Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रानीपोखरीका ६ रोचक तथ्य, जसबारे तपाईँलाई थाहा नहुन सक्छ

Posted on February 5, 2018 by Salokya


तथ्य १ : जंगबहादुरको शंका
मानवनिर्मित पोखरी, इनार र घरका गोप्य कोठा वा स्थानहरुमा सुन, चाँदी, पैसा गाडेर राख्ने प्रचलन हुन्छ भन्ने लोकधारणा अनुरुप जंग बहादुर प्राइमिनिस्टरले रानीपोखरीमा र टौदहमा केही दौलत होला भनि संकाले पल्टनका सिपाही लगाई कुलो खनाई सुकाई हेर्दा केही पाएनन्। (स्रोत : काठमाडौ उपत्यकाको एक राजवंशावली, बालचन्द्र शर्मा, २०२५ श्रावण)

तथ्य २ : सफा गर्न कर
रानीपोखरीको सफा गराउन भनी प्राइमिनिस्टर जंग बहादुरले पटके कर उठाउन लगाएको— नेपाल खाल्डाभित्रका दुनियादार जागिरे गैरहलाई रानीपोखरी सफा गराउन र धान राख्ने गोदामघर बनाउनलाई काठहरु बोक्नु भन्या भै घरही एक सुका पैसा उठाइलिया। यस प्रसंगबाट समय समयमा रानीपोखरी सरसफाईमा पटके कर लगाएको देखिन्छ। (स्रोत : काठमाडौ उपत्यकाको एक राजवंशावली, बालचन्द्र शर्मा, २०२५ श्रावण)

DCIM101GOPROGOPR3817.

तथ्य ३ : किच्कन्याको ढिस्को
रानीपोखरीको दक्षिण—पूर्वको भित्री भागमा निर्माण भएको ढिस्कोलाई किच्कन्याको ढिस्को भनिन्छ। जनविश्वास अनुसार उक्त ढिस्को खनिखोस्री गर्नेकाम गरेमा किच्कन्या लाग्ने जनजिब्रोमा रहेको छ।

तथ्य ४ : मूर्तिमा उल्लेखित
माधवनारायणको मूर्तिको पादपिठमा उत्किर्ण अभिलेखमा उल्लेखित — थरीथरीका नागका माणिले चम्किएको यस पोखरीमा प्रसन्न भई वाग्वती नदी सधैं बस्न उत्कण्ठित हुनुहुन्छ, सबै देवताहरुसंग बैकुण्ठनाथले यहाँ आउन खोज्नुभयो, झ्वाट्ट काशी छोडेर विश्वनाथ खुशी भई यहाँ आउनुभयो । (स्रोत : डा. महेशराज पन्त, राजधानी, विहिबार, १५ साउन, २०७१)

तथ्य ५ : दिव्यपरीक्षा
प्रतक्ष्य प्रमाणको अभावमा अरुनै उपायद्वारा दोषी र निर्दोष छुट्टाउने विधि दिव्यपरीक्षा भनी प्रशिद्ध छ। यस दिव्यपरीक्षा मध्ये पानीमा डुबाएर दोषी र निर्दोषी छुट्टाउने विधि पनि यस पोखरीमा डुबाएर जल दिव्यपरीक्षा गरिन्थ्यो । (डा. महेशराज पन्त, राजधानी, विहिबार, १५ साउन, २०७१)

तथ्य ६ : रानीपोखरीको हात्तीपाटी
रानीपोखरीको दक्षिण पट्टि हात्तीमाथि राजशी भेषमा सजिएका राजा र उनका दुई छोराहरुको शालिक छ। यसको छेउमा घुमाउने आकारको हात्तीपाटी थियो। उक्त पाटी भत्किएपछि सो स्थानमा पार्करेष्टुराँ खोलिएको थियो।

(यी रोचक तथ्य रानीपोखरी जिर्णोद्दार सम्बन्धी अध्ययन प्रतिवेदनको अनुसूचीबाट साभार गरिएको हो)

1 thought on “रानीपोखरीका ६ रोचक तथ्य, जसबारे तपाईँलाई थाहा नहुन सक्छ”

  1. paris says:
    February 5, 2018 at 1:40 am

    तथ्य ६ को सालिक प्रताप मल्ल को हो, जसले रानी पोखरी बनायो अनि फोटो को हात्ती मा प्रताप मल्ल र उनका दुइ श्रीमती देखिन्चन. तिनी हरु माथि लेखेकोअनुसार छोरा हरु होइनन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme