Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नर्भिक अस्पतालको क्यान्टिनको खानामा तार

Posted on February 13, 2018 by mysansar

-सरोज-


केही दिनअघि म आफ्नो नियमित स्वास्थ्य परिक्षण गराउने क्रममा राजधानी कै चर्चित नर्भिक अस्पताल पुगेको थिएँ। रिपोर्टहरु पाउन केही समय लाग्ने भएकोले केही खान क्यान्टिन गएँ। भेज फ्राइ राइस मगाएँ। खाँदै थिएँ, पहिलो गाँस मै सानो तारको टुक्रा फेला पारेँ। त्यस्लाई त्यति वास्ता नगरी फ्याँकेर खाँदै जाँदा फेरि पनि सानो-सानो तारका टुक्राहरु फेला परे।

साधारणतया अस्पतालको क्यान्टिनमा सफा अनि ताजा खाना पाइन्छ भन्ने विश्वाश हुन्छ। यो घटना मैले तुरुन्तै क्यान्टिनको कर्मचारीलाई जानकारी गराएँ। त्यो तारको टुक्रा मेरो घाँटीमा अड्किएको भए के हुन्थ्यो?

यो घटना मैले इमेल [email protected] मार्फत् अस्पताल व्यवस्थापनलाई पनि फोटो सहित जानकारी गराएँ। जवाफमा मैले पंकज मखिजा नामबाट “घटना हाम्रो जानकारीमा ल्याइदिनु भएकोमा धन्यवाद, हामी अनुसन्धान गरेर हजुर लाई जानकारी गराउछौँ” भन्ने उत्तर पाएँ।

तर आज घटना भएको छ दिन बित्दा पनि कुनै थप जवाफ नपाउँदा यो घटना मैले सबै सामु प्रकाशमा ल्याएको छु, सचेत रहनुहोला है।

[यो विवरण माइसंसारलाई इमेलमा आएको हो। तपाईँले पनि यस्तै केही भोग्नुभएको छ र माइसंसारमार्फत् सार्वजनिक गर्न चाहनु हुन्छ भने [email protected] मा इमेल गर्न सक्नुहुन्छ।]

1 thought on “नर्भिक अस्पतालको क्यान्टिनको खानामा तार”

  1. sandip says:
    February 13, 2018 at 8:30 pm

    भेज फ्राइ राइस मा त् मात्र फ्राइ राइस देखिन्छ भेज त खोज्नु नै पर्ने जस्तो छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme