फागुन १ गते माओवादीले जनयुद्ध थालेको दिन। पछि धनयुद्ध बन्दै गए पनि भन्नलाई चाहिँ जनयुद्ध दिवस भनेरै मनाउँछन्। २३ वर्षदेखि यो दिवस मनाउँदा कहिल्यै नकाटिएको केक यो वर्ष काटिएछ। यो माओवादीको ठूलै फड्को हो। किनभने पहिले उनीहरु मान्छे काट्थे, पुल काट्थे, अहिले केक काटिरहेका छन्। त्यो पनि २३ पाउन्डको। मान्छे काट्नुभन्दा केक काट्नु धेरै राम्रो कुरो हो। तर बुजुर्वा चलन पछ्यायो भनेर मान्छेहरुले उल्टै कुरा काटिरहेका छन्। हुनत माओवादी पार्टी आफैभित्र पनि काटाकाट भएर पार्टी नै टुक्राटुक्रा भइसक्यो। अब एमालेसित एकता भएपछि माओवादीको अस्तित्व पनि सकिने भयो। अर्कै पार्टी बनिसकेपछि फेरि जनयुद्ध दिवस त मनाइँदैन होला। त्यही भएर हो कि यस पटक केकै काटेर जनयुद्ध दिवस मनाएको।
यता प्रचण्डले केक काटिरहँदा सँगै जनयुद्ध लडेका बाबुराम भट्टराईले कान्तिपुरमा लेखमार्फत् दह्रो झापड दिइसकेका थिए। यस्तो थियो उनको दनक- प्रचण्ड धार । यो धारको सोच हो– अब क्रान्ति, आन्दोलन, परिवर्तन सम्भव छैन । जे प्राप्त भएको छ, त्यसमा सन्तोष मानेर बस्नुपर्छ, सत्ताबाहिर बस्न सकिन्न, हुन्न, त्यसनिम्ति कित पुरानै शक्ति एमालेमा मिसिनुपर्छ, कि त्यो सम्भव नभए कांग्रेससँग भागबन्डा गरेर सत्ताको रस चुसिराख्नुपर्छ, लाजगालको निम्ति ‘कम्युनिष्ट’ खोल ओढिराख्नुपर्छ इत्यादि । यो ‘कम्बल ओढेर घ्यु खाने’ सजिलो र अल्छी बाटो हो, यथास्थितिवादी, विसर्जनवादी बाटो हो । क्रान्तिकारी आन्दोलन शिथिल भएर ‘क्रोनी क्यापिटालिजम’ हावी भएको वर्तमान नेपाली समाजमा यो बाटोबाट न राष्ट्रियता, न समृद्धि, न समाजवाद नै प्राप्त हुनसक्छ । तर आन्दोलनबाट थाकेका र जीवनका सबै सपना आर्यघाटमा सेलाइसकेकाहरूलाई विश्राम गर्ने चौतारीचाहिँं यो हुनसक्छ।
बाबुरामले कम्बल ओढेर घ्यु खाएको आरोप लगाए पनि यो जाडोमा टिसर्ट लगाएर केक काट्ने कुरो आएन। त्यसैले टाइसुटमै प्रचण्डले केक काटेका थिए। केकमा नेपालको राष्ट्रिय झण्डा पनि सजाइएको रहेछ। त्यो झण्डा कसले काटेर मुखभित्र हालेछ कुन्नि।
केकमा महान लेख्नुपर्ने ठाउँमा हान छुटाइएछ। हुन पनि हान्न छाडिसकेको छ माओवादीले। पहिले पो ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने रणनीति ल्याइन्थ्यो। हान्न छाडेपछि हान लेख्ने कुरा भएन। त्यसैले महानको ठाँउमा माहन लेखिएको रहेछ।
महान शहिदहरुको नाममा बेलुकी छुट्टै रमाइलो भयो होला भन्ने हाम्लाई लाइराछ.
मावोबादिले जसलाई मुर्दावाद भनेर बिद्रोह गरेको थियो तेसैलाई आफ्नो महानायक माने, जुन मागहरु मागेका थिय ती सबै मात्र झुठो साबित उनीहरुले नै गरे, भारतको नेपाल मिचाह प्रवितिको बिरुद्ध सुरुङ्ग युद्ध गर्ने उद्घोसन गरेकाले नेपालमा भारतको स्वार्थको बाधक नबन्ने लिखित प्रतिबद्धता गर्दै भारतकै दिल्लीमा भारतीयले हिन्दि भाखामा लेखेको सम्झौतामा सहि गरेर मावोबादीको बिद्रोह भारतको माग मनाउन मात्रै भयको सिद्ध गरे/ भारतको अगाडी झुक्नु भन्दा नेपालीको अगाडी झुक्ने नेपालको राजतन्त्र महान रास्त्रवादी भन्ने मावोबादी अहिले भारतको अगाडी नझुक्ने कसै सिट गठबन्धन गर्नु पनि नेपालमा भारतको स्वार्थमा बाधक बन्ने शक्ति बा समुहलाई तोड्नु रहेको स्पस्ट देखिन्छ/ आफ्नो सट्टा चलेको गाउ जिल्लामा आफ्नो समर्थन नगर्नेलाई जे जे गरे, अरुको हक र सम्पति मात्रै होईन जिउ ज्यान नै अजिङ्गरले जस्तै बेर्दै निल्नेको मावोबाद र लोकतन्त्रको व्याखाको यथार्तता कस्तो हुन्छ त्यो बिस्तारै स्पस्ट हुँदैछ