Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको ११० उम्मेदवार जो आज विजयी घोषित भए

Posted on February 15, 2018February 15, 2018 by Salokya

प्रतिनिधि सभाको निर्वाचन भएको ७० दिनपछि बल्ल निर्वाचन आयोगले बुधबार राति प्रत्यक्ष र समानुपातिकतर्फ विजयी २६५ जनै उम्मेदवारको नाम घोषणा गरेको छ। गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ जना विजयी उम्मेदवारको घोषणा यसअघि नै भइसकेको थियो। तर समानुपातिकतर्फको ११० सिटमा कुन दलले कति सिट पाउँछ भन्ने हिसाब आइसके पनि विजयी उम्मेदवारको नाम राष्ट्रिय सभाको निर्वाचन नभएका कारण रोकिएको थियो। संघीय संसदमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण राष्ट्रिय सभाको निर्वाचन पहिले हुनुपर्ने भयो। सुरुमा त निर्वाचन प्रणाली एकल संक्रमणीय कि बहुमतीय भन्नेमै लफडा पर्‍यो। एकल संक्रमणीयमै जाने भएपछि निर्वाचन भएर परिणाम आएपछि बल्ल आज प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार विजयी घोषणा भए। निर्वाचन आयोगले बुधबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ। अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा दिनेछन् भने माओवादीको समर्थनसहितको पत्र एमालेले राष्ट्रपतिलाई बुझाएपछि केपी ओलीलाई राष्ट्रपतिले संविधानको धारा ६७ (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्नेछन्। ३० दिनभित्र ओलीले संसदमा विश्वासको मत लिनेछन्। त्यसको दुई वर्षसम्म अविश्वासको प्रस्ताव संसदमा ल्याउन नपाइने प्रावधान संविधानमा छ।

एमालेबाट विजयी उम्मेदवार

कांग्रेसबाट विजयी उम्मेदवार

माओवादीबाट विजयी उम्मेदवार

राजपाबाट विजयी उम्मेदवार

संघीय समाजवादी फोरमबाट विजयी उम्मेदवार

1 thought on “यी हुन् पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको ११० उम्मेदवार जो आज विजयी घोषित भए”

  1. रविन says:
    February 16, 2018 at 6:13 am

    क्रम संख्या १५ मा फोटो कस्को राखेछन्?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme