Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुक पेज खोल्नु र १० करोडको आफ्नै सामाजिक सञ्जाल खोल्नु पनि टेलिकमको कोशेढुङ्गा

Posted on February 6, 2018February 6, 2018 by Salokya


नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) हिजो आफ्नो स्थापनाको १५ औँ वर्ष प्रवेश गर्‍यो। सर्वसाधारणमा सेयर जारी भएको यो नेपालको एउटै मात्र टेलिकम कम्पनी हो। अर्को टेलिकम कम्पनी एनसेलले सर्वसाधारणमा सेयर जारी गर्न सकेको छैन। स्वामित्व फेरबदल हुँदा नेपाललाई तिर्नुपर्ने कर दायित्व तिर्नसमेत लफडा गरिरहेको छ यो कम्पनी। विदेशी स्वामित्व भएकोले यो आक्रामक रुपमा आफ्नो सेवाको प्रचार र विस्तारमा लागेको छ।

यता नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसरमा गोरखापत्रमा एउटा सिङ्गै पेज भरिने विज्ञापन पनि छाप्यो। विज्ञापनमा नेपाल टेलिकमको संक्षिप्त परिचय भन्दै कम्पनीका कोसेढुङ्गाहरु भन्दै केही विवरण राखिएको थियो। सर्सर्ती पढ्दा हाँसो उठ्ने खालको छ।

सन् २०१४ मा कम्पनीले फेसबुक पेजको सुरुवात गरेकोलाई पनि कोसेढुंगामा राखेको रहेछ। गज्जबै हो। फेसबुक पेज खोल्नु पनि कोसेढुंगा हुन पुगेछ।

मार्क जुकरबर्गको सोसल मिडिया कम्पनीमा पेज खोलेको नेपाल टेलिकम दुई वर्षपछि भने महत्त्वाकांक्षी हुन पुग्यो। लौ अब आफ्नै सोसल मिडिया खोल्ने भन्दै सन् २०१६ मा ‘मिट’ सुरु गर्‍यो। फेसबुकलाई चुनौति दिन सुरु गरिएको मिटमा १० करोड २० लाख २४ हजार रुपैयाँको लगानी भएको उद्‍घाटनका अवसरमा जानकारी दिइएको थियो। १० करोडको लगानी परेको यो सोसल मिडियाको हालत अहिले देख्न सकिन्छ। कसैले वास्तासम्म गरेका छैनन्। लगानी ठूलो तर पूर्णतः फेल भएका टेलिकमका प्रोजेक्टमध्येमा पर्छ मिट। तर पनि आफ्नो वार्षिकोत्सवको बेला गौरवका साथ यसलाई ‘कोशेढुंगा’ को बूँदा बनाएछ टेलिकमले। रोचक कुरा, फेसबुकमा पेज बनाएर कोशेढुंगा बताउने टेलिकमले आफ्नै सामाजिक सञ्जालमा भने पेज बनाएको छैन। आफैले नचलाउने सामाजिक सञ्जाल अरुले कसरी चलाउलान् !

को थियो यो प्रोजेक्ट बनाउन उकास्ने? कसले पाएको थियो यो बनाउने टेण्डर? कतै ठूलै रकमको चलखेल त भएको थिएन? यो बारेमा कसैले सोधखोज गरेकै छैन। तर निःशुल्क पाइने ओपन सोर्स सोसल नेटवर्किङ इन्जिन elgg को प्रयोग गरी करोडौँको लगानीमा बनाइएको ‘मिट’ कोशेढुंगा हैन कसैले वास्ता नगर्ने बाटोमा फ्याँकिएको ढुंगा सरह किन बन्यो भन्ने बारेमा पनि टेलिकमले ध्यान दिनुपर्दैन र।

4 thoughts on “फेसबुक पेज खोल्नु र १० करोडको आफ्नै सामाजिक सञ्जाल खोल्नु पनि टेलिकमको कोशेढुङ्गा”

  1. Umesh Khanal says:
    February 7, 2018 at 4:53 am

    हे दिक्दार दिप्रेस्सिओन ले नेपाली को दिमाग खायो . अनि त्यो saagoon पनि तेस्तै ho .

    Reply
  2. Ankit Dhakal says:
    February 6, 2018 at 5:41 am

    Nepal Telecom ले लगानी त गर्छ तर Advertisement गर्न जान्दैन । अनि आफूले लगानी गरेको Social Media site आफैंले नचलाउने दिव्यज्ञान चैँ Google बाट पाएको हुनुपर्छ ।

    Reply
  3. Pravat Kiran Timsina says:
    February 6, 2018 at 5:21 am

    Nepal ko ta Telecom.

    Reply
  4. Bsnu Tamu says:
    February 6, 2018 at 4:57 am

    Kun jadhiyale jadhko talma banayako hola hang over sakiyapachhi sakiyoni hahahhaa meet..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme