Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारसँगै कान्तिपुरमा पनि परिवर्तन : दिलभुषण पाठक उता जापानमा, यता कान्तिपुर टिभीमा सम्पादक चेन्ज

Posted on February 16, 2018February 16, 2018 by Salokya

फेसबुकमा टोकियोबाट अपलोड गरिएको हारुहितो नोजुसित दिलभुषण पाठकको फोटो।

बिहीबार एउटा सरकार विदा भएर अर्को सरकारले काम सम्हाल्यो। यति र्‍यापिड फायर रुपमा यो चेन्ज भयो कि धेरै जना हेरेको हेर्‍यै भए। सरकारमा परिवर्तनसँगै केएमजी अर्थात् कान्तिपुर मिडिया ग्रुपको नेतृत्वमा पनि परिवर्तन आउने भएको छ। यद्यपि यसको घोषणा भने भइसकेको छैन। केएमजीभित्रको भर्खरै एचडी भएको कान्तिपुर टिभीका सम्पादक दिलभुषण पाठक यतिखेर जापान भ्रमणमा छन्। उनी उता एनआरएन अध्यक्ष भवन भट्टसँग खिचेको फोटो पोस्टिरहँदा यता नेपालमा भने उनको ठाउँमा कसलाई सम्पादक बनाउने भन्ने टुङ्गो लागिसकेको छ।

मिडिया बजारमा शुक्रबार साँझदेखि चलेको चर्चा अनुसार अब कान्तिपुर टेलिभिजनको सम्पादक प्रशान्त अर्याल हुनेछन्। अर्याल नेपाल म्यागेजिनका सम्पादक हुन्। त्यसो भए नेपाल म्यागेजिनको सम्पादक चाहिँ को होलान् त?

कान्तिपुरबाट रामेश्वर थापाको अन्नपूर्ण मिडिया नेटवर्कले उछिट्याएर लगेर अन्नपूर्ण टुडे म्यागेजिनको सम्पादक बनाएका वसन्त बस्नेतलाई नेपाल म्यागेजिनको कार्यकारी सम्पादक बनाउने तयारी छ। अन्नपूर्ण टुडे म्यागेजिनको प्रकाशन बन्द भइसकेको छ र अन्नपूर्ण दैनिकमा नै अहिले टुडे टिमलाई समायोजन गरिएको छ।

नेपालको कार्यकारी सम्पादक वसन्तलाई दिए पनि कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले नै ‘नेपाल’ म्यागेजिन पनि हेर्ने गरी सहमति भइसकेको एकथरिको दावी छ भने अर्को थरि हल्ला चाहिँ सुधीर शर्माले नै कान्तिपुर छाड्ने पनि चलेको छ। ती हल्लाबाजले चाहिँ प्रशान्त अर्याललाई कान्तिपुरका सम्पादकको जिम्मेवारी दिइसकेका छन्।

प्रशान्त अर्याल सम्पादक हुनुअघि नेपाल म्यागेजिनका सम्पादक सुधीर शर्मा नै थिए। सन् २००८ को अगस्त ६ मा ७० करोड रुपैयाँमा आफ्नो सेयर सबै कैलाश सिरोहियालाई बेचेर विनोद ज्ञवाली कान्तिपुरबाट बाहिरिएपछि उनीसँगै धेरै पत्रकार अर्कै पत्रिका निकाल्न गएका थिए। कान्तिपुरका तत्कालीन सम्पादक नारायण वाग्ले पनि ज्ञवालीसितै गएपछि कान्तिपुरका संभावित नयाँ सम्पादकका रुपमा आएका नामहरुमा पूर्व सम्पादक युवराज घिमिरे, हिमालका पूर्व सम्पादकहरु राजेन्द्र दाहाल र शिव गाउँले अनि किशोर नेपाल थियो। तर सिरोहियाले कान्तिपुरको नेतृत्व सुधीर शर्मालाई दिएका थिए। (पढ्नुस् पुरानो ब्लग : कान्तिपुर र काठमाडौं पोष्टका सम्पादकले जागिर छोडे) त्यसयता झण्डै एक दशक कान्तिपुरको सफलतापूर्वक नेतृत्व शर्माले नै गरिरहेका छन्। कान्तिपुरको इतिहासमा सबैभन्दा लामो समय सम्पादक हुने कीर्तिमान पनि शर्माले नै बनाइसकेका छन्।

फागुन ७ गते कान्तिपुरको वार्षिकोत्सव अघि नै यो फेरबदलको घोषणा हुने रे।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme