Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शपथ लिँदाको रमाइलो – राष्ट्रपतिले ‘ईश्वर’ भन्दा प्रधानमन्त्रीले भने, ‘भनिसकेँ’ (ईश्वर पोखरेललाई पो भनेका हुन् कि)

Posted on February 17, 2018 by Salokya


प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदा निकै रमाइलो भयो। दुई दुई वटा गल्ती गरे उनले। सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्दा प्रधानमन्त्री ओलीले त्यही दोहोर्‍याएर लास्टमा ‘कि’ थपे। राष्ट्रपतिले ‘ईश्वर..’ भन्दा प्रधानमन्त्रीले ‘भनिसकेँ’ भने।

लौ नेपाल टेलिभिजन लगायत सबै टिभीमा लाइभ छ। त्यसरी हाकाहाकी भन्दै नभनेको कुरालाई ‘भनिसकेँ’ भन्ने? त्यसो हैन। महाभारतमा धर्मराज युधिष्ठिरले अश्वत्थामा मर्‍यो भनेर खासमा अश्वत्थामा नाम गरेको हात्ती मर्‍यो भने झैँ होला यो त। ईश्वर भनेर महासचिव ईश्वर पोखरेललाई भनिसकेँ भनेका होलान् के।

तपाईँलाई थाहै होला शपथको दिन ईश्वर पोखरेल पनि मन्त्री बन्छन् भन्ने चर्चा चलेको थियो। पोखरेल पनि शपथ खान तयारै जस्तो गरी दौरासुरुवाल ढल्काएर आएका थिए। तर लास्टमा ओलीले लालबाबु पण्डित र थममाया थापालाई मात्रै मन्त्री बनाए। ईश्वरलाई चाहिँ ‘अहिल्या पाली भएन’ भनेका होलान्। राष्ट्रपतिले ईश्वर भन्दा त्यही कुरा ‘भनिसकेँ’ भनेका होलान्।

शपथमा त्यो मात्रै हैन, अर्को कुरा पनि छुटाए उनले। ‘देश र जनताको नाममा’ भनेर राष्ट्रपतिले भन्दा प्रधानमन्त्री ओलीले देश छुटाएर जनताको नाममा मात्र भने। देश भन्ने शब्द नै छुटाउने, फेरि शपथ लिनुपर्छ भनेर भर्खर उपप्रधानमन्त्री पद खुस्केका कमल थापा बढी जान्ने भएर ट्विट गरे फेरि। ओली त राष्ट्रवादी नेता नि। राष्ट्रवादी नेता भएर पनि देश देश भनिराख्नुपर्छ र। कस्तो नबुझ्या के मानिसहरुले!

यस पटक मात्र हैन दुई वर्षअघि तत्कालीन राष्ट्रपति रामवरण यादवले शपथ खुवाउँदा पनि ओली चिप्लिएका थिए। यसरी नै ईश्वर, देश र जनताको कुरा आउँदा। दोस्रो पटकको शपथमा त अनुभवी भएपछि अलि सुधार हुनुपर्ने, भएन।

हेर्नुस् ओली अहिले र पहिले शपथमा कसरी चिप्लिए भिडियो-

1 thought on “शपथ लिँदाको रमाइलो – राष्ट्रपतिले ‘ईश्वर’ भन्दा प्रधानमन्त्रीले भने, ‘भनिसकेँ’ (ईश्वर पोखरेललाई पो भनेका हुन् कि)”

  1. prithvi says:
    February 18, 2018 at 12:17 am

    नेपाल अमेरिका, युरोप भन्दा पनि कता हो कता धेरै संसार को सबै भन्दा बैज्ञानीक र प्रगतिशिल देश भएकाले “इश्वर” शब्द उच्चारण गर्दा बेइज्जत हुन्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme