Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमालेले छानेको समानुपातिक सांसदको सूचीमा ‘कु. तुल्सी थापा’

Posted on February 12, 2018 by Salokya

एमालेले प्रतिनिधि सभाको समानुपातिक सांसदको सूची आइतबार सार्वजनिक गर्दै निर्वाचन आयोगलाई बुझायो। समानुपातिकतर्फ देशभर सूर्य चिह्नमा परेको भोटका आधारमा एमालेले ४१ सिट पाएको थियो। त्यसमध्ये संघीय संसदमा दलको एक तिहाई महिला हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार ३७ महिला र चार पुरुष छान्नुपर्ने भयो। पुरुषमा मधेसी कोटाबाट उद्योगपति मोतीलाल दुगडलाई छानियो। सूचीको १० नम्बरमा कु. तुल्सी थापा नाम पनि छ। अचम्मैको नाम।

एमालेमात्र हैन कम्युनिस्टहरुले आफ्नो नाम अगाडि क. वा का. राख्ने गर्छन् जसको अर्थ कमरेड/कामरेड हुन्छ। यो कु.को अर्थ के होला? कुमारी पो हो कि।

तर हैन, झुक्याउने नाम भए पनि आखिरमा परिचय खुलिहाल्यो। उनी वामदेव गौतमकी पत्नी रहिछिन्। वामदेवपत्नी भनेपछि तुलसा थापा नाम आउँछ। तर एमालेले समानुपातिकको बन्दसूची बुझाउँदैदेखि यही नाम रहेको छ- कु. तुल्सी थापा।


8 thoughts on “एमालेले छानेको समानुपातिक सांसदको सूचीमा ‘कु. तुल्सी थापा’”

  1. पाल्पाली ठिटो says:
    March 27, 2018 at 4:35 am

    आहा… कति सभ्य र शिष्टतापूर्ण कमेन्ट रमाकान्त जी को। यस्ता होनहार लाई जन्माउने बाबुआमा र सिकाउने गुरुपनी धन्य हुन्। कमेन्ट को भाषा हेर्दा त मन्त्री प्रधानमन्त्री बन्न ठिक्क परेका जस्ता देखिन्छन। आखिर आजभोली यस्तै जंगली, बिवेक शून्य गुण्डाहरूको दिन छन।

    Reply
  2. पाल्पाली ठिटो says:
    March 26, 2018 at 10:41 pm

    आहा… कति सभ्य र शिष्टतापूर्ण कमेन्ट रमाकान्त जी को। यस्ता होनहार लाई जन्माउने बाबुआमा र सिकाउने गुरुपनी धन्य हुन्। कमेन्ट को भाषा हेर्दा त मन्त्री प्रधानमन्त्री बन्न ठिक्क परेका जस्ता देखिन्छन। आखिर आजभोली यस्तै जंगली, बिवेक शून्य गुण्डाहरूको दि?न छ।

    Reply
  3. नयन says:
    February 13, 2018 at 1:43 pm

    यस्ता बेमेलहरु किन मेन्स्ट्रिम मेडियाले धुम चक्री मचाएर प्रकाशमा ल्याउदैन? यसले के बताउछ?
    मेरा अन्य प्रश्नहरु:
    १. जनजातिको नाउँमा पनि खस आर्य पत्नी नै किन ? त्यही पनि नेता पत्नी| खस आर्यको प्रतिनिधि संसदमा पुगेन भनेर हो कि? यो त हद भयो|

    २. नेकाले सुजाता कोईरालालाई पनि मनोनित गरिने कारण के हो? उनको योगदान नेपाली जनतालाई के छ? शुन्य शुन्य र शोषण र स्वार्थ मात्र| यो पनि हद नाघ्यो|

    ३. त्यो १५ न. मा रहेकी त्यही व्यक्ति हुन् जो उर्जा मन्त्रि हुँदा जनतालाई अन्धकारमा राखेर भ्रष्टचारको दुर्गन्धले गन्हाएकि? नेपाली जनताले यति चाडै बिर्सेको देखियो वा बिर्साउन खोजेको देखियो| कुलमान घिसिङ्गलाई हटाउने उनी नै हुन् यदि त्यही राधा ज्ञवालीले बिचमा कुमारी थपेर मनोनित भएको हो भने|

    वाम फ्रन्टले उही पुरानो तरिकाले सत्ता चलाउन खोजे पछि नेपाली जनता मर्कामा पर्ने भयो| त्यस्तो अपेक्षा गरेर भोट हालेका होइनन| नंया शिसीमा पुरानो वाइन मात्र भयो|
    विहानीले दिम्सोको संकेत गर्छ भन्छन, एमालेले नंया दिशा दिने लक्षण देखिएन, माओवादीको कुरा हावा मात्र हुने भयो| देउवा सरकारले बिगारेको र लथालिङ्ग पारेको, कमल थापा र उनको हरुवा पार्टिले कुरुप पारेको ब्युरोक्रेसी सम्हाल्दै एक बर्ष लाग्ने भयो| सम्वृद्धि र तीब्र गतिको विकाशको कुरा हावा मात्र हो क्यारे, बरु तीब्र गतिमा भ्रष्टचार बढ्ने भयो|

    Reply
  4. Basant Rana says:
    February 13, 2018 at 8:03 am

    खस आर्य को नाम मा बाहुन र छेत्री ले मात्रै १२ सिट लिएको छ भने आदिबासी जनजातिको नाममा गुरुङ, मगर, राई, लिम्बु, तामांग, शेर्पा, नेवार आदि बिभिन्न जातलाई एऊटै कोटामा राखेर १२ सिट दिनु यो कहाँ को न्याय हो ? तेसै बाहुन ले खाएको देश भनेर दोष लगाउछ ? ढिलो चाडो यस्ता जातीय विभेदको अन्त गर्नै पर्छ I

    Reply
  5. Ramakanta says:
    February 13, 2018 at 7:27 am

    थुककी साला सालोक्य, रंदिका बान अलि ज्ञान गुनका कुरा गर्न .. कति खोइरो खान्छस एमाले को… बरु अलि तार्किक कुरा गर..

    Reply
  6. Gags says:
    February 12, 2018 at 6:16 am

    त्यो १७ र १८ को बिचमा किन धेरै स्पेश छ?

    Reply
    1. Salokya says:
      February 13, 2018 at 2:44 am

      दुई वटा पेज हो। १७ एउटा पानामा, १८ अर्को पानामा भएर

      Reply
    2. Suraj Singh Shrestha says:
      February 13, 2018 at 10:22 am

      Ha ha ha , katti gambhir prashna , ma ta morchhhu ki kyaa ho …..

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme