Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

झण्डै देउवाको राजीनामा जोक बन्न पुगेको ! केही मिनेटले जोगियो इज्जत

Posted on February 15, 2018 by Salokya


प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमा अन्तिम मन्त्रिपरिषद् बैठक गरेर देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गर्नुअघि नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शितल निवासमा बहुमतको दावी गर्दै पुगिसकेका थिए। दुवै दलका अध्यक्षले हस्ताक्षर गरेको सो पत्रमा नेपालका संविधानको धारा ७६ (२) बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री नियुक्त गर्न उल्लेख गरिएको थियो। प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सदस्य छन्। एमाले एक्लैको बहुमत नपुग्ने भएर माओवादीको समर्थन आवश्यक थियो। राष्ट्रिय सभाको चुनावको लफडाका कारण चुनाव सकिएको ७१ दिन भइसकेकोले ओली हतारिसकेका थिए प्रधानमन्त्री बन्न। हिजो राति अबेरमात्र निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाएर मात्र, नत्र हिजै दावी गर्न जाने तयारी थियो।

दावी गरेको केही समयमा नै राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरिदिए। प्रदेश सभाको अन्तिम परिणाम आएको यति धेरै दिन भइसक्दा त बल्ल प्रदेश सभाको बैठक बसिसकेर बल्ल प्रदेश १, २ र ७ मा मुख्यमन्त्रीले आज शपथ लिए, केन्द्रमा भने आजै नियुक्ति गरेर आजै शपथ गरी आजै राति अबेर पदबहालीसमेत सकियो।

ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्ति पहिले आएको भए देउवाको राजीनामा ‘जोक’ हुन पुग्थ्यो। धन्न देशबासीका नाममा सम्बोधन गरी ‘मैले आजैको मितिबाट प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’ भनेर टिभीमा लाइभ आइसकेको केही मिनेट पछि बल्ल नियुक्तिको विज्ञप्ति आयो।

तर राष्ट्रपति कार्यालयको विज्ञप्तिको समय हेर्ने हो भने पहिला प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरेको विज्ञप्ति, त्यसपछि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा आएको विज्ञप्ति देखिन्छ।

नेपालको संविधानमा प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने व्यवस्था छैन। तर राजीनामा पेश भएपछि राष्ट्रपतिले धन्यवाद दिँदै अर्को सरकार नबनेसम्म काम चलाइरहन भन्ने यसअघि प्रचलन थियो। देउवाले चुनावपछि नै राजीनामा नदिएपछि अहिले यो हालत भएको हो।

4 thoughts on “झण्डै देउवाको राजीनामा जोक बन्न पुगेको ! केही मिनेटले जोगियो इज्जत”

  1. madan bajracharya says:
    February 17, 2018 at 2:23 pm

    लागायमा जोकर देखिने अर्काको लुगा जस्तै हो दिल्ली सम्झौता गरायर नेपालमा लादेको संघियता/ त् यस्तो कुरा हुनुमा कुनै आस्चर्य मान्नु पर्दैन/

    Reply
  2. Kusum Ghale says:
    February 16, 2018 at 10:20 am

    हावा, अनि केपी ओली अलिकता पछाडी भए को भए प्रधानमन्त्री बिहिन भयो हाम्रो देश भन्नि 🙂 ?

    Reply
    1. Salokya says:
      February 16, 2018 at 11:29 am

      किन हुन्छ प्रधानमन्त्रीविहीन, अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कामचलाउ बन्न राष्ट्रपतिले भन्ने यसअघिको चलन थाहा पाउनु भएको छैन?

      Reply
  3. बासु says:
    February 16, 2018 at 12:59 am

    यसो हेर्दा त दुई घण्टाकोलागी दुई प्रधानमन्त्री भएछन् त |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme