Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रिय सभाको लफडा पनि सकियो, एकल संक्रमणीयबाटै निर्वाचन भए पनि वाम गठबन्धन दुई तिहाई जित्न सफल

Posted on February 8, 2018February 8, 2018 by Salokya

एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभाको निर्वाचन हुने कि बहुमतीय आधारमा भन्ने विषयमा लामो समयसम्म कांग्रेस र एमालेबीच लफडा चल्यो। राष्ट्रपतिले सरकारले पठाएको अध्यादेश पास नगरी रोकिराखिन्। यो लफडा नभएको भए यतिबेलासम्म नयाँ सरकार बनिसक्नुपर्ने थियो। राष्ट्रिय सभाको निर्वाचनको मतपरिणाम नआएसम्म प्रतिनिधि सभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न नसकिने भनी निर्वाचन आयोगले अडान राखेपछि डेडलकको स्थिति रह्यो। अन्ततः एमालेले लौ त लौ भन्दै सरकारले ल्याएकै एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभाको चुनाव गर्न राजी भयो। आज चुनाव भएर परिणाम पनि आयो। एकल संक्रमणीय मतकै कारण कांग्रेस थप केही सिट जित्न सफल भयो जुन बहुमतीय आधारमा भएको भए उसले जित्न गाह्रो पर्न सक्थ्यो। तर जे भए पनि राष्ट्रिय सभामा वाम गठबन्धन दुई तिहाई सिट जित्न सफल भयो।

कांग्रेसले अरु सबै प्रदेशमा सिट जित्न सफल भयो तर प्रदेश ६ बाट भने एउटा पनि सिट जित्न सकेन।

५९ सदस्यीय राष्ट्रिय सभामा एमालेले २७ सिट, कांग्रेसले १३ सिट, माओवादीले १२ सिट, राजपाले २ सिट र फोरमले २ सिट जित्न सफल भयो। वाम गठबन्धनको कूल ३९ सिट रह्यो जुन लगभग दुई तिहाई हो। तर राष्ट्रिय सभामा दुई तिहाई बहुमत हुनु र नहुनुले सामान्य अवस्थामा कुनै फरक पार्दैन। विधेयकहरु सामान्य बहुमतबाट नै पारित हुन्छन्। सामान्य बहुमतका लागि एमालेलाई तीन सिट मात्र पुग्दैन।

संविधान संशोधन, जनमत संग्रह गर्ने निर्णय, सन्धि सम्झौताका लागि भने प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमतले पारित गर्नुपर्छ।

अब राष्ट्रिय सभाको एउटै लफडा मात्र बाँकी छ- मनोनीत गर्नुपर्ने तीन जना सदस्य यो सरकारले गर्ने कि अब पछि बन्ने सरकारले गर्ने। कांग्रेस यही सरकारले गर्ने धूनमा छ। तर अब यो त्यति सजिलो भने हुने छैन। किनभने पहिले पो प्रतिनिधि सभाको समानुपातिक तर्फको नतिजा नै रोकिएको थियो एकल संक्रमणीय विवादमा।

यी हुन् राष्ट्रिय सभामा जित्नेहरु

प्रदेश नम्बर १
(कूल संख्या ८ : एमाले ५, कांग्रेस २, माओवादी केन्द्र १)

निर्वाचित
अपाङ्गता/अल्पसङ्ख्यक अगमप्रसाद बान्तवा राई (एमाले)
दलित खेम नेपाली (एमाले)

निर्विरोध निर्वाचित
महिला विना पोखरेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
महिला नैनकला ओझा नेपाल कम्युनिष्ट पार्टी (एमाले)
महिला सरिता प्रसाई नेपाली काँग्रेस

अन्य हरीचरण शिवाकोटी नेपाल कम्युनिष्ट पार्टी (एमाले)
अन्य परशु राम मेघी गुरुङ्ग नेपाल कम्युनिष्ट पार्टी (एमाले)
अन्य रमेश जंग रायमाझी नेपाली काँग्रेस

प्रदेश नम्बर २
(कूल संख्या ८ : राजपा २, फोरम २, कांग्रेस २, एमाले १, माओवादी केन्द्र १)

निर्विरोध निर्वाचित

महिला शशिकला दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
महिला प्रमिला कुमारी संघीय समाजवादी फोरम नेपाल
महिला मुक्‍ता कुमारी यादव नेपाली काँग्रेस

अन्य रमेश प्रसाद यादव राष्ट्रिय जनता पार्टी नेपाल
अन्य सुमन राज प्याकुरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
अन्य जितेन्द्र नारायण देव नेपाली काँग्रेस

अपाङ्गता/अल्पसङ्ख्यक बृषेशचन्द्र लाल राष्ट्रिय जनता पार्टी नेपाल
दलित रामपृत पासवान संघीय समाजवादी फोरम नेपाल

प्रदेश नम्बर ३
(कूल संख्या ८ : एमाले ५, कांग्रेस २, माओवादी केन्द्र १)

निर्वाचित
महिला दिलकुमारी रावल थापा एमाले
महिला उदया शर्मा एमाले
महिला धनकुमारी खतिवडा नेपाली काँग्रेस

अन्य रामबहादुर थापा बादल माओवादी केन्द्र
अन्य बलराम प्रसाद बास्कोटा एमाले
अन्य राधेश्याम अधिकारी नेपाली काँग्रेस

अपाङ्गता/अल्पसङ्ख्यक रामचन्द्र राई एमाले
दलित सिंहबहादुर विक एमाले

प्रदेश नम्बर ४
(कूल संख्या ८ : एमाले ३, कांग्रेस ३, माओवादी केन्द्र २)

निर्वाचित
महिला शान्ति कुमारी अधिकारी जिसी एमाले
महिला दीपा गुरुङ एमाले
महिला बिन्दादेवी आले (राना) नेपाली काँग्रेस

अन्य दीनानाथ शर्मा माओवादी केन्द्र
अन्य गणेशप्रसाद तिमिल्सिना एमाले
अन्य सुरेन्द्रराज पाण्डे नेपाली काँग्रेस

दलित खिमकुमार विक माओवादी केन्द्र

निर्विरोध निर्वाचित
अपाङ्गता/अल्पसङ्ख्यक प्रकाश पन्थ नेपाली कांग्रेस


प्रदेश नम्बर ५

(कूल संख्या ८ : एमाले ४, कांग्रेस २, माओवादी केन्द्र २)

निर्वाचित
अन्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र
अन्य खिमलाल भट्टराई एमाले
अन्य दुर्गाप्रसाद उपाध्याय नेपाली काँग्रेस

दलित रामलखन चमार एमाले
अपाङ्गता/अल्पसङ्ख्यक राजकुमार कुँवर माओवादी केन्द्र

निर्विरोध निर्वाचित
महिला कोमल वली एमाले
महिला मिना बुढा एमाले
महिला अनिता देवकोटा नेपाली काँग्रेस

प्रदेश नम्बर ६
(कूल संख्या ८ : एमाले ५, माओवादी केन्द्र ३)

निर्वाचित

महिला कविता बोगटी एमाले
महिला नन्दा शर्मा एमाले
महिला युटुल लामा माओवादी केन्द्र

दलित नरपति लुवार एमाले
अपाङ्गता/अल्पसङ्ख्यक जीवनबहादुर बुढा माओवादी केन्द्र

अन्य कालीबहादुर मल्ल माओवादी केन्द्र
अन्य भैरवसुन्दर श्रेष्ठ एमाले
अन्य ठगेन्द्र प्रकाश पुरी एमाले

प्रदेश नम्बर ७
(कूल संख्या ८ : एमाले ४, माओवादी केन्द्र २, कांग्रेस २)

निर्वाचित
दलित चक्रप्रसाद स्नेही एमाले
अपाङ्गता/अल्पसङ्ख्यक महेश कुमार महरा माओवादी केन्द्र

निर्विरोध निर्वाचित
महिला तारादेवी भट्ट कांग्रेस
महिला इन्दु कडरिया एमाले
महिला कमलाकुमारी ओली एमाले

अन्य हरिराम चौधरी माओवादी केन्द्र
अन्य शेरबहादुर कुँवर एमाले
अन्य बद्री पाण्डे नेपाली काँग्रेस

2 thoughts on “राष्ट्रिय सभाको लफडा पनि सकियो, एकल संक्रमणीयबाटै निर्वाचन भए पनि वाम गठबन्धन दुई तिहाई जित्न सफल”

  1. राजेन्द्र says:
    February 8, 2018 at 8:49 pm

    प्रदेश ६ मा कसरि बाम क्लिन स्विप भएछ| जब अरुमा किन भएन होला?

    अनि मनोनित हुने ३ कसरि सुल्झला, देउबा वा ओली मधे कसले गर्लान!

    Reply
  2. Pingback: सातै प्रदेशको संस्करण निकाल्ने मिडिया हिसाबमा चिप्लिएको हेर्नुस्- कान्तिपुर भन्छ एमाले २९, नयाँ पत्रिका भन्छ एमाले २६ « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme