शिवरात्रीको शुभकामना। आज शिवको पूजाअर्चना गर्ने दिन। शिवको कतिवटासम्म नाम तपाईँलाई थाहा छ। यी हुन् शिवका १०८ नाम, जसमध्ये अधिकांश तपाईँलाई थाहा नहुन पनि सक्छ।
1. शिव – कल्याण स्वरूप
2. महेश्वर – मायाको अधीश्वर
3. शम्भू – आनन्द स्वरुप भएका
4. पिनाकी – पिनाक धनुष धारण गर्नुहुने
5. शशिशेखर – शिरमा चन्द्रमा धारण गर्ने
6. वामदेव – अत्यन्त सुन्दर स्वरूप भएको
7. विरूपाक्ष – डरलाग्दो आँखा भएका
8. कपर्दी – जटाजूट धारण गरेका
9. नीललोहित – नीलो र रातो रंग भएका
10. शंकर – सबैको कल्याण गर्ने
11. शूलपाणी – हातमा त्रिशूल धारण गरेका
12. खटवांगी – खाटको एक पांग्रा राख्ने
13. विष्णुवल्लभ – भगवान विष्णुको आत्मीय
14. शिपिविष्ट – सितुहामा प्रवेश गर्ने
15. अंबिकानाथ – भगवतिको पति
16. श्रीकण्ठ – सुन्दर कण्ठ भएका
17. भक्तवत्सल – भक्तहरुलाई अत्यंत स्नेह गर्ने
18. भव – संसारको रूपमा प्रकट हुने
19. शर्व – कष्टहरुको नष्ट गर्ने
20. त्रिलोकेश – तीनै लोकहरुको स्वामी
21. शितिकण्ठ – सेतो कण्ठ भएका
22. शिवाप्रिय – पार्वतीको प्रिय
23. उग्र – अत्यंत उग्र रूप भएका
24. कपाली – कपाल धारण गरेका
25. कामारी – कामदेवको सत्रु
26. अंधकारसुरसूदन – अंधक दैत्यलाई मर्ने
27. गंगाधर – गंगाजीलाई धारण गरेका
28. ललाटाक्ष – ललाटमा आँख भएका
29. कालकाल – कालको पनि काल
30. कृपानिधि – करूणाले भरपुर भएका
31. भीम – भयंकर रूप भएका
32. परशुहस्त – हातमा डमरु धारण गरेका
33. मृगपाणी – हातमा हरिणलाई धारण गरेका
34. जटाधर – जटा राखेका
35. कैलाशवासी – कैलाशको निवासी
36. कवची – कवच धारण गरेका
37. कठोर – अत्यन्त मजबूत शरीर भएका
38. त्रिपुरांतक – त्रिपुरासुरलाई मारेका
39. वृषांक – गोरुको चिह्न भएको झन्डावाला
40. वृषभारूढ़ – गोरुको सवारी गर्ने
41. भस्मोद्धूलितविग्रह – पुरै शरीरमा भस्म लगाउने
42. सामप्रिय – सामगानसंग प्रेम गर्ने
43. स्वरमयी – सातै स्वरहरुमा निवास गर्ने
44. त्रयीमूर्ति – वेदरूपी विग्रह गर्ने
45. अनीश्वर – जसको कुनै अरु मालिक छैन
46. सर्वज्ञ – सबै कुरा जानेका
47. परमात्मा – सबै आत्माहरुका आत्मा
48. सोमसूर्याग्निलोचन – चंद्र, सूर्य र अग्निरूपी आँख भएका
49. हवि – आहूति रूपी द्रव्य भएका
50. यज्ञमय – यज्ञस्वरूप भएका
51. सोम – उमा(पार्वती) सहित रूप धारण गरेका
52. पंचवक्त्र – पांचमुख भएका
53. सदाशिव – नित्य कल्याण रूप भएका
54. विश्वेश्वर – सारा विश्वको ईश्वर
55. वीरभद्र – बहादुर भएर पनि शांत रूप भएका
56. गणनाथ – गणहरुको स्वामी
57. प्रजापति – प्रजाहरुको पालन गर्ने
58. हिरण्यरेता – स्वर्ण तेज भएका
59. दुर्धुर्ष – कसैसँग पनि नडराउने
60. गिरीश – पहाड़हरुको मालिक
61. गिरिश – कैलाश पर्वतमा सुत्ने
62. अनघ – पापरहित
63. भुजंगभूषण – साँपको आभूषण लगाउने
64. भर्ग – पापीहरुलाई दण्डित गर्ने
65. गिरिधन्वा – मेरू पर्वतलाई धनुष बनाउने
66. गिरिप्रिय – पर्वत प्रेमी
67. कृत्तिवासा – गजचर्म लगाउने
68. पुराराति – पुरहारको नाश गर्ने
69. भगवान् – सर्वसमर्थ षड्ऐश्वर्य संपन्न
70. प्रमथाधिप – प्रमथगणको अधिपति
71. मृत्युंजय – मृत्युलाई जितेका
72. सूक्ष्मतनु – सूक्ष्म शरीर भएका
73. जगद्व्यापी – जगत्मा व्याप्त भएर रहने
74. जगद्गुरू – जगत्को गुरु
75. व्योमकेश – आकाशरूपी कपाल भएका
76. महासेनजनक – कार्तिकेय (कुमार) को पिता
77. चारुविक्रम – सुन्दर पराक्रमी
78. रूद्र – भक्तहरुको दुःख देखेर रुने
79. भूतपति – भूतप्रेत र पंचभूतको स्वामी
80. स्थाणु – स्पंदन रहित कूटस्थ रूप भएका
81. अहिर्बुध्न्य – कुण्डलिनीको धारण गर्ने
82. दिगम्बर – नग्न, आकाशरूपी वस्त्र लगाउने
83. अष्टमूर्ति – आठ रूप भएका
84. अनेकात्मा – अनेक रूप धारण गर्ने
85. सात्त्विक – सत्व गुण भएका
86. शुद्धविग्रह – शुद्धमूर्ति
87. शाश्वत – नित्य (सधैँ) रही रहने
88. खण्डपरशु – टुटेको हलो धारण गर्ने
89. अज – जन्मरहित
90. पाशविमोचन – बन्धनहरुबाट छुटाउने
91. मृड – सुखस्वरूप भएका
92. पशुपति – सम्पूर्ण पशुहरुको मालिक
93. देव – स्वयं प्रकाश रूप
94. महादेव – देवहरुको पनि देव
95. अव्यय – खर्च हुँदा पनि नघटने
96. हरि – विष्णुस्वरूप
97. पूषदन्तभित् – पूषा भन्ने दानवको दांत उखालेका
98. अव्यग्र – कहिलै पनि व्यथित नहुने
99. दक्षाध्वरहर – दक्षको यज्ञ को नष्ट गरेका
100. हर – पापीहरु र त़पहरु दुवै गर्नेको उद्दार गर्ने
101. भगनेत्रभिद् – भग देवता को आंखा फोडेका
102. अव्यक्त – इंद्रियहरुको अगाडि प्रकट नहुने
103. सहस्राक्ष – अनन्त आँख भएका
104. सहस्रपाद – अनन्त खुट्टा भएका
105. अपवर्गप्रद – कैवल्य मोक्ष दिने
106. अनंत – देशकालवस्तुरूपी परिछेदबाट पर रहेका
107. तारक – सबैलाई तारिदिने
108. परमेश्वर – सबै ईश्वरहरुको पनि ईश्वर
शिब महिमाकाे बयान काे लागि धन्यबाद ।
अनि ‘ यजत ‘ चाही खोई त ?? यजत शिवको कुन रुप रहेछ भनेर खोलेको त राखेको रहेनछ .
१०८ होइन १००८ वटा छ महादेव को नाम 🙂
६० र ६१ को त दोहोरियो जस्तो छ है; भक्तजन द्विविधामा परिन्छ कि; जय शम्भो कैलाशपति…!!!
78. रूद्र – भक्तों हरुको दुख देखेर रुने – “भक्तोंका दुख देखकर रुने वाला” लाई इडिट गर्दा चिप्लेछन् | १०२ पनि त्यस्तै भएछ |