढोले..के भयेछ कुन्नि? अनि नेपालको आफ्नै पानी जहाज पनि हुन्छा भन्दैथ्यो नि तुक्के बाजेले

    Reply
  7. सिर्जने says:
    February 20, 2018 at 11:41 pm

    यस्ता राष्ट्रिय स्तरका निर्माणकार्य सम्पन्न गर्न कति समय र बजेट लाग्छ थाहा नपाइ जे पायो तेइ लेख्तैमा काम भैहाल्ने होइन / यी सपना हुन्, सबै पुरा गर्न बिशौं वर्ष लाग्छ / मी:ठो सपना देख्नु नराम्रो होइन /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme