Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सिंहदरबार पसेकै दिन प्रधानमन्त्री केपी ओलीले यसरी हँसाए

Posted on February 17, 2018February 17, 2018 by Salokya


चुनाव प्रचार प्रसारका बेला उतिबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टहरुको शासन आए रुन पनि पाइन्न भनेर भाषण ठोके। जनताले पत्याए, त्यसैले कांग्रेसलाई रुन पनि नसक्ने स्थितिमा पुर्‍याइदिए। केपी ओली प्रधानमन्त्री भएपछि अरु कुरा त्यस्तै हो, हाँस्न चाहिँ पाइन्छ। हाँस्न पाइने सत्यलाई इन्कार गर्दै रुन पाइन्न भनेर भ्रामक कुरा गरेपछि कसरी भोट आउँछ त कांग्रेसलाई? इतिहासमै सबैभन्दा नराम्रो पराजय कांग्रेसले त्यसै भोग्या हो र! हँसाउने क्रम सुरु भइसकेको छ। शपथ ग्रहण गरेर पदबहालीका लागि सिंहदरबार जाने बित्तिकै आफूले गरेको निर्णय सुनाउँदा उनले हँसाए।

हेर्नुस् भिडियो-

भने, ‘दुई वर्षभित्र प्रत्येक गाउँपालिका र नगरपालिकामा CCTV बाट मान्यता प्राप्त स्तरीय प्राविधिक शिक्षालयहरुको स्थापना गर्ने’

यति भन्न पाए छैन, मुख्य सचिव लगायतले CCTV हैन भनेर खासखुस गरे। प्रधानमन्त्री ओली कन्फ्युज भए र सोधे, ‘मैले के भनेँ?’

त्यहाँ उपस्थितिहरुले CCTV भन्नुभयो तपाईँले भनेर सम्झाए।

हँ? प्रम फेरि कन्फ्युज भए।

फेरि CCTV भनेर अरुले भनेपछि ‘ए हो र’ भन्दै प्रधानमन्त्रीले सच्याए- CCEVT

हैट यो पनि गलत।

खासमा उनले CTEVT भन्न खोजेका थिए। Council for Technical Education and Vocational Training को छोटकरी रुप CTEVT हो। नेपालीमा भन्ने हो भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्। CCTV भनेको त क्लोज सर्किट टेलिभिजन हो। त्यसो त China Central Television लाई पनि CCTV भनिन्छ।

2 thoughts on “सिंहदरबार पसेकै दिन प्रधानमन्त्री केपी ओलीले यसरी हँसाए”

  1. Ratna Chhetri says:
    February 18, 2018 at 4:32 am

    खासमा त्यो CTEVT नाम राख्नु नै गलती थियो, अलिक सजिलो छोटकरी भए पो ; बरु नेपाल आयल निगम भनेर खिचडी नाम राखे पनि त्यो ठिकै छ; बरु यो गणतन्त्रमा तेल निगम हुनु पर्ने, केको आयल निगम ; CTEVT को पनि सजिलो नाम खोजेर सुझाव दिऔं

    Reply
  2. सुप्रीम says:
    February 17, 2018 at 11:51 pm

    अघिल्लो प्र म बोल्दा subtitles चाहिन्थ्यो.. अहिले बोल्दा खेरी बढुली लाग्दा पनि समाचार.. जे होस् YouTuber हरु ले चाई मज्दै सँग कमाउने भए…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme